Thursday, May 31, 2012


च्याम्बर मार्ग व्यबस्थित गर्ने प्रस्ताव 
हिमा उपाध्याय
सुखर्ेत, १८ जेष्ठ ।
सुर्खेत उद्योग वाण्ािज्य संघले च्याम्बर मार्ग व्यवस्थित गर्नका लागि अवधारण्ाा प्रस्तावित गरेको छ । बुधबार संघले संघका पदाधिकारी लगायत विभिन्न सरोकारवालाहरुसंग छलफल गर्दै सुर्खेत उद्योग बाण्ािज्य संघ ह“दै हटियातफ जाने सहायक सडकलार्इ च्याम्बर मार्ग नामाकरण्ा गरी कार्य अगाडि बढाउको हो । संघले वीरेन्द्रनगरलार्इ सुन्दर वनाउने भन्दै वीरेन्द्रनगर नगरपालीका समक्ष्ा च्याम्बर मार्ग नामाकरण्ा गरी यसलार्इ आफैले व्यवस्थित गर्ने प्रस्ताव राखेको र प्रस्तावलार्इ नगरपालीकाले स्वीकार गरेको संघका अध्यक्ष्ा पदमबहादुर शाहीले जानकारी दिएका छन्‍ । च्याम्वर राजमार्गलार्इ व्यवस्थित गरी नगरपालीकामा भएका अन्य सडकलार्इ पनि व्यवस्थित गर्नका लागि उदाहरण्ा प्रस्तुत गर्ने उद्देश्यले यो कार्य थालिएको संघले बताएको छ । साथै वातावरण्ा संरक्ष्ाण्ा एवं सम्बर्द्धनमा स्थानीय सहभागितालार्इ प्रोत्साहित गर्नुका साथै जनचेतना अभिव ृद्धि गर्ने, वीरेन्द्रनगरलार्इ स्वच्छ, सुन्दर सफा एवं मनमोहक शहरका रुपमा रुपान्तरण्ा गर्ने उद्देश्यले यो कार्य थालिएको बताइएको छ । मार्गलार्इ व्यवस्थापन गर्नका mागि विभिन्न ९ त्रिmयाकलापका आधारहरु तय गरिउको छ । सडकको स्तरउन्नेत, सडक विस्तार, ढल सुधार, फुटपाथलार्इ व्यवस्थित गर्ने, व ृक्ष्ाारोपण्ा, सडक वत्त िजडान गर्ने  वगैचा निर्माण्ा, लगायतका आधारहरु तय गरिएको हो । च्यामबर मार्ग व्यवस्थापनका लागि नगरपालीका जिल्ला विकास समिति, संघकै स्रोत, स्थानीय व्यवसायी तथा घरधनिको आर्थिक तथा जनश्रमदान, स्थानीय होटल विकास समितिबाट प्राप्त सहयोग लगायतका स्रोतबाट काम गरिने बताइएको छ ।यो कार्य सम्पन्न गर्नका लागि निर्माण्ा समिति, संरक्ष्ाण्ा सम्बर्द्धन एवंम अनुगमन समिति र फोहोरमैला व्यवस्थापन उपसमितीको तत्काल गठन गरेर कार्य सुचारु गर्ने बताइएको छ । मसंघले प्राविधिक कार्यका लागि उपत्यका नगर विकास समिति, वीरेन्द्रनगरनगरपालीका, जिल्ला विकास समितिका प्राविधिकको सहयोग लिइने बताइएको छ । छलफल कार्यत्रmमका सहभागिहरुले संघको यो कार्यको समर्थन गर्दै गुरुयोजना अनुसार अगाडि बढ्‍नुपर्ने बताएका छन्‍ । उनिहरुले नगरपालीका सफा र सुन्दर राख्नु सबैको कर्तव्य भएको भन्दै सबैले सहयोग गर्ने बताए । साथै स्थानीय सरोकारवाला र अन्य सबैसंग मिलेर काम गर्नुपर्ने बताएका थिए । संघका अध्यक्ष्ा पदमबहादुर शाहीको सभापतित्वमा सम्पन्न कार्यत्रmममा एमाओवादीका सह इन्चार्ज क ृष्ण्ा जि.सि. (जीतेन्द्र), नेपाली कांगे्रसका देवकुमार सुवेदी, होटल अर्गनाइजेशनका अध्यक्ष्ा लोमन बुढा विभिन्न टोल विकास समितिका अध्यक्ष्ाहरुले मार्ग व्यवस्थापनका लागि सल्लाहा सुभmावहरु दिएका थिए । 

Wednesday, May 30, 2012

उपत्यकामा पानीको हाहाकार, तत्काल समाधान छैन ः संस्था
हिमा उपाध्याय

सुर्खेत, १७ जेष्ठ ।
सुर्खेत उपत्यकामा पानीको हाहाकार भएको छ । केही समय अगाडि ३६ घण्टाको फरकमा वितरण गरिँदै आएको पानी हाल यो भन्दा पनि बढ्ने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी झुप्रा बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष्ँ कुलमणी देवकोटाले स्रोतबाटै पानी कम आएकोले सुर्खेत उपत्यकामा पानीको अभाव देखिने बताए ।
उनले ३६ घण्टाको फरकमा पानी वितरण गर्ने भनिएपनि मुहानबाटै आवश्यकता पर्ने जती पानी आउन नसकेकोले यसै अनुसार पानी वितरण गर्न नसकिने बताए । उपत्यकाका लागि झुप्राखोला, इत्रामखोला, खोर्केखोलाको स्रोतबाट पानी ल्याइएको छ । उपत्यका बासिन्दाहरुका लागि प्रति सेकेण्ड एक सय लिटर पानीको आवश्यकता भएपनि तीन वटा स्रोतबाट जम्मा प्रतिसेकेण्ड ४६.५ लिटर पानी मात्रै आउने गरेको छ ।
यी स्रोतहरु मध्ये झुप्राबाट ७३ लिटर प्रतिसेकेन्ड पानी आउनुपर्नेमा ४० लिटर प्रतिसेकेन्ड पानी उपलब्ध भएको छ । इत्रामको स्रोतबाट प्रतिसेकेण्ड १७ लिटर पानी आउनुपर्नेमा पा“च लिटरमात्रै आएको र खोर्केखोलाको स्रोतबाट पनि प्रतिसेकेण्ड सात लिटर पानी आउनु पर्नेमा १.५ लिटर पानी मात्रै आएको बताइएको छ ।

एक दिनमा जम्मा एक करोड लिटर पानी आवश्यक पर्ने भएपनि हाल दिनमा ४० लाख ३७ हजार दुई सय ९९ लिटर पानी मात्रै उपलब्ध भएको छ । झुप्राको स्रोतबाट गतवर्षमा प्रतिसेकेण्ड ४७ लिटर पानी आएको र हाल ४० लिटर मात्रै आएको छ । ‘इत्रामबाट गतबर्ष ६ र खोर्केबाट दुई लिटर पानी उपलब्ध हु“दै आएको थियो यो वर्ष यि स्रोतमा पनि पानी घटेको छ’–अध्यक्ष देवकोटाले भने ‘पानीको खपत बढेको र स्रोतमा पानी घटेको कारण आवश्यकता अनुसार पानीको आवश्यकता पूरा गर्न सकिएको छैन् ।’
पानीका भल्भहरु प्राविधिक वाहेक उपभोक्ताहरुले खोल्ने गरेको, मोटरको प्रयोग गरेर पानीको प्रयोग गरेको, साथै पानीको मूख्य स्रोतहरुको मुहानका समुदायहरुले ट्याङ्की निर्माण गरी घरघरमा पानी पु¥याएको, पानीको चुहावट कम नभएको कारण पनि समस्या थपिएको हो ।
३५ प्रतिशत पानी चुहावटमै गएको छ । वीरेन्द्रनगर नगरपालिका एक देखि दश सम्ममा २०३१ साल देखिनै विछयाईएको (३५ंकिमी) पाइपबाटै पानीको वितरण गरिएकोले पनि पानी चुहावट भएको बताइएको छ । यो वर्षमात्रै १३.५ किलोमिटर पाइप खरिद गरेर पूरानो पाइप भएको स्थानमा नया“ पाइपको प्रयोग गर्ने बताइएको छ ।
हाल उपत्यकामा सरकारी कार्यालय सेना, प्रहरी वाहेक एक लाख ५० हजार जनताको लागि १२ हजार धाराहरु जडान गरिएको छ । पानीका मुहानहरु विभिन्न कारणले सुक्दै गएको कारण बैकल्पिक स्रोतको खोजी नभएसम्म खानेपानीको अभावले विकराल रुप लिने अध्यक्ष देवकोटाले बताए ।
उनले प्रतिसेकेण्ड १८ लिटर उपलब्ध गराउन सकिने बुलबुलेलाई बैकल्पिक स्रोतको रुपमा तत्कालका लागि प्रयोग गर्नुपर्ने बताएका छन् । यसका लागि पनि केही समय लाग्ने भएकोले तत्कालका लागि भने सहज रुपमा पानी आपूर्तीको बाटो नभएको देवकोटाको भनाई छ ।
स्किम नं ७ को २७ धारा, बसपार्क देखि इत्राम खोलाको लाइन यएरपोर्ट देखि इत्रामको लाईनमा पानी आपूर्ती पूर्ण रुपमा बन्द भएको समेत देवकोटाले बताएका छन् । केही समयलाई उपभोक्ताले सयमता अपनाउन भन्दा अन्य विकल्प नभएको बताए । झुप्रा खानेपानी आयोजनाले वीरेन्द्रनगर, जर्वुटा, लाटीकोइली र उत्तरगंगाका एक लाख ५० हजार बढी स्थानीयबासीन्दालाई लाभान्वित बनाएको छ ।

Tuesday, May 29, 2012

अभावै अभावमा क्षेत्रीय अस्पतालमा सुधारको प्रयास
सरसफाईको जिम्मेवारी बाँडफाँड, १३ जना डाक्टरद्धारा सेवा प्रदान,
एक जनाले दिनमा १२ जना विरामीको उपचार, पत्थरीको सस्तोमा अप्रेशन,
२२ स्वास्थ्यकर्मीको दरबन्दी रिक्त
हिमा उपाध्याय÷खेमराज वली
सुर्खेत, १६ जेष्ठ ।
प्रयाप्त जनशक्ति, भौतिक संरचनाको अभावमा रहेको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा केही सुधारका प्रयास भएका छन् । अस्पताल विकास समितिले हाम्रो अस्पताल र राम्रो अस्पताल भन्ने नारा सहित अस्पतालमा पहिलो चरणमा सरसफाई अभियान थालेको छ ।
अस्पताल भित्रको वातावरण फोहोर, प्रदुर्षित भएको भन्दै धेरै क्षेत्रबाट आलोचना हुन थालेपछि अस्पताल विकास समितिले जिम्मेवारी बाँडफाँड गरेर सरसफाईको कार्य गरेको जनाईएको छ । विकास समितिका अध्यक्ष जीतबहादुर रानाले मंगलबार पत्रकार सम्मेलन गरी अस्पतालको वर्तमान अवस्था र सुधारका लागि भएका प्रयासहरुका बारेमा जानकारी गराएका थिए ।
अस्पतालका प्रमुख डा. भोलाराम श्रेष्ठको संयोजकत्वमा सम्पूर्ण शाखाका प्रमुख सदस्य रहने गरी सरसफाई मूल समिति गठन गरिएको छ । इमरजेन्सी शाखालाई रेड गार्डेन, इन्डोर शाखालाई एलो गार्डेन र ओपीडि शाखालाई ग्रीन गार्डेन निर्माणको जिम्मेवारी दिईएको अध्यक्ष रानाले जानकारी दिए । प्रत्येक शुक्रबार अस्पतालको हाता सरसफाई गरिने समेत जनाईएको छ ।
‘अस्पतालबाट निस्किएको फोहोर, प्रदुर्षणलाई सहि व्यवस्थापन गर्दै हाम्रो र राम्रो अस्पताल बनाउन पहल थालेका हौं ।’ अध्यक्ष रानाले भने ‘विस्तारै सुधारको सुरुवात भएको अस्पतालका बारेमा प्रचारमा ल्याउन आवश्यक रहेको छ ।’ त्यसैगरी क्षेत्रीय अस्पतालले नेपालमै सस्तोमा पित्त थैलिमा पत्थरीको अप्रेसन सहित उपचार गरिरहेको समेत सोही अवसरमा जनाईएको छ ।
काठमाण्डौंको विर अस्पतालपछि सबै भन्दा सस्तो र भरपर्दो पत्थरीको अप्रेसन सेवा क्षेत्रीय अस्पतालले संचालन गरेको बताईएको छ । ‘भवन, प्रयाप्त जनशिक्त, साधन स्रोतको अभावमा पनि गुणस्तरीय सेवा उपलब्ध गराउन सफल भएका छौं’ अध्यक्ष रानाले भने –‘दरबन्दी अनुसार प्रयाप्त जनशक्ति नभएपनि मन्त्रालयको समन्वयमा अन्य डाक्टरहरु ल्याउन सफल भएका छौं ।’
सरकारी छात्रवृत्तिमा एमविविएस पास गरेका डाक्टरहरुले कम्तीमा दुई बर्ष सरकारी जुनसुकै अस्पतालमा अनिवार्य सेवा गर्नुपर्ने प्राव्धान अनुसार ७ जना डाक्टरहरु हाल मध्यपश्चिम क्षेत्रीय अस्पतालमा अस्थायी रुपमा कार्यरत रहेका छन् । विशेषज्ञ सहित २४ जना डाक्टरको दरबन्दी रहेको क्षेत्रीय अस्पतालमा हाल विषेशज्ञ सहित ६ जना स्थायी डाक्टर कार्यरत रहेका छन् ।
मेडिकल जनरलिष्ट डा. भोलाराम श्रेष्ठ, जनरल सर्जरी डा. गणेश थापा, अर्थोपेडिक सर्जनमा डा. हरी सापकोटा, गाईनोकोलोजिष्टमा डा केशब ढकाल, मेडिकल अधिकृत डा. मोहमद एनामुल हक र काजका डा. डमर खड्का क्षेत्रीय अस्पतालमा कार्यरत रहेका छन् ।
अस्पतालमा तीन जना काजमा कार्यरत डाक्टर छन् भन्े सात जना अस्थायी रहेका छन् । जम्मा १३ जना एम.वि.वि.एस डाक्टरहरु अस्पतालमा कार्यरत रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । अस्पतालमा जम्मा ८० जना कर्मचारीको दरवन्दि छ जसमा २२ जना स्वास्थ्यकर्मीको रिक्तता रहेको जनाईएको छ । अस्पताल विकास समितिले नियुक्ति गर्ने ४७ जनाको दरबन्दी स्वीकृत रहेकामा चार जना विशेषज्ञ डाक्टर सहित १२ जनाको दरबन्दी रिक्त रहेको छ ।
चालु आर्थिक बर्षको साउनदेखि चैत्र मसान्त सम्ममा ३४ हजार ८ सय ६३ जना विरामीको स्वास्थ्य उपचार गरेको अस्पताल विकास समितिले तथ्यांक सार्वजनिक गरेको छ । आयोजित पत्रकार सम्मेलनमा विकास समितिका अध्यक्ष रानाले जानकारी दिए । चालु आर्थिक बर्षको ८ महिनाको समयमा इमरजेन्सीमा ३ हजार ८ सय ४० जना, ओपीडिमा २७ हजार ५८ जना इन्डोरमा ३ हजार ९ सय २५ जना विरामीको उपचार गरिएको छ ।
१३ जना डाक्टर मध्य एक जना डाक्टरले एक दिनमा १२ जना विरामीको उपचार गरेको तथ्यांक विश्लेषणबाट आएको छ । विरामीको बढ्दो चाप संगै विशेषज्ञ डाक्टरको अभाव हुँदा धेरै विरामीहरु रिफरमा पर्ने गरेका छन् । चालु आर्थिक बर्षको आठ महिनाको अवधिमा इन्डोरमा भर्ना भएका ३ हजार ९ सय २५ जना विरामी मध्य ६१ जना विरामी रिफर (बाहिर उपचार) गरिएको जनाईएको छ । । इन्डोरमै भर्ना भएका विरामीहरु मध्येमा २० जनाको मृत्यु भएको र ४४ जना विरामीहरु भने अस्पतालका कुनै पनि कर्मचारीहरुलाई थाहा नदिएर अस्पतालबाट बाहिरिएको बताइएको छ ।
आमा सुरक्षा कार्यक्रम अन्तर्गत दश महिनाको समयमा २ हजार ७१ जनाको प्रसुती गराईएको छ । ३ सय ४३ जनाको अप्रेसन, ६ सय ९९ जनाको जटिल अप्रेसन, ६९ जना मध्यम र ८ सय ५४ जनाको सामान्य अप्रेसनका माध्यमबाट सुरक्षित प्रसुती गराईएको छ ।
अस्पतालले ११ जना अतिगरिब, १ हजार १ सय ८ गरिब, अपाङ्ग ३८, जेष्ठ नागरिक १ हजार ४ सय ७२ जना, महिला स्वयमसेविका २७ जना, गर्भवती सात सय ७७ जना, प्रसूती एक हजार ५५ जना, अस्पतालका स्टापहरु तीन सय ७१ जना, ए.आर.टी अर्थात एच.आइ.भि संक्रमित ३६ जना र सामान्य नागरिक तीन हजार ३६ जनालाई गरी जम्मा सात हजार नौ सयलाई निः शुल्क औषधी सहित स्वास्थ्य सेवा उपलब्ध गराएको बताइएको छ ।
उपचारका लागि अस्पतालमा भर्ना भएकाहरु मध्ये ८५ प्रतिशत बिरामीहरु महिला भएको ओ.पि.डि इन्चार्ज दिपा भट्टराईले जानकारी दिईन । अस्पतालमा आमा सुरक्षा कार्यक्रम सञ्चालन, फिस्टुला, पाठेघर खस्ने विरामीहरुका कारण अस्पतालमा धेरै महिला आउने भएकोले महिलाहरुको प्रतिशत बढेको भट्टराइले बताइन् ।
प्रयाप्त भौतिक संरचनाको अभावमा साँघुरो भवनमा आफ्नो सेवा दिन बाध्य क्षेत्रीय अस्पतालको नयाँ भवनहरुले समयमै पूर्णता नपाउँदा झन समस्या थपिएका छन् । जेष्ठ मसान्तसम्मा निर्माण कार्य पुरा गरी हस्तान्तरण गरिसक्ने सम्झौता भएको छ ।
निर्माण कम्पनीले तीन तीन पटक निर्माण सम्पन्न गर्ने म्याद थप गरेपनि निर्धारित समयमा भवन निर्माण पुरा नहुँदा सेवा विस्तारमा अप्ठयारो परेको जनाईएको छ । भवन निर्माण डिभिजन कार्यलय सुर्खेतले भवन निर्माणको जिम्मेवारी लिएको छ । निर्माण कम्पनीले असार समान्त सम्म हस्तान्तरण गर्ने जनाईएको छ ।

