Monday, June 4, 2012

वादी समुदाय सरकारी सुविधाबाट बंचित
सुर्खेत, २१ जेष्ठ ।
सुर्खेतमा विभिन्न स्थानमा बसोबास गरेकावादी समुदायहरु प्राकृतिक रुपमा जोखिपूर्ण स्थानमा बसोबास गर्ने गरेको र उनीहरुको नाममाकहींपनि खेतीयोग्यजग्गा नभएको पाईएको एक कार्यक्रममा जानकारी दिईएको छ ।
जिल्ला विकास समितिको सहयोगमा जिल्ला वादी अधिकार संघर्ष समितिले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको वादी समुदायका सवालहरु विषयक परामर्श बैठकमा यस्तो जानकारी दिईएको हो ।
जिल्ला विकास समितिको सहयोगमा संघर्ष समितिले जिल्लाका सबै गाविसमा अनुगमनपछि तयार गरी प्रस्तुत गरिएको कार्यपत्रमा वादी वस्तीहरु प्राकृतिक रुपमा जोखिमपूर्ण स्थानमा बसोबास गरेको भेटिएको हो । वादीहरुको वस्ती वन, खोला, नदीको किनारा तथा अन्य समूदाय भन्दा टाढाको स्थानमा रहेको छ ।
लाटीकोइली, साटाखानी, मैनतडा, घुमखहरे, मालारानी, राकम, छिन्चु लगायतका गाविसका नदिकिनारा, खोलाकिनारामा बसोबास गर्दै आएकावादी समुदायको नाममा जग्गा नभएको कार्यपत्रमा उल्लेख छ । यहाँ बसोबास गरेकावादी समूदायले सरकारी वेवास्ताका कारण मानवले पाउने विभिन्न सुविधावाट बञ्चितभएको, सरकारले दिने सुविधापनि स्थानीय क्षेत्रमा कार्यान्वयन नभएको, वेरोजगारीको कारणले युवाहरु विदेशिनु परेको लगायतका सवालहरु पहिचान भएको कार्यपत्रमा जनाइएको छ ।
कार्यपत्रका अनुसार अन्य पहिचान भएका सवालहरुमा अन्तरजातीय विवाहगर्दा यस समूदायका यूवतीहरु अपहेलित भएको, सरकारले सो समूदायलाई आरक्षणको व्यवस्था गरेपनि कार्यान्वयनमा नआएकोले युवायुवतीहरु रोजगारबाट बञ्चित भएको, जातीय भेदभावमा कमी नआएको, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रबाट पछाडि परेको, स्थानीय स्तरमा यस समूदायलाई बजेट नछुट्याइने गरेको परम्परागत पेशा, सीपलाई व्यवस्थापन गर्न नसकिएको, यस समूदायका महिलामा पाठेघर खस्ने समस्या भएको, वालवालिकाहरु प्रावितहमानै पढाई छाड्ने लगायतका समस्याहरु पहिचान भएका छन् ।

No comments:

Post a Comment