Thursday, June 7, 2012

विश्वविद्यालयको नाममा साढे चार करोड संकलनआठ करोड बढी उठन बा“की, खर्च ४८ लाख
समन्वय नगरेकोमा मूल समितिको आक्रोश
दीपक बुढा
सुर्खेत, २५ जेष्ठ

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा स्थापनार्थ गठित समितिले २०६१ सालपछि विभन्न चरणमा साढे चार करोड संकलन गरेको जनाईएको छ । जनस्तरबाट गठित विश्वविद्यालय स्थापना मूल समितिले बुधबार पत्रकार सम्मेलन गरी २०६८ असार मसान्त सम्मको संकलित रकम सार्वजनिक गरेको हो ।
२०६८ असार मसान्त सम्ममा चार करोड ५२ लाख ८८ हजार ६० संकलन भएको छ । जसमा चार लाख १५ हजार रकम विभिन्न संघ संस्थाबाट अनुदान प्राप्त, विभिन्न बैंकहरुबाट ७३ लाख १६ हजार चार सय १९ व्याज प्राप्त भएको जनाईएको छ । मूल समितिले राष्ट्रिय वाणिज्य बैंक, रारा विकास बैंक, का“क्रेविहार विकास बैंक, बागेश्वरी विकास बैंक र बैंक अफ काठमाण्डौंमा चल्ती र मुद्धती खातामा रकम सुरक्षित रहेको जनाईएको छ ।
राष्ट्रिय वाणिज्य बैंकबाट आठ लाख २२ हजार पा“च सय १०, रारा विकास बंैकबाट ५६ लाख ६५ हजार आठ सय ८८, का“क्रेविहार विकास बंैकबाट सात लाख नौ हजार पा“च सय १३ र बागेश्वरी विकास बंैकबाट एक लाख १८ हजार पा“च सय आठ व्याज प्राप्त भएको जनाईएको छ ।
तीन करोड ७५ लाख ५६ हजार ६ सय ४० चन्दा सहयोगबाट प्राप्त भएको छ । यसमा पनि महायज्ञ मूल समिमिबाट एक करोड २४ लाख ७५ हजार नौ सय ५७ र विभिन्न व्यक्ति तथा संघ संस्थाहरुबाट प्राप्त भएको दुई करोड ५० लाख ८० हजार ६ सय ८३ गरी जम्मा चार करोड ५२ लाख ८८ हजार ६० संकलन भएको हो । महायज्ञको समयमा कबोल गरेको नगद तथा जिन्सि गरी करिव ८ करोडबढी उठन बा“की रहेको जनाईएको छ ।
मूल समितिका कोषाध्यक्ष धुर्वकुमार श्रेष्ठले मध्यपश्चिम विश्वविद्यालय स्थापनार्थ २०६१ सालदेखि आर्थिक संकलन सहितको अभियानका क्रममा उठेको रकम, त्यसको अवस्थाका बारेमा पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
२०६८ असार मसान्त सम्ममा भएको खर्च भने ४८ लाख सात हजार पा“च सय ५७ रहेको समितिले जनाएको छ । कुल सञ्चालन खर्च सात लाख १४ हजार, पू“जिगत खर्च ३० लाख ९३ हजार दुई सय ८५ र सापट पब्लिक साइन्स क्याम्पसलाई १० लाख गरी जम्मा खर्च ४८ लाख सात हजार पा“च सय ५७ रहेको छ ।
सञ्चालन खर्च तर्फ भ्रमण डेलिगेशनमा तीन लाख ६९ हजार, कर्मचारीको तलव एक लाख ८० हजार, घरभाडामा एक ७५ हजार छ सय, मसलन्द तथा छपाईमा १३ हजार पा“च सय ९२, विज्ञापनमा १० हजार, विद्युत सञ्चारमा नौ हजार छ सय ५०, अफिस सामानमा एक हजार छ सय, मर्मत खर्चमा दुई हजार पा“च सय र ५२ हजार तीन सय ३० विविध खर्च भएको बताइएको छ ।
त्यस्तै पू“जिगत खर्चतर्फ भवन निर्माणमा २९ लाख ३० हजार आठ सय ६९, फर्निचरमा एक लाख तीन हजार एक सय २४, कम्प्यूटरमा ५४ हजार चार सय १२ र अफिस सामानमा चार हजार आठ सय ८० खर्च भएको समितिले जनाएको छ ।
त्यस्तै बंैकको मौज्दात चार करोड चार लाख ८० हजार पाच सय तीन र सम्पूर्ण खर्च तथा सापटी ४८ लाख सात हजार पा“च सय ५७ गरी जम्मा चार करोड ५२ लाख ८८ हजार ६० रुपैया सात पैसा जम्मा भएको हो ।
पत्रकार सम्मेलनमासमितिका कोषाध्यक्ष धुव्रकुमार श्रेष्ठले म.प. विश्वविद्यालयको नियमावली नै नभएकोले यो रकम विश्वविद्यालयलाई हस्तान्तरण गर्न समस्या भएको बताए । २०६१ सालमा एक चरणमा, मौदगल्य सेवा समाजले श्रीमदभागवत महायज्ञबाट उठाएको रकम हस्तान्तरण र कबोल गर्ने चन्दादाताबाट प्राप्त रकमका बारेमा जानकारी गराईएको थियो । उनले चन्ददाताहरुको भेलामा यो रकम हस्तान्तरण गर्ने बताए ।
त्यस्तै मूल समितिका सचिव डा. महेन्द्रकुमार मल्लले जनताबाट उठाएको रकममा रकम लि“दा गरिएको प्रतिवद्धता कबुल अनुसार मात्रै विश्वविद्यालयलाई रकम हस्तान्तरण गरिने बताए । उनले भने ‘विश्वविद्यालयका उपकुलपति समन्वय गर्दैनन् । कुरा गर्दा कुनै राजनीतिक दल, विश्वविद्यालय मूल समितिसंग समन्वय गर्नु भनेर सरकारले नपठाएको र आफ्नो नियुक्ति पत्रमा पनि त्यो कुरा नलेखेको भन्दै गैरजिम्मेवार बन्छन् ।’
मध्यपश्चिमबासीको लामो संघर्षपछि स्थापना भएको विश्वविद्यालयका कर्मचारी काठमाडांैमा केन्द्रित भएको भन्दै आक्रोश पोखेका थिए । उनले पाठ्यक्रम पनि अनुभव नभएका व्यक्तिहरुलाई निर्माण गर्न लगाइएको र अन्य देशको पाठ्यक्रमको नक्कल गर्न लागेको दावि गरेका छन् । विश्वविद्यालयले जनस्तरबाट प्राप्त गरेको जनविश्वास गुमाउ“दै गएको बताए ।
कार्यक्रममा प्रचारप्रसार समितिका संयोजक गोविन्द कोइरालाले विश्वविद्यालयको स्थापनामा पत्रकार तथा सञ्चारकर्मीको महत्वपूर्ण योगदान रहेको बताए । कार्यक्रम समितिका संयोजक भुषनकुमार मानन्धरको सभापतित्वमा सम्पन्न भएको हो ।

No comments:

Post a Comment