Saturday, May 26, 2012

बावियाचौरमा उज्यालो अभियान
७७ किलोवाटले वावियाचौरका सबै घरमा बत्ती

दीपक बुढा
सुर्खेत (बावियाचौर), १२ जेठ ।

बावियाचौर गाविसमा उज्यालो अभियान सञ्चालन गरिएको छ । गाविसका सम्पूर्ण घरमा बत्ती पु¥याई गाउँलाई उज्यालो पार्न स्थानीयबासीन्दाले अभियान थालेका हुन् । तीन वटा साना लद्यु जलविद्युत आयोजना संचालनमा ल्याएर प्रत्येक घरमा बत्ती पु¥याउने योजना बनाईएको छ ।
संचालनमा आएको २४ किलोवाट र निर्माणाधिन ५३ किलोवाट लद्यु जलविद्युत आयोजनाले गाविसका सम्पूर्ण घरमा बत्ती पुग्ने छ । बावियाचौर गाविस वडा नं. २ को २४ किलोवाट लद्यु जलविद्युत आयोजना संचालनमा आएको छ । बावियाचौर लद्यु जलविद्युत सहकारी संस्था लिमिटेडले आयोजना संचालनमा ल्याएको हो ।
उक्त आयोजना मार्फत बावियाचौर–२,३,४ र ५ वडाका तीन सयबढी घरधुरी लाभाविन्त भएको सहकारी पूर्व अध्यक्ष केशवराज पाठकले जानकारी दिए । २०६४ सालदेखि निर्माण सुरु गरिएको लद्यु जलविद्युतको २०६७ मा निर्माण सम्पन्न भएको थियो भने २०६८ देखि आयोजना संचालनमा ल्याईएको थियो ।
करिव ५५ लाख लागतमा निर्माण सम्पन्न भएको सो आयोजना निर्माणार्थ गाविसबाट ९ लाख, जिल्ला विकास समितिबाट ६ लाख, उर्जा विकास केन्द्रबाट १२ लाख ७५ हजार, स्थानीय विकास मन्त्रालयबाट २ लाख ५० हजार सहयोग प्राप्त भएको जनाईएको छ । त्यसैगरी सभासद खड्क वसेलले २ लाख ५० हजार, सभासद नरबहादुर विष्टले ३३ हजार र स्थानीयबासीन्दाले २० लाख बराबर आर्थिक तथा जनश्रमदान गरेको जनाईएको छ ।
‘एउटा जलविद्युतले पुरै गाविस समेटन सकेन, गाविसका प्रत्येक घरमा बत्ती बाल्ने योजना अनुरुप अर्को आयोजना सुरु गरेका छौं’ आयोजना संचालक सहकारीका पूर्व अध्यक्ष पाठकले भने ‘दोस्रो आयोजना एक महिनाभित्र संचालनमा ल्याउँछौं । त्यसले पनि नपुगे तेस्रो आयोजना संचालन गर्छौं ।’
लामो समय लगाएर पहिलो लद्यु जलविद्युत आयोजना सम्पन्न गरेका स्थानीयबासीन्दाहरुले आफ्नो सक्रियता बढाएका छन् । ५३ किलोवाट क्षमताको अर्को जलविद्युत निर्माण गरिरहेका छन् ।
बावियाचौर–८मा पर्ने खमारी खोला लद्यु जलविद्युत आयोजनाको २०६८ चैत्र १ गते नेपाल सरकार बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र मार्फत स्वीकृति लिइएको थियो । बावियाचौर लद्यु जलविद्युत सहकारी संस्थाका पूर्व अध्यक्ष एवंम् निर्माणाधीन आयोजनाका अध्यक्ष पाठकले गाउँमा पहिलो पटक बत्ती बलेपछि स्थानीयबासीन्दाले सक्रियता बढाएको बताए । आयोजना निर्माणमा सुन्दर नेपाल संस्थाले सहजिकरण गरिरहेको छ ।
एक करोड २० लाखको लागतमा निर्माणाधिन सो आयोजनाका लागि नेपाल सरकार बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र मार्फत ६६ लाख, गाविसबाट ६ लाख र समुदायबाट ५० लाख बराबरको रकम तथा जनश्रमदान जुटेको आयोजनाका अध्यक्ष पाठकले बताए ।

‘बन्दका कारण मेसिन आउन ढिला भएको हो । बन्द, हडताल नभए एक महिनाभित्र हामी आयोजना संचालनमा ल्याउँछौं’–अध्यक्ष पाठकले भने ‘गाउँमा झिलिमिलि बत्ती बलेपछि स्थानीयबासीन्दामा हर्ष छाएको छ ।’ पोल गाड्ने काम सकिएकाले मेसिर ल्याएर जडान गर्न मात्रै बाँकी रहेको जनाईएको छ । आयोजना संचालनमा आएपछि ६ सय २० घरधुरी लाभान्वित हुने जनाईएको छ ।
गाविस भरी विद्युत अपुग भएमा अर्को आयोजनाको समेत सम्भावित अध्ययन गरिएको छ । खमारी खोलाकै अर्को प्वाईन्टबाट १८ देखि २० किलोवाट क्षमताको लद्यु जलविद्युत आयोजना संचालन गर्न सकिने जनाईएको छ ।
अध्यक्ष पाठकले गाविस भरी बत्ती पु¥याउन अपुग भएमा अन्य सम्भावित आयोजनाहरुको समेत अध्ययन गरिएको बताए । वावियाचौरमा बत्ती बलेपछि मिल संचालन, कम्प्यूटर तालिम केन्द्र संचालन गर्न सहज भएको छ भने बावियाचौरमा पेय पदार्थ कोक, फेन्टा, पु्रmटी, पेप्सीको व्यवसायमा समेत बृद्धि भएको स्थानीय व्यवसायीको भनाई छ ।

प्रेस, एफएम र केवुल टिभी संचालनको तयारी
सुर्खेत, १२ जेठ ।

विकासका पूर्वाधारले पछाडी परेको सुर्खेतको पश्चिम क्षेत्रको मुहार विस्तारै फेरिँदै आएको छ । सामान्य खालको मोटरबाटो बाहेक अन्य विकास भन्दा पछि परेको उक्त क्षेत्रमा पहिलो पटक बत्ती बलेको छ ।
स्थानीयबासीन्दाको सक्रियतामा बावियाचौरमा लद्यु जलविद्युत मार्फत पहिलो पटक बत्ती बालिएको हो । पश्चिम बावियाचौर गाविसका सबै घरमा बत्ती पुग्ने भएपछि प्रेस, एफएम रेडियो र केवुल लाईन समेत संचालनको तयारी गरिएको छ । डाँडादरा संचार सहकारी संस्था लिमिटेडले उक्त तयारी थालेको हो ।
३० जना सेयर सदस्यहरु रहेको डाँडादरा संचार सहकारीले सम्भाव्यता अध्ययन कार्य गरिरहेको छ । तीन सदस्यीय सम्भाव्यता अध्ययन समिति गठन गरी प्रेस, एफएम र केबुल संचालनको तयारी गरिएको सहकारीका अध्यक्ष केशवराज पाठकले बताए ।
सहकारीका अध्यक्ष केशवराज पाठकको संयोजकत्वमा पत्रकार अमर कार्की र कृपा थापा सदस्य रहेको अध्ययन समिति गठन गरिएको हो । ‘पहिलो चरणमा प्रेस ल्याउँछौं, बत्ती प्रयाप्त भएकाले एफएम रेडियोको अनुमतिका लागि संचार मन्त्रालय सम्म फाईल पठाईसकेका छौं’ पाठकले भने –‘केवुल लाईन संचालन गरी केबुल टिभी समेत संचालन गर्नेछौं ।’
सुर्खेतको पश्चिम क्षेत्रलाई विभाजन गर्दा परापूर्व कालदेखि डाँडादरा भनिएको हुँदा त्यही नामबाट एफएम संचालन गर्ने तयारीमा सहकारी रहेको जनाईएको छ । तीन वटै संचारका माध्यम संचालन गर्ने तयारीमा रहेको उक्त सहकारीले लागत पुँजी अनुसार सेयर सदस्य बृद्धि गर्ने समेत जनाईएको छ ।
सुर्खेतमा संचारका माध्यमहरु खुल्नेक्रम तिव्र रुपमा बृद्धि भैरहेको छ । चालु आर्थिक बर्षमा मात्रै १० वटा भन्दाबढी पत्रपत्रिका जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको रेकर्ड रहेको छ । पाँच वटा एफएम रहेकोमा ४ वटा एफएम संचालनमा रहेका छन् ।
६ वटा दैनिक पत्रिका, ५ वटा भन्दाबढी साप्ताहिक पत्रिका नियमित प्रकाशनमा रहेका छन् । केही दिन भित्रै भेरी खवर, मानसरोवर, छरछिमेक, सुर्खेत पोष्टलाई समेत दैनिक रुपमा प्रकाशित गर्ने तयारी भैरहेको ंजनाईएको छ । रारा र इन्द्रेणी दुई वटा केवुल टिभी संचालन भैरहेका छन् ।

Wednesday, May 23, 2012

जनजाति भन्छन् ः ठुला दल टुक्रयाइदिन्छौ
सुर्खेत, १० जेठ ।
आदिवासि जनजाति महासंघ सुर्खेतका अध्यक्ष मोहन गुरुङ्ले ठुला दलहरुलाई टुक्राईदिने बताएका छन् । तीन दिनको बन्द पछि वीरेन्द्रनगरमा भएको धन्यवाद सभालाई सम्बोधन गर्दै गुरुङ्ले ठुला दलहरुले आदिवासी जनजातिहरुलाई हेर्ने दृष्टिकोण नबदले दलहरुलाई टुक्राइदिने बताएका हुन् ।
उनले आदिवासिहरुलाई राज्यले हेला गरेको भन्दै जातीय राज्य बनाउँदैमा देश नटुक्रने बताएका छन् । गुरुङ्ले संविधान सभाको म्याद थप्नु भनेको देशलाई विखण्डन गर्नु हो भने । सभामा आदिवासी जनजाति संयुक्त सघर्ष समितिका संयोजक हरि थापामगरले ७० प्रतिशत जनसंख्या भएका आदिवासीहरुलाई पाखा लगाएर केही पनि हुन नसक्ने भन्दै आवश्यक परे जनजातिले बन्दुक पनि उठाउन सक्ने चेतवानी दिएका छन् ।
उनले सबै ठुलादलहरु चित्रबहादुर केसिको पछि लागेको भन्दै यसो गरे नछोड्ने समेत बताएका छन् । थापाले राज्यले जनजातिलाई हेला गर्दै गएमा शासकहरुलाई हटाई आफुहरु शासक बन्ने बताएका छन् ।
त्यस्तै सभामा अगुवा जनजाति नेता धनबहादुर रानाले अव जनजातिहरु धर्ती उल्टेपनि पछाडि नपर्ने बताए । उनले नेपालमा राज गर्ने अवको पालो जनजातिको भएको भन्दै राज गरेरै छोड्ने बताए ।
सभामा एमाओवादीका तर्फबाट जनजाति नेता खडकबहादुर घर्तीमगर, नेपाली कांग्रेसबाट लालबहादुर चौधरी, एमालेका तर्फबाट रेशम रानामगर, जनजाति महासंघकी सदस्य नन्दा गुरुङ्ले बोलेका थिए ।
संघर्ष समतिका संयोजक हरि थापामगरको सभापतित्वमा सम्पन्न भेलामा सुर्खेतका जनजातिहरुको उल्लेख्निय सहभागिता रहेको थियो । 
होटल अर्गनाईजेशनमा प्यानल विजयी
सुर्खेत, १० जेठ ।
सुर्खेतका होटल व्यवसायीहरु छाता संगठन होटल अर्गनाईजेशन सुर्खेतको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न भएको छ । प्राप्त मतपरिणम अनुसार लोमनबहादुर बुढाको प्यानलै विजयी भएको निर्वाचन अधिकृत दुर्गा सापकोटाले जानकारी दिए ।
अध्यक्षका विजयी लोमनबहादुर बुढाले १ सय ८ मत उनका प्रतिद्धन्द्धी शशिराम देवकोटा ७६ मत , प्रथम उपाध्यक्षमा कलमबहादुर शाही ७३, तर्कबहादुर शाही ९६ मतले विजयी भएका छन् । द्धितीय उपाध्यक्षमा ऐनबहादुर शाही ७७, मोहनलाल राना ७०, सन्तबहादुर क्षेत्री ५ मत प्राप्त गरेका थिए ।
सचिवमा जयबहादुर बुढा ६७ मत, शेरबहादुर शाही १२ मत, सनत आचार्य ८९ मतले विजयी भएका छन् । कोषाध्यक्षमा उदयबहादुर शाहीले १ सय १ मतले विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी हर्षबहादुर चन्दले ६० मत प्राप्त गरेका थिए ।
सदस्यहरुमा कविलाल जैसी ७२ मत, चिन्तामणि शर्मा ७० मत, तेजबहादुर थापा १९ मत, देवेन्द्रमान थापा ५८ मत, मानबहादुर बडुवाल ८६ मत, मोहनबहादुर शाही ९६ मत, रामलाल भट्टराई ८५ मत र हरिप्रसाद अधिकारीले ९१ मत ल्याएका छन् ।
महासचिव धर्म आचार्य, आरक्षित सदस्य खड्कबहादुर विश्वकर्मा, महिला सदस्यमा लालसरी लामा गुरुङ, पार्वती थकाली निर्विरोध भएका छन् । २ सय ८३ मतदातामा २ सय १५ मत खसेको थियो भने २५ भोट बदर भएको जनाईएको छ । बिहिबार सपथ तथा पदबाल हुने जनाईएको छ ।
विजयी कार्यसमिति
अध्यक्ष ः लोमन बुढा
प्रथम उपाध्यक्ष ः तर्कबहादुर शाही
द्धितीय उपाध्यक्ष ः ऐनबहादुर शाही
महासचिव ः धर्म आचार्य (निर्विरोध)
सचिव ः सनत आचार्य
कोषाध्यक्ष ः उदयबहादुर शाही
सदस्यहरुमा
मानबहादुर बडुवाल
मोहनबहादुर शाही
हरिप्रसाद अधिकारी
रामलाल भट्टराई
खड्कबहादुर विश्वकर्मा (दलित सदस्य)
लालसरी लामा गुरुङ (महिला सदस्य)
पार्वती थकाली (महिला सदस्य)

