Monday, June 4, 2012

दलका कार्यालयमा सुकुम्बासीहरुको बास
हिमा उपाध्याय
सुर्खेत २२ जेष्ठ ।

गत सातादेखि दलका कार्यालय घेराउ गर्दै आएका सुर्खेतका तीन प्रमुख दलहरुका कार्यालयमा सुकुम्बासहरु बसेका छन् । सोमबारदेखि उनीहरु आफ्ना सरसामान सहित दलहरुका कार्यालयमा आई बसेका छन् ।
सुकुम्बासिहरु मुख्यदलहरु एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा बसेका हुन् । अन्य दलहरु भने सुकुम्बासिको मागहरुप्रति सकरात्मक भएको बताइएको छ ।
सुकुम्वासिहरुले नगरपालिकाले वीरेन्द्रनगरपालीका–९ नौलापूर र मिलडा“डामा रहेका सुकुम्बासीको बस्तिलाई विकल्पविना उठाउन नहुने भन्दै विभिन्न संघर्ष गर्दै आएका छन् ।
नगरपालिकाले गरेको यो निर्णय फिर्ता लिन माग गर्दै उनीहरुले दलका नेताहरुले आफुहरुको समस्यामा ध्यान नदिएको भन्दै उनीहरुले केही दिन देखि दलका कार्यालयमा धर्ना दिँदै आएका थिए । निरन्तर धर्ना दिंदा समेत दलका नेताहरुले समस्या समाधानको लागि कुनै पनि निष्कर्ष ननिकालेकोले र आफुहरुसंग कुनै छलफल समेत नगरेको बताएका छन् ।
सोमबारदेखि आफुहरु दलका कार्यालयमा नै बसेको राष्ट्रिय भूमिअधिकार मञ्च सुर्खेतका सचिव राजेन्द्र शर्माले वताए । सोमबार वेलुका देखि नै सुकुम्बासीहरु दलका कार्यालयमा खाना पकाउन सुरु गरेका थिए । ‘आफुहरुलाई अन्य कुनै स्थानमा बस्ने व्यवस्थापनि नगर्ने बसेको स्थानबाट पनि उठाउने कहा गएर बस्ने त्यही भएर दलका कार्यालयमा बस्न आएका हो’ उनीहरुका भनाई छ । उनीहरुले आफुहरु बर्षौ देखि सोही स्थानमा बसोबास गरेको दावि समेत गरेका छन् ।
मिलडा“डाको सुकुम्बासीबस्ति रहेको स्थानमा सिटि बसपार्क निर्माण गर्ने वेलासम्म हाललाई अस्थायी रुपमा बसपार्कको रुपमा प्रयोग गरिने नगरपालिकाले बताएको छ ।
यो जमिन विश्वविद्यालयका नाममा दर्ता समेत भइसकेकोले त्यस स्थानबाट सुकुम्बासीहरुलाई उठाउनुपर्ने बाध्यता रहेको नगरपालिकाले बताएको छ ।
सुकुम्वासीहरुलाई स्थानीय केही व्यक्तिहरुले सहयोग गरेका छन् । टोपबहादुर शाही, छत्र वडुवाल लगायतका व्यक्तिहरुले उनीहरुलाई तरकारी पानी लगायतको सामाग्री तथा दैनिक उपभोग्यको सहयोग गरेका हुन् ।

No comments:

Post a Comment