Tuesday, May 22, 2012

होटल व्यवसायी चुनावी रौनकमा
सुर्खेत, ८ जेठ ।
सुर्खेतका होटल व्यवसायीहरु चुनावी रौनकमा छन् । होटल अर्गनाईजेसन सुर्खेतको नयाँ नेतृत्वका लागि छुट्टा छुट्टै प्यानल खडा गरी चुनावी मैदानमा उत्रिएका हुन् । होटल व्यवसायीहरु पनि राजनीतिक विभाजनमा परेका छन् ।
सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा घुसेको राजनीतिले होटल व्यवसायीलाई समेत प्रभावित पारेको छ । उद्योग वाणिज्य संघकै झल्को दिनेगरी होटल व्यवसायीहरु चुनावी प्रचार–प्रसार, पर्जा पम्पलेटिङमा जुटेका छन् ।
वामपन्थी र प्रजातान्त्रिक पक्षका दुई वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । अर्गनाईजेसनको प्रथम साधारण सभाले सर्वसहमत कार्यसमिति चयन गर्न नसकेपछि चुनावी प्रक्रिया सुरु भएको हो । मतदान यही जेठ १० गते तोकिएको छ ।
१३ सदस्यीय कार्यसमितिमा महासचिव, प्रथम उपाध्यक्ष र तीन सदस्य निर्विरोध भैसकेका छन् । प्रथम उपाध्यक्षमा तर्कबहादुर शाही, महासचिवमा धर्मराज आचार्य, महिला सदस्यमा लालसरी लामा गुरुङ, दलित सदस्यमा खड्कबहादुर विश्वकर्मा र महिला सदस्यमा पार्वती थकाली निर्विरोध भएका हुन् ।
अध्यक्ष, द्धितीय उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र चार जना सदस्यका लागि निर्वाचन हुने भएको छ । प्रथम कार्यसमितिको निर्वाचनमा शशीराम देवकोटाको अध्यक्षतामा संयुक्त प्यानल चुनावी मैदानमा उत्रिएको छ । उक्त प्यानलबाट द्धितीय उपाध्यक्षमा मोहनलाल राना, सचिवमा जयबहादुर बुढा, कोषाध्यक्षमा हर्षबहादुर चन्द, सदस्यमा चिन्तामणि शर्मा, मोहनबहादुर शाही, कविलाल जैसी, देवेन्द्रमान थापा निर्वाचनमा उमेदवारी दिएका छन् ।
त्यसैगरी लोमनकुमार बुढाको अध्यक्षतामा अर्को समावेशी प्यानल निर्वाचनमा होमिएको छ । द्धितीय उपाध्यक्षमा ऐनबहादुर शाही, सचिवमा सनत आचार्य, कोषाध्यक्षमा उदयबहादुर शाही, सदस्यहरुमा हरिप्रसाद अधिकारी, मोहन शाही, मानबहादुर बडुवाल र रामलाल भट्टराईले उमेदवारी दिएका छन् ।
आगामि १० गते हुने होटल अर्गनाईजेशनको निर्वाचनमा आफुहरुको नाम फरक प्यानेलमा समावेश भएकोमा कमलबहादुर शाही, रत्नबहादुर क्षत्री र शेरबहादुर शाहीले आपत्ती जनाएका छन् । उनीहरुले संयुक्त रुपमा प्रेश विज्ञप्ति निकाली आफुहरु अन्य कुनै प्यानलमा नभई लोमनकुमार बुढाको अध्यक्षतामा भएको प्यानललाई सहयोग गर्ने बताएका हुन् ।
उनीहरुले बुढाको अध्यक्षताको प्यानललाई समर्थन गर्दै आफुहरुले अर्काे प्यानलबाट उम्मेदवारी फिर्ता लिएको बताएका छन् । पत्रपत्रिकारितामा आफुहरुको फोटो सहितको समाचारमा भ्रम नपार्न सबैलाई अनुरोध समेत गरिएको छ ।
असिना पीडित कृषकले ज्ञापन बुझाए
सुर्खेत, ८ जेठ ।
सुर्खेतको जुर्वटा र गढी गाउँ बिकास समितिका असिना पीडितले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमबार ज्ञापन पत्र पेश गरेका छन् । क्षतिपूर्ति सहित राहतको माग गर्दै उनीहरुले निमित्त प्रमुख जिल्ला अधिकारी बुद्धिप्रसाद सापकोटालाई बुझाईएको थियो ।
असिनापानीले तरकारी खेती अन्नवालीमा व्यापक क्षती पु¥याएको छ । असिनापानीले गढी–९ को चन्दने र रातानाङला तथा जर्वुटा–८ को नलखोला र रातानाङलामा लगाएको तरकारी खेती नष्ट गरेको किसानले जनाएका छन् ।
जेठ–५ गते दिउँसो २ बजेदेखि ६ बजेसम्म लगातार परेको असिना पानीले आलु, सिमी, टमाटर, फर्सी लगायतको तरकारी खेती सखाप पारेको किसान कृष्णप्रसाद ढकालले बताए । हावाहुरीसँगै आएको असिनापानीले २० देखि २५ वटा बाख्रा र ४ देखि ५ वटा गाईगोरुपनि मरेको किसानहरुको भनाई रहेको छ ।
असिनापानीबाट दुई करोड बढीको क्षति भएको कृषकहरुले बताएका छन् । ‘मन्डीबाट पहिलेनै हामी चामल, दाल लिन्छौं अनि आलु उत्पादन गरेर पठाउँछौं तर यस पटक आलु सबै असिनाले नष्ट ग¥यो कसरी छाक टार्ने’–कृषक कृष्णप्रसाद ढकालले बताए ।
आम्दानीको मुख्य स्रोत तरकारी खेती नष्ट भएपछि करिव डेढ सय किसान पिरलोमा परेका छन् । तरकारी खेतीमा मात्रै आश्रित रहेका चन्दने, रातानाङला र नलखोला किसानहरुले गाउँमा बेलैमा भोकमारी समस्या उत्पन्न हुनसक्ने दावी गरेका छन् ।
राहतको माग गर्न बीरेन्द्रनगर आइपुगेका किसानहरुले जग्गा जोत्नै नमिल्ने गरी चिरा परेको भन्दै उचित राहतको माग समेत गरेका छन् । एक किसानले भने ‘एक क्वीन्टलबाट १० क्वीन्टल सम्म आलु फल्छ ।’
ज्ञापन पत्र बुझदै निमित्त प्रमुख जिल्ला अधिकारी सापकोटाले असिना पीडित किसानको विवरण संकलन गर्न जिल्ला कृषि विकास कार्यालयलाई अनुरोध सहितको पत्र पठाईने र कृषि विकासको रिपोर्ट अनुसार राहतका लागि सिफारिस गरिने जानकारी दिए ।

Monday, May 21, 2012

अपराध नियन्त्रणमा सफलता ः प्रहरी
खेमराज वली
सुर्खेत, ६ जेठ ।

जिल्लाको समग्र अपराध नियन्त्रणमा प्रहरीले सफलता प्राप्त गरेको जनाईएको छ । गुण्डागर्दी, लागुऔषध ओसारपसार, घरेलु मदिरा नियन्त्रण, काठ तस्कर, जुवतास नियन्त्रणमा सफलता मिलेको प्रहरीको भनाई रहेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी चालु आर्थिक बर्षमा अपराध नियन्त्रणमा गरिएका कार्वाहीको जानकारी गराएको थियो ।
प्रहरीले २०६८ साउनदेखि २०६९ बैशाख मसान्त सम्म १३ सय बढीलाई कार्बाही गरिएको छ । जिल्ला  प्रहरी कार्यालय सुर्खेतले आफ्नो बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शनिबार यस्तो बताएको हो । प्रहरीले गुण्डागर्दी, लागुऔषध ओसारपसार तथा सेवन, लुटपाट, यौन व्यवसाय, काठ तस्करी, जुवतास खेल्ने, फरार अभियुक्त लगायतलाई कार्वाही गरिएको बताइएको हो ।
सबै भन्दाबढी मादक पदार्थ सेवन गर्ने एक हजार ५० जनालाई कार्वाही गरेको छ । त्यस्तै गुण्डागर्दी गर्ने एक सय ७५ जना, जुवातास खेल्ने ५३ जना, फरार अभियुक्त १६ जना, लागु औषध विक्रिवितरण तथा सेवन गर्ने १२ जना, एक जना  बिस बर्षे मुद्धाको  फरार प्रतिबादी पक्राउ  र अन्य  (कर्तब्य ज्यान ,ज्यान मार्ने उद्योग, मानब बेचबिखन , देहब्यापार, कारबाही) ३१ जनालाई कार्वाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख गोविन्दराम परियारले जानकारी दिएका छन् ।
प्रहरीले यो अवधिमा करिब आठ–नौं लाख बराबरको १६ हजार चार सय ५४ लिटर तयारी मदिरा, मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ ३४ हजार तीन सय ७० लिटर, मदिरा बनाउने औषधी १५ सय किलोग्राम, मदिरा तयार गर्ने भा“डा एक सय ६३ थान बरामद गरेको थियो । त्यस्तै ब्राउन सुगर १६ ग्राम ५८ मिलीग्राम र चरेस दुई किलो दुई ग्राम  प्रहरीले बरामद गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रमुख (एसपी) गोविन्दराम परियारले सुर्खेतमा हुने सम्पूर्ण अराजक क्रियाकलापको नियन्त्रण गर्ने प्रतिबद्ध रहेको बताएका छन् । उनले यस्तो अभियानमा सबैले साथ दिनुपर्ने बताए । सुर्खेतमा प्रहरीले केही समय यता आफ्नो सक्रियता बढाएको हो ।
सोही अवसरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले रामकुमार गन्द्रमाको मृत्युबारे छानविन गर्न गठित छ सदस्यिय समितिको प्रतिवेदनप्रति आफ्नो ध्यानाकर्षन भएको बताएको छ । शनिबार जिल्ला प्रहरी कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी कार्यालयले ध्यानाकर्षण भएको बताएको हो ।
मानव अधिकार तथा शान्ति समिति शाखा सुर्खेतका अध्यक्ष पार्वती गिरीको अध्यक्षतामा गठित समितिको प्रतिवेदनमा गन्द्रमाको मृत्यु प्रहरीको लापर्वाहीले भएको उल्लेख गरिएको थियो । प्रहरीले शव परिक्षण रिपोर्टमा गन्द्रमाको मृत्युको कारण चोकिङ्ग (खाना खा“दा घाटिमा केही अड्किएको) भनेर स्पष्ट रुपमा उल्लेख भईसकेको अवस्थामा पनि मृत्युको वास्तविक कारण बङ्ग्याएको बताइएको छ ।
छ वजे देखि रोगले च्यापी व्यहोस भई सक्दा राती १० वजे मात्र अस्पताल पु¥याईएको भन्ने कुरा वास्तविक नभएको प्रहरीको भनाई छ । थुनुवा गन्द्रमा राती १०ः४० वजे बिरामी भएको र १०ः४५ मै अस्पतालमा पु¥याईएको प्रहरीले  दावि गरेको छ ।
विद्यालयको बेवारिसे काठ छुटाउन दवाफ
सुर्खेत, ७ जेठ ।विद्यालयको कक्षा कोठामा भेटिएको बेवारिसे काठका विषयमा अनुसन्धान भैरहेको छ । इलाका वन र इलाका प्रहरी कार्यालय सुर्खेतले अनुसन्धान थालेको हो ।  पूर्वी मैनतडा–१ घारीवनको नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालयको कक्षा कोठामा ठूलो परिणाममा सालका चिरान काठ भेटिएको थियो ।
विद्यालय कक्षा कोठा भित्र भेटिएको वेवारिसे काठ सोही विद्यालयका प्रधानाध्यापक शिवजंग वलीको भएको स्थानीयबासीन्दाले बताए । ‘केही काठ आफ्न्त पहलमान वली र केही काठ विद्यालयमा राखेका थिए ।’–स्रोतले भन्यो ‘निर्दोष व्यक्तिलाई फसाईयो तर काठ हेडसरको नै हो ।’
इलाका प्रहरी कार्यालय, इलाका वन कार्यालय, जिल्ला वन कार्यालय सुर्खेत, सशस्त्र प्रहरी बेस क्यापको संयुक्त टोलीले जेठ ५ गते काठ बरामद गरेको थियो । विद्यालय नजिकै घर भएका पहलमान वलीको घरगोठबाट र विद्यालयको कक्षाकोठाबाट करिव २ सय ५० थान सालको चिरान काठ नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरिक्षक रमेश तामाङले जानकारी दिएका थिए ।
विद्यालयमा भएको काठ सोही विद्यालयको नाममा भरपाई गरी जिम्मा लगाईएको र अन्य ८१ थान काठ इलाका वन कार्यालय छिन्चुमा ल्याईएको जनाईएको छ । विद्यालयमा काठ भेटिएको घटनालाई कमजोर बनाउन प्रहरी र वन कार्यालयमा दवाफ भैरहेको स्रोतले जानकारी दिएको छ ।
पहलमान वली हाल सम्पर्क विहिन भएकाले विद्यालयमा भएको काठ समेत उनकै हुन सक्ने प्रहरीले अनुमान गरेको थियो तर उक्त काठ विद्यालयका प्रधानाध्यापक शिवजंग वलीको भएको बुझिएकाले अनुसन्धान जारी रहेको जनाईएको छ ।
इलाका वन कार्यालय छिन्चुका सहायक वन अधिकृत अमरबहादुर मण्डलले मुद्धा अगाडी बढिसकेकाले त्यसलाई फिर्ता लिन नसकिने बताएका छन् । उनले भने –‘घटनाको अनुसन्धान प्रक्रिया बढेको छ । दोषिलाई कार्वाहि हुन्छ ।’
सोही काठ र दोषिको बचावटका लागि पूर्व गृहमन्त्री तथा सभासद पूर्णबहादुर खड्काले जिल्ला वन कार्यालय प्रमुख देखि प्रहरी उपरिक्षक सम्मलाई टेलिफोन मार्फत मुद्धा नलगाउन दवाफ दिएको जनाईएको छ ।
नेपाली कांग्रेस निकट प्रधानाध्यापक भएकाले उनीहरुले आफ्नो बचावट र पहुँच देखाउनका लागि पूर्व गृहमन्त्रीलाई गुहारेको स्रोतले जानकारी दिएको छ । पूर्व गृहमन्त्रीको दवाफ नआएको जिल्ला वन अधिकृतले बताए ।
उनले घुमाउरो तरिकाले भने –‘कुनै दवाफ आएको छैन् । जनप्रतिनीधि, जनवर्गिय संगठनहरु धेरै छन् । कसैले छोडिदिनुस भन्नु सामान्य हो । तर हामी दोषिको पहिचान गरी कार्वाहि गर्छौ ।’ कसैले फोन गरेर दवाफ दिन खोजेपनि हामी कार्वाहि गरेरै छाड्छौं ।

Friday, May 18, 2012

गाविस सचिव दुर्घटनामा
सुर्खेत, ५ जेठ ।
छिन्चु गाविस सचिव पृतिभक्त गिरी मोटरसाईकल दुर्घटनामा परेका छन् । शुक्रबार साँझ छिन्चुबाट वीरेन्द्रनगर तर्फ आउँदै गरेका गिरीको मोटरसाईकल र वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गरेका राजबहादुर शाहीको मोटरसाईकल ठोकिएका थिए ।
लेखपराजुलको पैसठ्ठी भन्ने स्थानमा भे १ प ७४६८ र ने ३ प ३६२० नम्बरको मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालक राजबहादुर शाही सामान्य घाईते भएका छन् भने गाविस सचिव गिरीको टाउकोमा गम्भिर चोट लागेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरिक्षक रमेश तामाङले जानकारी दिए ।
घाईते गाविस सचिव गिरीलाई थप उपचारका लागि नेपालगंज पठाईएको र अर्का चालक राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर उपचार गराईरहेको जनाईएको छ ।
विद्यालयमा अबैध काठ
सुर्खेत, ५ जेठ ।पूर्व मैनतडा–१ घारीवनको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय सहित एउटा घरमा लुकाई राखेको अवस्थामा ठूलो परिमाणाम काठ बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय, इलाका वन कार्यालय, जिल्ला वन कार्यालय सुर्खेत, सशस्त्र प्रहरी बेस क्यापको संयुक्त टोलीले काठ बरामद गरेको हो ।
विद्यालय नजिकै घर भएका पहलमान वलीको घरगोठबाट र विद्यालयको कक्षाकोठाबाट करिव २ सय ५० थान सालको चिरान काठ नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरिक्षक रमेश तामाङले जानकारी दिए ।
पहलमान वली हाल सम्पर्क विहिन भएकाले विद्यालयमा भएको काठ समेत उनकै हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बरामद गरिएको काठ इलाका वन कार्यालय छिन्चुमा ल्याउने तयारी भैरहेको जनाईएको छ । यता वीरेन्द्रनगरमा पनि बिहिबार राती सामुदायिक वनको नाममा काठ ल्याउँदै गरेको अवस्थामा एउटा टेक्टर प्रहरी नियन्त्रणमा लिईएको छ ।
स्रोतका अनुसार एक सयबढी क्यूफिट काठ ल्याउँदै गरेको टेक्टर प्रहरीले पक्राउ गरेको थियो । विहिबार पक्राउ परेको उक्त टेक्टर र काठका सम्बन्धमा भने जिल्ला प्रहरी कार्यालय सुर्खेतले कुनै जानकारी दिएको छैन् । अधिकांश समय घटना भए लगत्तै संचार माध्यमलाई जानकारी दिने प्रहरी प्रशासनको उक्त व्यवहार प्रति संचारकर्मीले आशंका गरेका छन् । प्रहरी र काठ माफियाकावीचमा केही रहस्य हुन सक्ने अनुमान गरिएको छ ।
सोही सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक आनन्द मरठाले काठ सहितको गाडी जिल्ला प्रहरी कार्यालयमा ल्याईएको भएपनि आफूलाई थप कुनैपनि जानकारी नभएको बताए । जिल्ला वन कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने काठ सहितको गाडी प्रहरीले आफ्नै नियन्त्रणमा राख्नुलेपनि थप रहस्यमय बनाएको छ ।
धुम्रपानको लत छ ? कार्वाहीमा परिएला नि 
दिपक बुढा÷हिमा उपाध्याय
सुर्खेत, ५ जेठ ।

चुरोट सूर्ती, श्यामबहादर, गुटका खाने तपाईको लत छ । यदी छ भने विचार गर्नुहोला कार्वाहीमा परिएला नि । जुनसुकै स्थानमा चुरोट, सूर्तीजन्य गुठकाहरु प्रयोग गर्न प्रतिवन्ध लगाईएको  छ । सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तीजन्य पदार्थको सेवन गरे कार्वाही पर्नुहोला ।
नीजि कोठा र सरकारले धुम्रपानका लागि छुट्टयाएका निश्चित स्थान बाहेक अन्य सबै सार्वजनिक स्थालहरु धुम्रपानका लागि कानूनद्धारा निशेष गरिएको छ । सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ ले सार्वजनिक स्थलहरुमा धुम्रपान सहित सूर्तीजन्य पदार्थको प्रयोगमा निषेध गरेको हो ।
सरकारी कार्यालय संघ, संस्था, शिक्षण संस्था, पुस्तकालय, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारी साधन, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखाना र बाटो लगायतका स्थलहरु कानूनद्धारा निषेधित गरिएको छ ।
निषेधित क्षेत्रमा पनि धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग गरेमा प्रहरी कार्यालयले पहिलो पटक सम्झाउने र दोस्रो पटक एक सय रुपैयाँ सम्म जरिवाना गर्न सकिने कानूनी प्राव्धान रहेको छ । १८ बर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तीजन्य पदार्थ विक्रि तथा वितरण गर्ने काममा लगाउन नपाईने, निःशुल्क रुपमा सूर्तीजन्य पदार्थ वितरण गर्न वा उपहार दिन पाउने छैन् । त्यसैगरी कानून विपरित सुर्तीजन्य पदार्थको विक्रि वितरण गरेमा दश हजार सम्म जरिवाना गर्न सकिने बताईएको छ ।
ऐन कार्यान्वनका लागि सुर्खेतमा पनि कडाई गरिने भएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी तथा निरीक्षक बुद्धिप्रसाद सापकोटाले सूर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धीको ऐन कार्यान्वयनमा आफुले सक्रिय देखाउने जनाएका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजनामा शुक्रबार ऐन कार्यान्वनका विषयमा सरोकारवाला निकायका प्रतिनीधिहरुकावीचमा छलफल भएको छ ।
सुर्तीजन्य पदार्थको न्यूनिकरण गर्न जिल्लामा अनुगमन समिति गठन भएको छ । सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ लाई जिल्लामा कार्यान्वयन गर्ने उद्देश्यले अनुगमन समिति गठन गरिएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी एवंम सूर्तीजन्य पदार्थका निरिक्षक बुद्धिप्रसाद सापकोटाको संयोजकत्वमा ९ सदस्यीय अनुमगन समिमित गठन गरिएको हो ।
जिल्ला स्थित सरोकारावाला निकायका प्रमुख तथा प्रतिनीधि सहित शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न छलफलबाट सर्वपक्षिय समिति गठन गरिएको जनाईएको छ । समितिमा जिल्ला प्रहरीको तर्फबाट वीरेन्द्र शाह, आवाज संस्थाका पवित्रा शाही, नेपाल पत्रकार महासंघ शाखा सुर्खेत कार्यसमिति सदस्य दिपक बुढा, पत्रकार महिलाको तर्फबाट लक्ष्मी भण्डारी, उपभोक्ता अधिकार मञ्चका अध्यक्ष आकाशतारा बयक, सुर्खेत उद्योग वाणिज्य संघका महासचिव मदनबहादुर खडका, अर्वुद रोग निवारण संस्थाका सचिव रमेश के.सी., नव ज्योति प्रशिक्षण केन्द्रका सिता शाही समितिको सदस्य रहेका छन् । समितिले ऐन कार्यान्वयनका लागि योजना बनाएर जिल्लामा प्रभावकारी रुपमा अनुगमन गरिने भएको ।
सार्वजनिक स्थालमा सुर्तिजन्य पदार्थको प्रयोग गर्न नपाईने कानूनि व्यवस्था छ तर सुर्खेतका विभिन्न सार्वजनिक स्थलहरुमा भने खुलेआम सुर्तिजन्य पदार्थको प्रयोग हुने गरेको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, जिल्ला स्थित सरकारी कार्यालय, सार्वजनिक यात्रुबहाकबसमा समेत खुलमखुल्ला सूर्तिजन्य पदार्थको प्रयोग भैरहेको छ ।
सरकारी निकाय, शिक्षण तथा स्वास्थ्य संस्था जस्ता सार्वजनिक स्थल र सार्वजनिक यातायातमा सूर्ति जन्यपदार्थ धुम्रपान तथा सुर्ति गुठका प्रयोग गर्न प्रतिवन्ध लगाईएको छ । सूर्तिजन्यपदार्थ नियन्त्रण र नियमनगर्ने ऐन २०६८ ले उक्तप्रतिवन्ध गरेको हो ।
ऐनमा सार्वजनिक स्थल वाहाताभित्र धुम्रपान तथा सूर्तिजन्य सामाग्रि प्रयोग गरेमा सो स्थलबाट बाहिर निकालिने वा एक सय रुपैया“ ज रिवाना वा दुवै सजायगर्ने कानूनि प्राव्धान रहेको छ । तर सार्वजनिक स्थलमा सुर्ति जन्यपदार्थको प्रयोग गर्ने कसैलाई पनि कार्वाही भएको छैन् ।
सार्वजनिक स्थलमा प्रयोग गर्न नपाईने, सूर्तिजन्य पदार्थको विज्ञापन गर्न नपाईने, धेरै मानिस भेलाहुने कलकारखाना, होटल, सवारी साधन, धार्मिक स्थलमा धुम्रपानगर्न नपाईने कानूनीव्यवस्था छ तर पनित्यसको कार्यान्वयनपक्षभने फितलो रहेको छ  । जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले सूर्ति जन्यपदार्थको सार्वजनिक स्थलमा प्रयोग प्रतिबन्धगर्न चेतनामूलककार्यहरु संचालन गरिरहेको जनाईएको छ ।
सूर्तिजन्यपदार्थको नियन्त्रण र नियमनकालागि ऐन आएपनित्यसको कार्यान्वयनपक्षकाबारेमा केहीउल्लेख नगरेकाले कार्यान्वयनमा समस्या देखिएको  जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका स्वास्थ्य शिक्षा शाखा प्रमुख वसन्त शेष्ठले बताए । उनले भने–‘ऐन त आएको छ तर ऐनमा उल्लेख भएअनुसार कामहुन सकेको छैन् ।’
सरकारी कार्यालयहरुमा र्सूिर्त जन्यपदार्थको नियन्त्रणका लागिभने केही सुरुवातको पहलगरिएको छ । जिल्ला प्रशासनकार्यालय सहितकाअन्य सरकारी कार्यालयहरुमापहलथालिएको हो । सरकारी कर्मचारी र सेवाग्राहीले जथावाभी सूर्तिजन्यपदार्थको प्रयोग गर्न थालेपछि त्यसलाई नियन्त्रण गर्न जिल्ला प्रशासनका कायालय सुर्खेतले निर्देशनदिएको थियो । सरकारी कार्यालय समयमा सूर्तिजन्यपदार्थको प्रयोेग गर्ने प्रतिबन्ध गर्न निर्देशनदिईएको हो ।
सरकारी कार्यालयकाभित्ताहरुमा गुठका, श्यामबहार, सूर्ति खाएर जथाभावितुक्ने गरेको हामीले देख्ने गरेका छौं । त्यसको नियन्त्रणका लागि केही सरकारी कार्यालयहरुले रचनात्मक रुपमाथुक्ने ठाउ“हरुमा भगवानको फोटो टा“स्ने गरिएको छ ।
जिल्लाका सरकारी कार्यालयमाबाहेक अन्य क्षेत्रका सार्वजनिक स्थलहरुमा सुर्तिजन्यपदार्थको निशेषकालागिकुनै पनिगतिविधिहरु संचालन नगरिएको जिल्लाप्रहरी कार्यालय सुर्खेतकाप्रहरी प्रमुखगोविन्दराम परियारले बताए । उनले भने–‘सूर्तिजन्यपदार्थको नियन्त्रणका लागि छिट्टै अभियान बनाएर अगाडी बढ्छौं ।’
सरकारी कार्यालयहरुमापहिलो चरणमा कडाईका साथ सूर्तिजन्यपदार्थ नियन्त्रण, निषेध, कार्वाहि प्रक्रिया बढाईने उनले बताए ।   
सरकारले सुर्तिजन्यपदार्थप्रयोगमा रोक लगाएपनित्यसको प्रयोगमाभने कमीआउन सकेको छैन । स्वास्थ्यतथा जनसंख्यामन्त्रालय, स्वास्थ्य सेवाविभागकाअनुसार नेपालका ५६.५ प्रतिशतपुरुष र १९.६ प्रतिशतमहिलाले सुर्तिजन्यपदार्थसेवनगर्न गरेका छन् । यसमध्ये ३५ प्रतिशतकिशोरकिशोरी घरमाअरुले गरेको धूमपानबाट पीडित हुने गरेका छन् ।
निकोटिन, टार, कार्बमनोअक्साईड, लिड, नाईट्रोसोमाईन जस्ता क्यान्सरजन्यकरिव चार हजार हानिकारक रसायनिकपदार्थ उत्सर्जन हुने सुर्तिजन्यपदार्थले मानव स्वास्थ्यमा क्यान्सर, मुटुरोग, दमखोकी जस्ता २५ प्रकारका रोग लाग्ने जनाईएको छ ।

Thursday, May 17, 2012

थुनुवा मृत्यु प्रकरण
प्रहरीको लापर्वाहिले गन्द्रमाको मृत्यु
दीपक बुढा
सुर्खेत, ४ जेठ ।

वीरेन्द्रनगर–१२ निवासी ४१ बर्षिय कुमार भनिने राजकुमार गन्द्रमाको मृत्यु प्रहरीको लापर्वाहिले भएको निस्कर्ष निकालिएको छ । प्रहरी हिरासतमा रहेका राजकुमारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको थियो ।
नागरिक स्तरबाट गठिन छानविन समितिले विहिबार छानविन प्रतिवेदन सार्वजनिक गर्दै हिरातमै वेहोस भएका उनको उपचारमा प्रहरीद्धारा चरम लापर्वाहि गरिएको उल्लेख गरिएको छ ।
छानविनस समितिले अनुसन्धानबाट राजकुमारको मृत्यु प्रहरीलाई बुझाउनु अघि गाउँले र प्रहरी हिरासतमा रहँदा प्रहरीको यातनाका कारण नभएको बताएको छ ।
डाक्टरले प्रारम्भिक परिक्षणमा उनको स्वास्थ्य अवस्था सामान्य रहेको देखाइएको छ । हिरासतमा ल्याएदेखि टाउको दुख्नु, खाना नखानु, अस्वभाविक क्रियाकलाप गरेपनि रोगको निदान हुन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गत ३१ गते राती साँझ ६ बजे देखि रोगले च्यापी बेहोस भई सक्दा समेत राती १० बजे मात्र अस्पताल पु¥याउनुले प्रहरीको चरम लापर्वाहि भएको छानविन समितिको निस्कर्ष रहेको छ ।
छोटो दुरीको अस्पतालमा पु¥याउन झण्डै साढे तीन घण्टा लाग्नुले नागरिकको स्वास्थ्य उपचार  पाउने अधिकारमाथी खेलवाड गरिएको समितिले जनाएको छ ।
मृतकको उपचारका लागि यथासक्य प्रयास भएपनि मृत्यु भएको दिनमा प्रहरीले तदारुक्ता देखाएको देखिएन । मृतकको मृत्युको कारण अन्य रोग या आकस्मिक होला तर समयमै अस्पताल पु¥याउन सकेको भए यो घटना नहुने समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।
छानविनका क्रममा प्रहरीसंग आठ वटा रिपोर्टहरु माग गरेपनि प्रहरीले सम्पूर्ण रिपोर्ट दिन अस्वीकार गरेको समितिका संयोजक पावती गिरीले बताईन ।
छानविन समितिले जिल्ला प्रहरी कार्यालय सुर्खेतसंग जाहेरी दरखास्त, पक्राउ पुर्जी÷थुनुवा पुर्जी, स्वास्थ्य परिक्षण प्रतिवेदन, मृतकको बयान, मौकामा बुझिएका मानिसहरुको बयान÷कागज, म्याद थपका पत्रहरु, पोष्ट मार्टम रिपोर्ट र अनुसन्धान प्रतिवेदन माग गरेको थियो ।
अनुसन्धानका लागि आवश्यक र अभिलेखहरु माग गर्दा प्रहरीले कानूनी प्रावधान नभएको अदालती प्रक्रियामा अवरोध हुन्छ भन्दै कागज पत्र नदिएको छानविन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बैशाख १९ गतेदेखि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका राजकुमारलाई भेट्न बैशाख २२ गते उनकी श्रीमती लीला गन्द्रमा र आमा तुल्सा मन्दिर थुनुवा भेट्न गएका थिए । प्रहरीले थुनुवा भेट्न नदिएपछि घर फर्किएका थिए । भाई धनबहादुर गन्द्रमाले भने फु्रटी, औषधी लगायतका वस्तु लगि २६ गते भेटघाट गरेको जनाईएको छ ।
गन्द्रमा थुनुवा रहँदा बैशाख ३१ गते पुनः विरामी भई म.प. क्षेत्रीय अस्पताल लगि सामान्य टाउको दुखेको भन्दै अस्पतालबाट फिर्ता ल्याइएको जनाईएको छ । सोही साँझको खाना नखाई दालमात्र खाएको, दाल खाएपछि वान्ता गरेको र अस्वभाविक क्रियाकलाप देखाएको छानविन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
शरिर तन्काउने, दाँत किट्ने, टाउको समाउने, पेट मिच्ने, ढोकाको ताला पुकाल्न खोज्ने, पुजा जिते भक्ते भन्ने नाम उच्चारण गर्ने गरेको थुनुवा र प्रहरीबाट बुझिएको जनाईएको छ ।
गन्द्रमा थुनुवा अवस्थामानै बेहोस, मुखबाट फिंज निस्किएको र राती १०ः०५ बजे अस्पताल पु¥याएको आधा बोतल सलाईन चढेपछि १२ः४५ बजे मृत्यु भएको थियो ।
मानव अधिकार तथा शान्ति समाज शाखा सुर्खेतका अध्यक्ष पार्वती गिरीको संयोजकत्वमा शान्ति समाजकै केन्द्रीय सदस्य नरेशसिंह थापा, इन्सेक सुर्खेत प्रतिनिधी दुर्गा थापा, अधिकारकर्मी सुशील शर्मा, मानव अधिकार एलायन्स सुर्खेतका अध्यक्ष टिकाराम आचार्य, कानून व्यवसायी दुर्गा सापकोटा सहितको छानविन समिति गठन गरिएको थियो ।
छानविन समितिले मृतक गन्द्रमाको आर्थिक अवस्था कम्जोर भएकाले उनका दुई सन्तानको पठन पाठन, शिक्षा, स्वास्थ्यको प्रवन्ध सहित श्रीमतिलाई रोजगारीको अवसर दिन सम्बन्धित पक्षसंग अनुरोध गरेको छ ।

खानेकुरा खड्किएर मृत्युसव परिक्षण रिपोर्ट सार्वजनिक भएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालले दिएको सव परिक्षण रिपोर्टमा खानेकुरा घाँटीमा अड्कीएर गन्द्रमाको मृत्यु भएको उल्लेख गरिएको छ ।
शरिरको कुनै पनि भागमा चोटपटक नभएको तर घाँटीमा खानेकुरा अड्कीएका कारण मृत्यु भएको रिपोर्ट छ जना डाक्टरहरुले निकालेका हुन् ।
डा. भोलाराम श्रेष्ठ, डा. हरि सापकोटा, डा. डम्मर खड्का, डा.गणेश थापा, डा. नविन पौडेल र डा. दिक्षा खनाल सहितका डाक्टरहरुले सव परिक्षण प्रतिवेदन जारी गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पीडित पक्ष सहित बिहिबार भएको छलफलबाट पीडित परिवारलाई राहत उपलब्ध गराउन पहल गर्ने सहमति भएको छ ।
तीन बुद्धे सहमितपछि आव (शुक्रबार) सव उठाउने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक गोविन्दराम परियारलले जानकारी दिए । मृतकका दुई बच्चालाई निःशुल्क पढाउन, राहत उपलब्ध गराउन र रोजगारीका लागि सिपमूलक तालिम प्रदान गर्न सम्बन्धित निकायसंग अनुरोध सहित पहल गर्ने निर्णय भएको छ ।

Wednesday, May 16, 2012



१९ औं मदन–आश्रीत दिवस
दीपक बुढा/हिमा उपाध्याय
सुर्खेत, ३ जेठ ।
नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको १९ औं स्मृति दिवस बुधबार विविध कार्यक्रम सहित मनाईएको छ । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
वि.स. २०५० साल जेठ ३ गते पोखराबाट चितवन जा“दै गर्दा चितवनको दाशढुङमा त्रिशुलीमा भण्डारी र आश्रित जीप दुर्घटनामा परि निधन भएको थियो । गाडी दुर्घटना नभएर देशी विदेशीले षडयन्त्रपूर्वक योजना बद्ध हत्या गरेको एमालेले बताएको छ ।
श्रद्धाञ्जली सभामा बोल्दै नेकपा एमाले राष्ट्रिय प्रतिनीधि परिषद सदस्य बालाराम शर्मा, बालकृष्ण वि.सी.ले मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलिय जनवादको उपयोगिताका बारेमा ब्याखा गरेका थिए । कार्यक्रममा सहभागि बक्ताहरुले स्वर्गिय नेता मदन भण्डारीको व्यक्तित्व, उनको योगदान, पार्टी निर्माण, सिद्धान्तको सुत्रपातका विषयमा चर्चा गरिएको थियो ।
वामपन्थि राजनीतिक दलहरु जनताको बहुदलिय जनवादमा सहभागि भएको बताए । नेपालको आर्थिक, सामार्थिक, राजनीतिक परिवर्तनमा जवजले महत्वपूर्ण भूमिका निर्वाह गर्ने समेत सहभागिको भनाई थियो । नेकपा एमाले समर्थित नेता, कार्यकर्ता सहभागि भएको कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष नवराज रावतको सभापतित्वमा सम्पन्न भएको थियो ।
त्यसैगरी १९ औं मदन आश्रित स्मृती दिवस नेकपा एमाले गाउ“ कार्यसमिति सहारेको बोटेचौर बजारमा मनाएको छ । बुधबार स्मृति सभाको आयोजना गरी मनाएको हो । साथै बुधबार नै उक्त अवसरमा त्यहा“ स्थित ऋषि स्मृति प्रतिक्ष्ाँलयको पनि उद्घाटन गरिएको छ । उद्घाटन नेकपा एमाले जिल्ला कार्यसमिती सुर्खेतका अध्यक्ष नवराज रावतले गरेका हुन् । 
अध्यक्ष्ँ रावतले कार्यक्रममा दश बर्ष हिंसात्मक राजनीतिक गरेका माओवादी हतियार र सेना विगठन गरेर शान्तिपूर्ण राजनीतिमा आउनु र शान्तिपूर्ण जनआन्दोलनबाट सामन्ति राजतन्त्र समाप्त हुनु मदन भण्डारीले अगाडी सारेको जनताको वहुदलिय जनवादको जित भएको बताए । 
साथै कार्यक्रममा राष्ट्रिय प्रतिनीधि परिषद सदस्य बालकृष्ण विसी, नेकपा एमाले सुर्खेतका प्रचार विभाग प्रमुख टेकेन्द्र बस्नेत, सदस्यहरु ऋषि गिरी, ऐनबहादुर चन्द, क्षेत्र नं १ का अध्यक्ष मानबहादुर खत्री बा“के जिल्ला कमिटी उप–सचिव रत्न खत्रि लगायतले बोलेका थिए । 
कार्यक्रम सहारे गाउ“ कमिटीका अध्यक्ष्ँ मानबहादुर खत्रिको सभापतित्वमा सम्पन्न भएको थियो । 

ट्राफिक प्रहरीको सक्रियता बढ्यो  
सडक देखि होटलसम्म निगरानी
हिमा उपाध्याय
सुर्खेत, ३ जेठ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आफ्नो सक्रियता बढाएको छ । पछिल्लो समय ट्राफिक प्रहरीले सडकदेखि होटल सम्म आफ्नो निगरानी बढाएको हो । ट्राफिक नियम उलंघन गर्ने सवारी साधन चलाउनेदेखि सा“झ अवेर सम्म होटल रेष्टुरा“मा बसेर मादकपदार्थ प्रयोग गर्ने चालकहरु ट्राफिक प्रहरीको निगरानीमा पर्ने गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले दैनिक जसो फरक फरक स्थानमा सवारी चेकचा“ज गरिएको बताए । ‘सा“झ हामी मापसे चेक जा“च गर्छौ । होटल, रेष्टुरेन्टमा मादकपदार्थ सेवन गरेकालाई हामी निगरानी गछौं ।’ उनले भने ‘हामीलाई देखेपछि मादकपदार्थ प्रयोग गर्नेहरु पनि समयमै घर फर्किन्छन् ।’

सा“झ अवेर सम्म होटलमा बसी मादक पदार्थ सेवन गर्ने र आफै सवारी साधन चलाएर फर्किने सवारी चालकहरु सजक भएको बताईएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाईएमा पहिलो पटक न्यूनतम जरिवाना गरी सम्झाउने, ट्राफिक प्रहरीलाईनै धम्काएमा उसैलाई प्रहरीको सहयोगमा नियन्त्रण लिई कार्वँहि सम्म गर्न सकिने बतँईएको छ ।
सामान्य नागरिकदेखि आफ्नै प्रहरी कर्मचारीहरु समेत कार्वाहिमा पर्ने गरेका छन् । ट्राफिक प्रहरी प्रमुख सापकोटाले भने ‘नियम उलंघन गरी जसले ठुला–ठुला कुरा गर्छ उसैबाट म धेरै जरिवाना लिन्छु’ उनले भने ‘म काममा विश्वास गर्छु । इमान्दारीतापूर्वक मैले आफ्नो जिम्मेवारी निर्वाह गरेको छु ।’ नियम उलंघन गर्ने प्रहरीकै एक हवलदारले धेरै ठाउ“बाट फोन गराएपछि एक हजार जरिवाना गराएको प्रहरी निरिक्षक सापकोटाले जानकारी दिए ।
ट्राफिक नियम उलंघन गरी छतमा यात्रु राख्ने, हेलमेट नलगाउने, साईट लाईट, हेडलाईट नराखेका, लाईसेन्स, बिलबुक साथनमा नराखेका सवारी चालकनै कार्वाहिको भागिदार बन्ने गरेको छन् । चालु आर्थिक बर्षमा मात्रै १२ हजार ५ सय ९४ वटा सवारी चालकलाई कार्वाहि गरिएको बताईएको छ । गत आर्थिक बर्षको कार्वाहि संख्या भन्दा झन्डै १० हजार बढी हो । गत आर्थिक बर्षमा २ हजार २ सय ७१ सवारी चालकलाई कार्वाहि गरिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यँलय सुर्खेतले बुधबार पत्रकार सम्मेलन गरी ट्राफिक प्रहरीको गतिविधि, कार्वाहि, राजश्व, सवारी दुर्घटनाका बारेमा जानकारी गराईएको थियो । सवारी चेकजा“च तथा कार्वाहिमा तिव्रता दिएपछि राजश्व संकलनमा समेत उल्लेख्य बृद्धि भएको छ ।
गत आर्थिक बर्षमा २ हजार २ सय ७१ सवारी चालकलाई कार्वँहि गरी २ लाख १० हजार ९ सय राजश्व संकलन भएको जनाईएको छ । चालु आर्थिक बर्षमा भने १२ हजार ५ सय ९४ सवारी चालकलाई कार्वाहि गरी १३ लाख ६५ हजार ५ सय ७५ रुपैया“ राजश्व संकलन भएको जनाईएको छ । पौषदेखि बैशाख सम्म चार महिनामा मात्रै १० हजार ३ सय ८४ सवारी चालक कार्वाहि गरी ११ लाख १७ हजार ५ सय रुपैया“ राजश्व संकलन भएको जनाईएको छ ।
त्यसैगरी सवारी दुर्घटनातर्पm गत आर्थिक बर्षमा ७० वटा सवारी दुर्घटनामा परी १९ जनाको मृत्यु भएको थियो । चालु आर्थिक बर्षमा ५३ वटा सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु हुनुका साथै ७७ जना घाईते भएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक सापकोटाले जानकारी दिए । वीरेन्दं्रनगरका यरीचोक, घण्टाघर चोक, नेताचोक सवारी दुर्घटनाबढी हुने स्थान भएको जनाइएको छ । 
आफ्नो कार्यकालमा सक्रियता पूवर्क काम गरेको प्रहरी निरीक्षक सापकोटाले बताए । उनले भने ‘मेरो कार्यकालमा ट्राफिक प्रहरीका लागि पर्याप्त सामाग्री समेत व्यवस्था गरेको छु ।’ जिल्लास्थित विभिन्न उद्योगी, व्यवसायीहरुसंग समन्वय गरी ज्याकेट, दुई वटा साईकल, विभिन्न १६ वटा स्थानमा ट्राफिक सचेतना बोर्ड, मंगलगडी चोकमा ट्राफिक बिट स्थापना गरिएको जनाईएको छ । त्यसैगरी फ्रिज, बन्च, टेबुल, कुर्ची, ट्राफिक सचेतना पर्चा, पम्पलेट तयार गरिएको समेत प्रहरी निरिक्षक सापकोटाले बताए । 
ट्राफिक प्रहरीले सुर्खेत–जुम्ला सडक खण्डलाई मध्यनजर गरी पश्चिम बड्डीचौरमा प्रहरी सहायक निरिक्षक कुलबहादुर रानाभाटको नेतृत्वमा ट्राफिक विट स्थापना गर्ने तयारी भएको बताईएको छ । सर्लाहीबाट सुर्खेत आएका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक सापकोटाले आफ्नो चार महिने कार्यकालमा उल्लेख्य काम गरेको दावि गरेका छन् ।
कार्वाहि, राजश्व, दुर्घटना विवरण
आ.व. २०६६÷०६७ आ.व. २०६७÷०६८ आ.व. २०६८÷०६९
कार्वाहि संख्या २,६०० २,२७१ १२,५९४
राजश्व संकलन १,४०८००।– २,१०,९००।– १३,६५,५७५।–
सवारी दुर्घटना ६१ वटा ७० वटा ५३ वटा
मृत्यु २० जना १९ जना १५ जना

Tuesday, May 15, 2012


जातिय संघीयतामा मिनि जनमत संग्रह
हिमा उपाध्याय
सुर्खेत, २ जेठ ।
संयुक्त संघर्ष समिति सुर्खेतले मंगलबार वीरेन्द्रनगरमा नमूना मिनि जनमत संग्रह गरेको छ । जातिय आधारमा संघीयतामा जान हुन्छ वा हु“दैन भन्ने विषयमा जनमत बुझने उद्देश्यले नमूना जनमत गरिएको हो । ब्राहमण, क्षत्री, दलित, दशनामी लगायतको संयक्त संघर्ष समितीले उक्त कार्यक्रम गरेको हो । वर्तमान परिवेशमा नेपालमा जातीय राज्य चाहिन्छ वा चाहिदैन भन्ने विषयमा नमूना जनमत संग्रह गरेको छ । 
सुर्खेत उपत्यका विभिन्न आठ स्थानमा मत संकलनका लागि मत पेटीका राखिएको थियो । वीरेन्द्र चौक, मंगलगढी चौक, ऐरी चौक (बौद्धचोक), कालुङचौक, घण्टाघर चौक, बाङ्गेसीमल चौक, एयरपोर्टचौक, धुलियाविट चौक, लगायतका स्थानहरुमा मतदान गरिएको हो । 
जनमत संग्रह विहान दश वजे देखि वेलुका चार वजे सम्म गरिएको थियो । संघर्ष समिति केन्द्रिय कार्यसमिति काठमाण्डौंको पे्रषित पत्र अनुसार  जनमत संग्रह गरेको संघर्ष समिति सुर्खेतले बताएको छ । संघर्ष समितिले यस अघि जातीय आधारमा राज्य पूनर्संरचना गरिएमा देश विखण्डन हुने भन्दै बन्द लगायतका दविभिन्न संघर्षका कार्यक्रमहरु गर्दै आएको थियो । समितिले बैशाख २९ र ३० गते बन्द आव्हान गरेका थियोे । आठ स्थानबाट संकलन गरिएको मत सर्वेक्षणमा धेरैले जातिय आधार संघियतामा जान नहुने मत जाहेर गरेका छन् ।
आठ स्थानबाट संकलन गरिएको मत परिणाम नेपाल पत्रकार महासंघ शाखा सुर्खेतमा गणना गरिएको थियो । पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष दुर्गा थापालाई निर्वाचन अधिकृत तोकिएको थियो । संयुक्त संघर्ष समितिले गरेको मत सर्वेक्षणमा कुल चार हजार एक सय ४६ मत खसेको थियो ।
जातिय आधारमा संघियता चाहिन्छ भन्दै २ सय ९४ मतखसेको र जातिय आधारमा संघियता चाहि“दैन भन्दै ३ हजार ८ सय ३४ मत खसेको र  १८ मत बदर भएको निर्वाचन मण्डलले जानकारी दिएको छ । जातिय आधारमा संघियता आवश्यक नभएको धेरैको मत रहेको आयोजकले जनाएका छन् ।
मतपरिणाम घोषणा कार्यक्रममा बोल्दै क्षत्री समाजका केन्द्रीय सदस्य प्रेमप्रकाश खड्काले जातिय आधारमा संघियतामा जान नहुने बताए । उनले भने ‘जातियताले देश कम्जोर हुन्छ । बाहय शक्तिले हस्तक्षप गर्छ त्यसैले जातिय संघियता देशका लागि उपयुक्त छैन् ।’ संघर्ष समितिका संयोजक ललित भट्टराईको अध्यक्षतामा मतपरिणाम सार्वजनिक कार्यक्रम सम्पन्न भएको थियो ।
संयुक्त संघर्ष समिति सुर्खेतले बुधबार अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । (क्षत्री, ब्राहमण, दशनामी, ठकुरी र दलित) जातिलार्य आदिवासीमा सूचीकृत गर्ने र जातिय राज्य बनाईनुहु“दैन । जिल्ला स्थित सम्पूर्ण अधिकारकर्मी, राजनीतिक दलका प्रमुख तथा प्रतिनीधिहरु सहभागिताका लागि अनुरोध गरिनेछ ।

Monday, May 14, 2012


कर्णालीमै महासंघको पहिलो भवन बन्ने
देउलासिंह ठकुरी 
कालीकोट १ जेठ । 
नेपाल पत्रकार महासंघ कालीकोट शाखाको भवन सोमवार शिलन्यास गरिएको छ । बिकट कर्णाली अञ्चलमै पहिलो भवनको रुपमा निमार्ण हुन् लागेको भवनको शिलन्यास महासंघ केन्द्रीय सदस्य एवंम मध्यपश्चिमाञ्चल संयोजक सुर्यमणी गौतमले गरेका हुन् । 
जिल्ला विकास समितिको कालीकोटको पा“च लाख अनुदानमा कालीकोट शाखाले निर्माण कार्य सुरुवात गरेको छ । शिलान्यास कार्यक्रममा महासंघ केन्द्रीय सदस्य गौतमले कर्णाली अञ्चलमै पहिलो भवन वनाउने अभियान यस शाखाले थालेकोमा धन्यवाद दि“दै भवन निर्माणमा लाग्ने थप रकमको लागि केन्द्र तथा विभिन्न निकायमा पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संयोजक गौतमले पत्रकार शिसाको घरभित्र वसेका हुनाले सवैका समस्याहरु उजागर गर्ने वताए । साथै उनले पत्रकारहरु साझ भएकाले आफ्नो सामाजिक उत्तरदायित्व बिर्सन नहुने समेत धारणा राखे । महासघं कालीकोटका अध्यक्ष कालीवहादुर मल्लको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगतवहादुर बस्नेत, एनेकपा माओवादीका कर्ण भण्डारी, कांग्रेसका अम्मवहादुर शाही र एमालेका तुलाराज बिष्टले पत्रकार राज्यका चौथो अंग भएकाले उनीहरुले थालेका अभियानमा सवैले साथ दिनुपर्ने कुरा राखे । 
साथै उनीहरुले महासंघको भवन निमार्णका लागि आवश्यक रकम उपलब्ध गराउने पहल गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।  जिल्ला स्थित राजनीतिक दल, सरकारी एवंम गैरसरकारी कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख , पत्रकारहरुको सहभगिता रहेको कार्यक्रममा शाखाका उपाध्यक्ष देउलासिंह ठकुरीले स्वागत मन्तव्य राखेका थिए  । 

पुल निर्माणमा ढिलाई, 
समन्वयनै छैन् ः शान्ति समिति
दीपक बुढा÷हिमा उपाध्याय
सुर्खेत, १ जेठ । 
धलियाविट–भेडाबारी सडक खण्डमा निर्माणाधिन दुई वटा बेलिव्रिज पुल निर्माणमा ढिलाई हुने भएको छ । ठेकेदार कम्पनी मार्फत सडक निर्माणको जिम्मेवारी पाएको सडक डिभिजन कार्यालयको बेवास्ताका कारण पुल निर्माणमा ढिलाई हुने भएको हो ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा दुई वटा चालु आर्थिक बर्षभित्र निर्माण गरी सक्नेगरी सम्झौता भएको थियो । डिभिजन कार्यालय प्रमुख सुर्यबहादुर भाट अधिकांश सयम राजधानीमै विताउने भएकाले पुल निर्माणमा ढिलाई भएको हो ।
कनकाई–मल्ल–जे.भि निर्माण कम्पनीले झुप्रा खोलामा र चिङगाड खोलामा दुई वटा पुल २०६९ जेठ १५ गतेभित्र निर्माण गरिसक्ने सम्झौता गरेको थियो ।  कार्यप्रगतिका विषयमा स्थानीय शान्ति समिति सुर्खेतको अगुवाईमा अनुगमन गरिएको छ ।  समितिका पदाधिकारी, संचारकर्मी सहितको टोलीले स्थलगत अवलोकन गरेको छ । झुप्रा र चिङगाड खोलामा चालु आर्थिक बर्षभित्र दुई वटा पुल निर्माणाधिन अवस्थामा रहेका छन् । अनुगमनका क्रममा डिभिजन कार्यालयको लापर्वाहिका कारण पुल निर्माणमा ढिलासुस्ती भएको स्थानीयबासीन्दाले बताएका छन् ।
२०६९ जेठ १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी कनकाई–मल्ल–जे.भि. निर्माण कम्पनीले जिम्मेवारी लिएका थिए । हाल सम्म ५० प्रतिशत मात्रै काम सकिएको र सम्झौता अनुसार काम पुरा नहुने निर्माण कम्पनीका प्रतिनीधि दुर्गा नगालले बताए । 
झुप्रा खोला पुलका लागि १ करोड ९७ लाख र चिङगाड खोलाको पुल निर्माणमा ३ करोड ७५ लाख बजेटमा ठेक्का स्वीकृत भएको छ । सडक डिभिन कार्यालय सुर्खेतले शान्ति समितिसंग कुनैपनि समन्वय नगरी काममा लापर्वाहि गरेको बताईएको छ ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा शान्ति समिति सचिवालय सदस्य धुर्वकुमार शाहीले डिभिजन कार्यालय प्रमुखको बेवास्ताका कारण निर्माण कार्यमा ढिलाई भईरहेको बताए । उनले भने –‘कार्यालय प्रमुख सुर्खेत वस्नुपर्नेमा अधिकांश समय राजधानी जान्छन् । शान्ति मन्त्रालयबाट आएको बजेटमा स्थानीय शान्ति समितिसंग कुनै समन्वय छैन् ।’
स्थानीय शान्ति समितिले जिल्लामा मासिक रुपमा समन्वय बैठकमा खवर गर्दा समेत कार्यालयको तर्फबाट कोही पनि हाल सम्म उपस्थित नभएको बताए । त्यसैगरी नेपाली कांग्रेसका नेता तथा शान्ति समितिका सचिवालय सदस्य अनन्त पौडेलले सडक डिभिजन प्रमुखले शान्ति समितिलाईनै वाईपास गरेको बताए ।
‘समन्वय र अनुगमनको जिम्मेवारी शान्ति समितिलाई छ तर डिभिजन कार्यालय प्रमुख भने आफूखुशी काम गरिरहेका छन् । सचिवालय सदस्य पौडेलले भने–‘जिल्लाको विकास निर्माणमा खेलबाड भैरहेको छ ।’ सोही सम्बन्धमा सडक डिभिजन कार्यालय प्रमुख सुर्यबहादुर भाटलाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । 
सम्झौता मितिभित्र पुल निर्माण हुने निश्चित नभएपछि त्यस क्षेत्रका स्थानीयबासीन्दाहरु आक्रोशित बनेका छन् । सुर्खेत क्षेत्र नं. १ र २ का धेरै गाविसका हजारौं स्थानीयबासीन्दाहरुको आवत जावतमा समस्या हुने भएको छ । उक्त आयोजनाको अनुगमन तथा समन्वयको जिम्मेवारी स्थानीय शान्ति समितिलाई दिएको भएपनि सडक डिभिजनले वेवास्ता गरेको शान्ति समितिका संयोजक मोहन थापाले बताए ।

हिरासतमा रहेका थुनुवाको मृत्यु, 
अधिकारकर्मीले छानविन गर्ने
सुर्खेत, १ जेठ । 
बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको ज्यान गएको छ । जवरजस्ती करणीको आरोपमा बैसाख १४ गते प्रक्राउ परेका वीरेन्द्रनगर–१२ नेवारेका राजकुमार गन्द्रमाको ज्यान गएको हो । आइतबार राती एक्कासी बिरामी परेका गन्द्रमालाई उपचारका लागि क्षेत्रीय अस्पताल लगेपछि अस्पतामै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 
प्रहरीले दमका बिरामी समेत रहेका गन्द्रमालाई अप्ठेरो भएपछि अस्पताल भर्ना गरिएको र अस्पतालमै ज्यान गएको बताएको छ । तर गन्द्रमालाई आफन्त नन्दबहादुर सारुलगायतले कुटपिट गरेको र प्रहरीलाई पक्राउ गर्न लगाएको आरोप उनीहरुले लगाएका छन् । 
दाजुलाई पक्राउ गरेको भोलिपल्टमात्रै प्रहरीले पक्राउ गरेको थाहा भएको मृतक गन्द्रमा भाई धनबहादुर गन्द्रमाले बताए । उनले प्रहरीले भेट गर्नपनि नदिएको जनाए । दाजु विरामी हु“दा कुनै खबर नगरेको प्रहरीले मृत्यु भइसकेपछि पनि विरामी भेट्न जाउ“ भनेर ढा“टेको धनबहादुरको भनाई छ  । 
भाई धनबहादुर आफ्नो दाजुलाई विना आरोपमा जबर्जस्ती करणीको अभियोग लगाइएको आरोप पनि लगाएको बताईएको छ । भारतबाट गत बैशाख १० गते घर आएका राजकुमार ज्याला मजदुर गर्दै परिवार पाल्दै आएका थिए । पक्राउ गर्न लगाउने नन्दबहादुर सारुले बेस्सरी कुटेको र प्रहरीले पनि अनुसन्धानका क्रममा कुटेपछि दाजुको मृत्यु भएको उनको आरोप छ । 
मृतक गन्द्रमा पत्नि लिला गन्द्रमाले पनि कुटपिटकै कारण आफ्नो पतिको मृत्यु भएको दावी गरिन । प्रहरीले तनावको रोग लागेको भनेतापनि राजकुमारलाई कहिल्यैपनि त्यस्तो रोग नभएको उनले बताईन । प्रहरीले पक्राउ गरेर हिरासतमा ल्याएको र बैशाख २२ गते भेट्न आउ“दा प्रहरीले भेट्न नदिएको उनको भनाइ छ । विरामी हु“दापनि प्रहरीले खबर नगरेको बताउ“दै उनले मृत्यु भएपछि मात्रै खबर गरेको बताईन । 
नन्दबहादुर सारुले राजकुमारलाई गांउकै एक युवतीलाई जबर्जस्ती करणीको आरोप लगाई कुटपिट गरेको, कपाल चारपाटे मुडेको, जुत्ताको माला लगाएको हु“दा उसलाई कारबाही नगर्दासम्म शव नउठाउने मृतककी श्रीमति लिला को भनाई छ । घटनाको छानविन नभएसम्म र नन्दबहादुरलाई कारबाही नभएसम्म शव नउठाउने बताउ“दै उनले यसमा प्रहरी पनि दोषी भएको उल्लेख गरिन । नन्दबहादुर र राजकुमार आफन्त पर्दछन् । 

जबर्जस्ती करणीको आरोपपनि गलत भएको आफन्तहरुले जनाएका छन् । व्यक्तिगत रिसीवीलाई जबर्जस्ती करणीको आरोप लगाइएको बताउ“दै उनीहरुले नन्दबहादुरलाई कारबाही गर्न माग गरेका छन् । व्यक्तिगत रिसीवि सा“धेर राजकुमारलाई कुटपिट गरेको स्थानीय जमुना मन्दिरले बताइन । पारिवारिक रिसिवीले गर्दा जबर्जस्ती करणीको आरोप लगाई कुटपिट गरेको र प्रहरीलाई पक्राउ गर्न लगाउने नन्दबहादुरलाई कारबाही हुनुपर्ने माग अन्य आफन्तहरुको रहेको छ । क्षेत्रीय अस्पतालले भने अहिलेसम्म पोष्टमार्टम नभइसकेकाले ज्यान जानुको कारण भन्न नसकिने बताएको छ । गन्द्रमाको मुखबाट फिंज निस्किएको बताइएको छ । उपचार गर्दासम्म आफन्तलाई खबर नगरेको र मृत्यु भएपछि मात्रै राती साढे १२ बजे खबर गरिएकोमा आफ्न्तजनहरुले आक्रोशित बनेका छन् । 
छानविन गर्न समिति
घटनापछि जिल्ला स्थित मानव अधिकारबादी संघ संस्थाका प्रतिनीधिहरुले घटनाको स्वतन्त्र छानविन गर्ने भएका छन् । मानवअधिकारकर्मीहरुले घटनामा प्रहरीको चरम लापरबाही भएको ठहर गरेका छन् । मानवअधिकार तथा शान्ति समाज, इन्सेक, मानवअधिकार एलाइन्स, पुनरावेदन वार, जिल्ला वार, महिला मानवअधिकार रक्षक संजाल, मानवअधिकार संगठन, मानवअधिकार तथा जनउत्थान केन्द्र, ल्याक र एड्भोकेसी फोरमले संयुक्त विज्ञप्ति प्रकाशित गरी हिरासतमा अभियुक्तसंग परिवारलाई भेट्न नदिइएको, विरामी भएको बेला परिवारलाई जानकारी नगराएकोले प्रहरीको चरम लापरबाही भएको आरोप लगाइएको छ । साथै घटनाको सत्यतथ्य छानविन गर्न माग गरी पीडित पक्षलाई उचित क्षतिपूर्ति र राहत दिनपनि माग गरिएको छ । 
यस्तै उक्त घटनाको छाननिव गर्न मानवअधिकार तथा शान्ति समाजका अध्यक्ष पार्वती गिरीको संयोजकत्वमा ५  सदस्यीय छानविन टोली गठन गरिएको छ । समितिमा इन्सेकका दुर्गा थापा, टिकाराम आचार्य,  सुशील शर्मा, नरेशसिंह थापा र दुर्गा सापकोटा रहेका छन् । समितिले ५ दिनभित्र छानविन गरी प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ ।

Sunday, May 13, 2012


कुहिएको चामलबारे छानवीन शुरु,
रामकुमार शाही
 २९  वैशाख, जाजरकोट । 
       नेपाल खाद्य सस्थान अञ्चल कार्यालय नेपालञ्जले जाजरकोटका लागि पठाएकोे चामल कुहिएको सार्वजनिक भएपछि छानविनका लागी संस्थानको केन्द्रिय कार्यालय काठमान्डौबाट एक टोली जाजरकोट आईपुगेको छ । खाद्य संस्थानको गुणस्तर नियन्त्रण ईकाइ प्रमुख नवराज उपाध्याय र बरिष्ठ गुणनियन्त्रण अधिकृत कमल श्रेष्ठ शुक्रवार चामलको नमुना परिक्षणका लागी जाजरकोट आईपुगेका हुन ।
खाद्य संस्थानले जाजरकोटमा कुहिएको चामल पठायो भन्ने समाचार सार्वजनिक भएपछि सत्यतथ्य पत्ता लगाउन छानवीन टोली जाजरकोट आएको हो । टोलीले चामलको नमुना समेत संकलन गरेको छ । ‘अञ्चल कार्यालय नेपालगञ्चले पठाएको २ सय ३० क्वीन्टल चामल सवै सडेको अवस्थामा पाईयो गुणस्तर नियन्त्रण ईकाइ प्रमुख नवराज उपाध्यायले भने –चामल खानै नमिल्ने गरी सडेको पाईयो यस्तो चामल पठाउनुपर्ने चामल होईन ।’ अञ्चल कार्यालयको गल्तीले उक्त कार्य भएकाले चामलको ल्याव परीक्षण गर्ने र नेपालगञ्ज अञ्चल कार्यालयको गोदामको समेत निरीक्षण गरिने उनले बताए । कुहिएको चामल पठाउने कार्यमा संलग्न जो सुकैलाई कडा कारवाही हुने प्रमुख उपाध्यायले बताए । उनले उक्त चामल विक्रि वितरणमा समेत रोक लगाईएको बताए । उनले भने–‘उपभोक्ताको स्वास्थ्य प्रति हामी गंभिर छौ कसैले पनि खेलवाड गर्न मिल्दैन ।’  तीन वर्ष अघि प्याकि¨ गरेर पठाइएको चामल कुहेको भन्दै जिल्ला खाद्य व्यवस्था समितिको हालै वसेको वैठकले समेत चामल फिर्ता गर्ने निर्णय गरेको थियो ।
सस्थानले चालु आवको स्वीकृत कोटा अनुसार कुमाखीमाई ढुवानी सेवाका प्रोपराईटर टीकाराम वली मार्फत पठाएको चामल कुहिएको भन्दै स्थानीयले  विरोध जनाएका थिए ।  वोरा फुटेर वाहिर पोखिएका चामल  गनाउन थालेपछि कुहेको चामल पठाएको रहस्य खुलेको थियो  । तीन चार वर्ष अघि प्याकिंग गरेका चामल नेपालगन्ज स्थित सस्थानको क्षेत्रिय कार्यालयले  कतै काम नलाग्ने भएपछि जाजरकोट पठाएको  वताइएको छ ।                
जिल्लामा कुहेको चामल पुगेपछि  उपभोक्ता हित संरक्षण मन्च जाजरकोटले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको थियो ।  स्थानीयको उजुरीका आधारमा छानवीन गरि पुरै चामल फिर्ता गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले वताए । उनले  भने–‘कुनै पनि काममा प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको  चामललाइ  जतावाट आएको हो उतै फर्काउने निर्णय गरिएको छ ।’ यता खाद्य संस्थान जाजरकोटका निमित्त कार्यालय प्रमुख रामप्रसाद पौडेलले कुहिएको चामल कार्यालयले नबुझेको र चलानी पनि नदिएको बताए ।
  दुई बर्ष अघि विश्व खाद्य कार्यक्रमको कुहिएको चामलका कारण जाजरकोटमा झाडापखाला फैलिएको थियो ।

भदौदेखि विद्यालयमा तालाबन्दी, प्र.अ. सदरमुकाम
हिमा उपाध्याय
सुर्खेत, बैशाख ३० ।
पश्चिम लगामको नेपाल राष्ट्रिय उच्च माध्यामिक विद्यालयमा २०६८ भदौंदेखि विद्यालयमा तालाबन्दी भएको थियो । विद्यालय शिक्षक नियुक्ति, विद्यालय आयव्यय, पठन पाठनमा अनियमितता भएको भन्दै विद्यार्थी र अभिभावकले विद्यालयमा तालाबन्दी गरेका थिए ।
लामो समय सम्मपनि विद्यालय प्रशासनले विद्यार्थी, अभिभावकका मागका सम्बन्धमा चासो नदेखाउ“दा विद्यालयमा लगाईएको ताला खुलेको छैन् भने बार्षिक परीक्षाको नतिजा समेत प्रकाशित नहु“दा विद्यार्थीहरु अन्यौलमा परेका छन् । विद्यालयका प्रद्यानाध्यापक नरबहादुर वान्तोला अधिकांश समय सदरमुकाम वीरेन्द्रनगरमा हुने गरेका छन् । 
समयमै परिक्षाफल प्रकाशित नगरेको भन्दै जिल्ला शिक्षा कार्यालय सुर्खेतले प्रद्यानाध्यापक वान्तोलासंग स्पष्टिकरण माग गरिएको थियो । स्पष्टिकरण दिन आएका प्र.अ. वान्तोला एक हप्तादेखि वीरेन्द्रनगरमै छन् तर उनलाई विद्यालयमा छलफल गराई समस्या समाधान गर्ने तर्फ कुनै चासो छैन् ।
‘विद्यालयको समस्याका बारेमा विद्यालय प्रशासन गम्भिर छैन् । लामो समयदेखि विद्यालय बन्द छ विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ’ एक अभिभावकले भने ‘प्र.अ. भने अधिकांस समय सदरमुकामतिरै हुन्छन् ।’ जिल्ला शिक्षा कार्यालय सुर्खेतले उपसचिव भक्तबहादुर खड्काको संयोजकत्वमा छानविन गठन गरेको छ ।
विद्यालयको पढाई नभएको, शिक्षक नियुक्ति, आर्थिक हिनामिनाका विषयमा विवाद उत्पन्न भएकाले १५ दिनभित्र छानविन गरी प्रतिवेदन तयार गर्ने जिम्मेवारी तोकिएको छ । समिति गठन भएको करिव दुई हप्ता वितिसक्दा पनि समितिको औपाचारीक बैठक बाहेक अन्य केहि काम हुन सकेको छैन् ।
छानविन समितिका संयोजक खडकाले भने ‘समितिका साथीहरु दुई पटक बैठक बसिसकेका छौं । स्थानीय स्तरमा पुगेर छानविन गर्ने जिम्मेवारी छ तर हामी जान सकेका छैनौं’ उनले भने ‘स्थानीय स्तरमा शिक्षकका संघ संगठनहरु मार्फत विद्यालय खुलाउने पहल भैरहेको छ ।’
छानविन समितिमा नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतका अध्यक्ष शिवप्रसाद उपाध्याय, नेपाल शिक्षक संघका अध्यक्ष पदमप्रसाद गौली, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रघुविर वि.क., लेखापाल तिलक सोमै र विद्यालय निरिक्षक नरेश भट्टराई सहित रहेका छन् ।
विद्यालयमा तालाबन्दी भएपछि लामो समय सम्म विद्यालयका पठन पाठन समेत प्रभावित भएको थियो । विद्यालयको विवाद बढ्दै जान थालेपछि शिक्षकहरु समेत विद्यालयमा देखापर्न छोडेको जनाईएको छ ।  चैत्र महिनाको मसान्त भित्र बार्षिक परीक्षाफल प्रकाशित र बैशाख पहिलो सातादेखि विद्यार्थी भर्ना अभियान संचालन गर्ने गरिन्छ तर भर्ना अभियान चलिसक्दा पनि विद्यार्थीहरुले नतिजा पाउन सकेका छैनन् । नया“ विद्यार्थी भर्ना समेत प्रभावित भएको छ । 
विद्यालयमा उत्पन्न विवादका कारण विद्यालय प्रशासनमा तालाबन्दी गरिएको छ । तालाबन्दी भएको भन्दै विद्यालय प्रशासनले बार्षिक परीक्षाको परिक्षाफल प्रकाशित गरेको छैन् । बार्षिक परिक्षाको परिक्षाफल प्रकाशित नहु“दा विद्यार्थीहरु अन्यौलमा परेका छन् । विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापकको लापर्वाहिका कारण विद्यार्थीको भविष्य अन्यौलमा परेको छ ।
विद्यालयका प्रधानाध्यापक नरबहादुर वान्तोलाले शिक्षकहरुले मूल्याङ्न रिर्पोट नदिएको र प्रशासनमा तालाबन्दी भएकाले परिक्षाफल प्रकाशित गर्न समस्या भएको बताए । उनका अनुसार कक्षा–१,२,३ र ८ को मात्रै परीक्षाफल प्रकाशित गरिएको छ । कक्षा–१ देखि १० सम्म मावि तहमा पा“च सयबढी विद्यार्थीहरु अन्यौलमा परेका छन् । विद्यार्थी र अभिभावकले विद्यालयको आय व्यय विवरण सार्वजनिक गर्नुपर्ने, शिक्षक नियुक्तिमा पारदर्शिता अपनाउनुपर्ने माग, प्रधानाध्यापक र विव्यसले गरेका गलत निर्णय सच्च्याईनुपर्ने माग राख्दै तालबन्दी गरिएको हो । 
विद्यालयको समस्या समाधान गरी ताला खोल्न शुक्रबार सर्वदलिय, सर्वपक्षिय भेला राखेपनि कुनै निस्कर्षमा नपुगेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष मायाराम जैसीले बताए । ३ बर्षदेखि विद्यालयको आय व्यय सार्वजनिक गरिएको छैन् । सोही विद्यालयमा प्राचार्य नरबहादुर वान्तोला र उनका नातेदार पर्न मिनबहादुर वान्तोला, डम्मर वान्तोला, लालबहादुर वान्तोला, नवल वान्तोला, भिष्म वान्तोला, हिरासिं वान्तोला, नगेन्द्रबहादुर वान्तोला, दिपक वान्तोला, आशाराम वान्तोला, रुद्र जैशी, टोपबहादुर वान्तोला, राजेन्द्र वान्तोला, गोपाल वान्तोला, हेमेन्द्र वान्तोला सहितको समूहले अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुमाथी आक्रमण गरेको जनाईएको छ ।
उच्च माविका विद्यार्थीहरुमाथी आक्रमण हुन थालेपछि विद्यार्थीहरु सुरक्षाको माग गर्दै सदरमुकाम आएका थिए । नेपाली कांग्रेस निकटका युवाहरुले एकाएक विद्यार्थीमाथी कुटपिट गर्नुका साथै छात्राहरुमाथी दुव्र्यवहार गर्नथालेपछि उनीहरु सुरक्षाको माग गर्दै सदरमुकाम आएका थिए । 
फागुन–२४ गते राती नेपाली कांगे्रस निकटका हर्कहादुर वान्तोला, रमेश बुढा सहितको युवाहरुले छात्रावासमा रहेका छात्राहरुमाथी दुव्र्यवहार गरेका थिए । दुव्र्यवहार गर्नआएका युवाहरुबाट उम्किन सफल छात्राहरुको विषयमा कुरा उठेपछि विद्यार्थी र ती युवाहरुवीचमा विवाद बढेको थियो । छात्राहरुले उक्त घटनाका विषयमा फागुन २५ गते विद्यालय प्रशासनमा निवेदन दर्ता गरेका थिए । निवेदनको वेवास्था गरेपछि विद्यार्थीहरु आक्रोषित बने । आक्रोषित विद्यार्थीले विद्यालयमा समेत तालाबन्दी गरेका थिए  ।

Thursday, May 10, 2012


मेहलकुना अस्पतालमा जनशक्ति अभाव
भिमप्रसाद पौडेल
मैनतडा(सुर्खेत), २८ बैशाख
मेहलकुना प्राथमिक स्वास्थ्य केन्द्रलाई क्षेत्र स्तरीय अस्पताल बनाउने घोषणा गरिपनि जनशक्तिको अभावमा प्रभावकारी सेवा उपलब्ध गराउन सकेको छैन् । दरबन्दी अनुसारको दक्ष जनशक्ति पदपूर्ति नहु“दा अस्पतालले प्रर्याप्त सेवा दिन नसकेको हो । सरकारले चालु आर्थिक बर्षको कार्यक्रम मार्फत प्रत्येक विकास क्षेत्रमा एउटा क्षेत्र स्तरीय अस्पतालको रुपमा सेवा विस्तार गर्ने घोषणा गरेको थियो ।
ओपिडि, जनरल, एम्बुलेन्स, २४ घण्टानै इमरजेन्सी, पोष्टमाटम, भिडियो तथा सादा एक्सरे लगायतको सेवा मेहलकुना अस्पतालबाट उपलब्ध गराउने घोषणा गरिएपनि कार्यान्वयन हुन सकेको छैन् । जनशक्तिको अभावमा सामान्य प्रसुती सेवा बाहेक अन्य कुनैपनि सेवा उपलब्ध नभएको स्थानीयबासीन्दाको भनाई छ ।
एम.डि एक, एम.वि.वि.एस दुई, एच.ए, अनमी, स्टार्फ नर्स, रेडियोग्राफि, लेखापाल, अहेव, खरिदार सहित २७ जनाको दरबन्दी रहेको छ । दरबन्दी अनुसार २० जना स्वास्थ्यकर्मी अस्पातालमा नरहेको अस्पतालको सम्पूर्ण जिम्मेवारी सम्हालेकि स्टाफ नर्स विष्णु गुरुङले बताईन ।
‘दैनिक एक सयभन्दाबढी विरामी उपचार गर्न आउ“छन् तर हामीसंग सिनियर डाक्टर सहित धेरै स्वास्थ्यकर्मी नहु“दा सेवा उपलब्ध गराउन सकिएको छैन् ।’ स्टार्फ नर्स गुरुङले भनिन ‘अस्पताल हाताभित्र सफा खानेपानीको पनि अभाव रहेको छ ।’ महिनामा ३० देखि ४० जना सम्म गर्भवती महिलाहरु प्रसुती हुन आउने गरेको भएपनि स्वास्थ्यकर्मी नहु“दा जटिल केस वीरेन्द्रनगर पठाउने गरेको बताईएको छ ।
मेहलकुना अस्पतालका डाक्टर पदमदेव शर्मा कैलाली सरुवा भएको एक बर्षभन्दाबढी समय वितिसक्दापनि कुनै डाक्टर आएका छैनन् । प्रर्याप्त स्वास्थ्यकर्मीको अभावमा लास पोष्टमाटम, जटिल गर्भवती, एक्सरे लगायतको सेवा प्रत्यक्ष प्रभावित भएको छ । ‘सामान्य उपचार बाहेक अन्य जटिल समस्या आएमा वीरेन्द्रनगर पठाईदिन्छौं’–स्वास्थ्यकर्मी प्रदिप केसीले बताए ।
सुर्खेतका सभासद खड्गबहादुर वस्याल स्वास्थ्य राज्यमन्त्री हु“दा तत्कालिन प्राथमिक स्वास्थ्य केन्द्रका नाममा प्राप्त एक्सरे मेसिन पनि जनशक्ति अभावमा प्रयोग हुन सकेको छैन् । एक्सरेका सामाग्रिहरु एउटा बन्द कोठामा थन्काईएको छ ।
अस्पताल विकास समितिको तर्फबाट अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको भन्दै पटक–पटक सरकार प्रमुखलाई ज्ञापन बुझाउ“दा पनि कुनै वास्ता नभएको बताईएको छ । अस्पतालका सम्बन्धमा जिल्ला जनस्वास्थ्य प्रमुख मुकुन्दराज गौतमले लामो समय सम्म पदपूर्ति हुन नसकेको स्विकार गरेका छन् । दरबन्दी अनुसारको जनशक्ति ल्याउन पहल भैरहेको उनले बताए ।

Monday, May 7, 2012


सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन
व्यवसायी संघमा गैरव्यवसायीको हावी
हिमा उपाध्याय÷सुर्खेत ।
सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा व्यवसायी भन्दा गैरव्यवसायीहरुको हावि भएको छ । निर्वाचन प्रक्रियामा पूर्वराज्य व्यवस्था सभापतिदेखि स्थानीय जिल्लास्थित प्रमुख राजनीतिक दलका नेताहरु समेत संघको मतदाता रहेका छन् ।
सुर्खेत उद्योग वाणिज्य संघको नया“ कार्य समिति चयन गर्नका लागि भएको मतदानको क्रममा व्यवसायी भन्दापनि गैरव्यवसायी राजनीतिकर्मीहरु देखिएका छन् । गैरव्यवसायीका कारण निर्वाचनको मत परिणाम के हुने भन्ने विषयमा दुवै पक्षको आ–आफ्नै विश्लेषण रहेको छ । 
व्यवसायी भन्दापनि राजनीतिकर्मीका रुपमा परिचित नेपाली का“ग्रेसका नेता पूर्वराज्य व्यवस्था समितिका सदस्य हृदयराम थानी, युवा नेता टोपबहादुर रावत सहितका नेपाली का“ग्रेस र नेकपा एमालेका वालाराम शर्मा सहितका नेताहरु मतदाता रहेको जनाईएको छ । संघको निर्वाचन आफ्नो पक्षमा पार्नका लागि नेपाली का“ग्रेस र नेकपा एमाले निकटका व्यवसायीहरुले आ–आफ्ना राजनीतिकर्मीलाई समेत मतदाता बनाएका हुन् ।
वाणिज्य संघको मतदान सोमबार विहान–८ बजेदेखि ५ बजे सम्म चलेको छ । अध्यक्ष विष्णुबहादुर शाही र महासचिव पदमबहादुर शाहीको प्यानलकावीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनमा सहभागि दुवै पक्षका उम्मेदवारहरु मतदान चलिरह“दा पनि आफ्नो पक्षमा पार्न मतदाताहरुलाई फकाउनमै व्यस्त देखिन्थे । 

निर्वाचनलाई प्रभावित पार्न प्रमुख राजनीतिक दलका नेताहरु चुनावी प्रचारमा व्यस्त रहेका थिए । मतदान सुरु भएदेखि एनेकपा माओवादीका इन्चार्ज कृष्ण धमला, सेक्रेटरी सुवास मल्ल, नेपाली का“ग्रेसका सभापति तप्तबहादुर विष्ट, क्षेत्रीय कमिटी सभापति कमलराज रेग्मी, नेकपा एमालेका अध्यक्ष नवराज रावत, एमाले जिल्ला कमिटी सदस्य मोहन बडुवाल सहितका नेताहरु आ–आफ्नो पक्षमा मतदाता फकाउन व्यस्त रहेका थिए ।
व्यवसायीको निर्वाचन भन्दापनि स्थानीय निर्वाचनको झझल्को दिने गरी प्रचार प्रसार र राजनीतिक दलका नेताहरु सक्रिय भएका थिए । मतदाता ल्याउने लैजान, खाने, बस्ने सहितको सुविधा दुवै पक्षले गरेका थिए । निर्वाचनकै क्रममा दुवै पक्षले लाखौं रकम खर्च गरेको अनुमान गरिएको छ ।
अध्यक्ष विष्णुबहादुर शाही नेतृत्वको समूहले आफ्ना मतदातालाई घण्टाघर कटेज, दर्शन होटलमा राखेर खान, वस्ने व्यवस्था मिलाएका थिए भने महासचिव पदमबहादुर शाही समूहले आफ्ना मतदातालाई पञ्चकोशी होटल, श्रीस्थान होटल, भ्याली भ्यूमा राखिएको थियो । निर्वाचन सम्पन्न भएपछि अध्यक्षका प्रत्यासी दुवै पक्षले आ–आफ्नो निर्वाचनमा सहयोग गर्ने नेता कार्यकर्ताहरुलाई रात्री भोज दिएका छन् ।
निर्वाचन मण्डलका अनुसार जिल्ला विकास समिति सुर्खेतमा भएको मतदानको मतगणना पनि आज (मंगलबार) विहान सात बजेदेखि जिल्ला विकास समितिमै हुनेछ । १ हजार ८ सय २९ जना मतदाता रहेकोमा १ हजार ७ सय ७४ जनाको मात्र मत खसेको निर्वाचन अधिकारी अधिवक्ता कृष्णबहादुर हमालले जनाएका छन् । 

गैरव्यवसायीहरु ः
नेपाली का“ग्रेसका नेता तथा पूर्व राज्य व्यवस्था समितिका सभापति ः हृदयराम थानी
का“ग्रेस कोषाध्यक्ष ः गोविन्द कोइराला
का“ग्रेस क्षेत्रीय सभापति ः कमल रेग्मी
नेविसंघका ः झलक भण्डारी
तरुण दलका ः टोपबहादुर रावत
गाविस सचिव ः लालबहादुर खड्का 
एमाले राष्ट्रिय प्रतिनीधि परिषद सदस्य ः वालाराम शर्मा र बालकृष्ण वि.सी.
एमाले उपाध्यक्ष ः शिवप्रसाद उपाध्याय
एमाले क्षेत्रीय अध्यक्ष ः गणेश वली

सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा मतदान गर्दै नेपाली का“ग्रेसका नेता तथा राज्य व्यवस्था समितिका पूर्व सभापति ः हृदयराम थानी


सुर्खेतका १४ औषधी पसलको अनुगमन
अधिकांशमा म्याद नाघेका औषधी फेला
 दीपक बुढा÷सुर्खेत
औषधी व्यवस्थापन विभाग काठमाडौ र शाखा कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय सुर्खेत र राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतको संयुक्त टोलीले सोमबार सुर्खेतका १४ वटा औषधी पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाताभित्र रहेका सम्झना मेडिकल स्टोरबाट भारी मात्रामा म्याद नाघेका र फिजिसियन स्याम्पल औषधीहरु फेला परेका छन् ।
त्यस्तै कर्णाली मेडिकल हल र गौरी मेडिकल हलबाट औषधी व्यवस्थापन विभागमा दर्ता नभएका यौन वद्र्धक औषधीहरु फेला परेका छन् । यसैगरी बुलबुले स्वास्थ्य क्लिनिक, भेरी कर्णाली मेडिकल, बोहरा मेडिकल, काँक्रेविहार मेडिकल, सिर्जना मेडिकलहरुले दर्ता विनानै प्रयोशाला सञ्चालन गरिरहेको पाइएको छ । त्यसैगरी बुलबुले स्वास्थ्य क्लिनिक, भेरी कर्णाली मेडिकल, काँक्रेविहार मेडिकल हल, बोहरा फार्मेसी, तृप्ति मेडिकल हलहरुको औषधी व्यवस्थापन विभागमा दर्ता नभएका र केहीमा अरुको नाममा दर्ता गरेर सञ्चालन गरिरहेका छन् ।
अनुगमनका क्रममा सुर्खेतमा लागु तथा मनोदीवपक  रेकर्ड नभएकाले अधिकांश पसलहरुलाई रेकर्ड राख्ने निर्देशन दिइएको छ । दर्ता नभएका औषधी पसलहरुलाई औषधी व्यवस्थापन विभाग र जिल्ला प्रशासनमा एक हप्ताभित्र दर्ता गर्न निर्देशन दिएको छ । 
त्यसै गरी गौरी मेडिकल हल वीरुेन्द्रनगर, सम्झना मेडिकल स्टोर, काँक्रेविहार मेडिकल हल, कर्णाली मेडिकल हल, भेरी कर्णाली स्वास्थ्य क्लिनिक, नवरत्न एग्राभेट, तृप्ती मेडिकल हललाई दर्ता नभएका औधषीहरुको अत्याधिक मात्रामा संचय गरेकोले थप बयानका लागि औषधी व्यवस्था विभागमा उपस्थिति हुने आग्रह गरिएको छ ।  बोहरा फार्मेसी बांगेसिमलाई सक्कल प्रमाणपत्र नराखेकाले प्रमाण पत्रसहित विभागमा उपस्थिति हुन आदेश दिइएको छ । 
अनुगमनमा विभागका औषधी निरिक्षकद्धय श्यामकुमार अधिकारी, भरत पौडेल, विभागको शाखा कार्यालय नेपालगन्जका औषधी निरिक्षक सुरज गौतम, राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष आकाशतारा बयक, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुर्खेतका अधिकृत हेमन्त कार्कीलगायतको सहभागीता रहेको थियो ।  अनुगमनमा करिब ५० हजार मुल्य बराबरको औषधी जफत गरिएको छ । औषधी व्यवस्थापन विभागमा दर्ता नभएको ६ प्रकारका, म्याद नाघेका ५ प्रकारका र फिजिसियन स्याम्पल प्रशस्त मात्रामा जफत गरिएको छ । 

Saturday, May 5, 2012


आयोजना पुरा गरी समृद्ध सुर्खेत बनाउँछु ः
सुर्खेत उद्योग वाणिज्य संघको निर्वाच यही २५ गते विहानदेखि हुँदैछ । निर्वाचनमा दुई वटा समूह सहभागि भएका छन् । प्रजातान्त्रिक पक्ष र अर्को प्रगतिशिल पक्षिय निर्वाचनमा प्यानल गराई सहभागि भएका छन् । प्रजातान्त्रिक प्यानल महासचिव पदमबहादुर शाहीको नेतृत्वमा रहेको छ भने प्रगतिशील व्यवसायीहरुको प्यानल अध्यक्ष विष्णुबहादुर शाहीको नेतृत्वमा रहेको छ । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनका विषयमा संघका अध्यक्ष तथा पुनः अध्यक्षका उमेदवार विष्णुबहादुर शाहीसंग जिल्लाको समग्र औद्योगिक विकास, पुनः अध्यक्ष पदमा दोहो¥याउनुको कारणका विषयमा गरिएको कुराकानी ः

तपाईको कार्यअनुभव के हो ?
दैलेख बाँसी–४ हाल वीरेन्द्रनगर–६, सुर्खेत मा मेरो बसोबास रहेको छ । व्यवसायको सिलसिलमा धेरै सामाजिक कार्यहरुमा सहभागि भएको छु । विभिन्न सामाजिक संघ संस्थामा नेतृत्वदायि भूमिका समेत निर्वाह गरेको छु । उज्जल बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष तीन कार्यकाल, लायन्स क्लव अफ सुर्खेतको निर्देशक, म.प. ट्रक तथा टे«क्टर व्यवसायी संघको कार्यसमिति सदस्यको रुपमा जिम्मेवारी निर्वाह गरेको अनुभव छ  । उद्योग वाणिज्य संघमा एक कार्यकाल प्रथम उपाध्यक्ष र एक कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालि सकेको छु । अव पुनः अध्यक्ष भएर मेरो कार्यकालमा बाँकी रहेका काम पुरा गर्ने लक्ष्य लिएको छु । जिल्लाको समग्र पर्यटन प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रचार प्रसारका लागि पर्यटन प्रवद्र्धन कार्यदल उपसमितिको संयोजकको जिम्मेवारी समेत निर्वाह गरिरहेको छु ।

तपाईको अध्यक्षमा उमेदवारी किन् ?
अब किन भन्दा सुर्खेतको समग्र आर्थिक, सामाजिक र पर्यटन विकासका लागि सिंगो निजी क्षेत्रलाई कसरी माथी उठाउन सकिन्छ । धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गर्नका लागि र मेरो कार्यकालमा बाँकि रहका कामहरु सिटी हल निर्माण, जडिबुटी संकलन तथा प्रशोधन केन्द्रको स्थापना, हर्रेमा प्रवेशद्धार निर्माण जस्ता विकास निर्माण कार्यहरु पुरा गर्नुछ । विकास निर्माणमा नीजि क्षेत्रको तर्फबाट विशेष गरी उद्योग वाणिज्यको अध्यक्ष भएर गर्नुपर्ने बाँकी काम पुरा गर्नका लागि मेरो उम्मेदवारी घोषणा भएको हो । 

संघको अध्यक्षमा एक कार्यकाल विताउनुभयो कस्तो रहयो ? उल्लेख्य कामहरु तपाईको कार्यकालमा के के भए ?
पहिलो कार्यकाल म सहितको उद्योग वाणिज्य संघको टिमले केही महत्वपूर्ण कामहरु गरेका हौं । सुर्खेत जिल्लामा चन्दा आतंकले सनसनी मच्चाएको अवस्थामा त्यसलाई निमूल पार्नका लागि समग्र उद्योगी व्यापारी, प्रशासनको सहयोग लिएर त्यसलाई निर्मुल पारियो । मेरो घरमा बम विस्फोटन गराउन खोज्दा पनि निडरतापूर्वक मेरै अगुवाईमा नितान्त चन्दा आतंकलाई निस्तेज पार्न सफल भयौं । सुर्खेत जिल्लामा पहिलो पटक राज्यको पहिलो राष्ट्रपतिलाई ल्याएर समग्र सुर्खेतको आर्थिक विकास गर्नका लागि राष्ट्रपतिबाट दोस्रो सुर्खेत महोत्सव उद्घाटन गराउन सफल भयौं । औद्योगिक विकास, पयर्टन विकास गर्नका लागि हामी सफल भयौं । तत्कालिन उद्योगमन्त्री र राष्ट्रपतिलाई चौकुने सिमेन्ट कारखाना, काँक्रेविहारको पुर्न निर्माण गर्न माग राखियो । तत्कालिन पर्यटनमन्त्री सदरसिं भण्डारीलाई ल्याएर उहाँलाई एयरपोर्ट विस्तारको गर्न दवाफ दियौं र सफल भयौं । एयरपोर्ट विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सुर्खेत जिल्लामा रहेका धार्मिक तथा पर्यटिकय क्षेत्रहरुको प्रचार प्रसारमा संस्थागत रुपमा पहल भएको छ । त्यसैगरी पछिल्ला दिनहरुमा पर्यटकिय विकासका लागि जाजुरा ताल, बराह ताल, सिम्तादरामा रहेको कोटको थुम्को पर्यटन प्रवद्र्धन कार्यदल मार्फत ती पर्यटकिय स्थलको बारेमा हामीले स्थलगत अवलोकन गरी, त्यो क्षेत्रका् विकास गर्नका लागि पहल अगाडी बढाएका छौं ।

वाणिज्य संघले के के काम गर्न बाँकी रहेको छ ?
उद्योग वाणिज्य संघले गर्नुपर्ने काम त धेरै बाँकि छन् तर पछि सुर्खेत जिल्ला समग्र कर्णाली अञ्चलको प्रवेशद्धार भएकाले सुर्खेतमा जडिवुटी संकलन र प्रसोधन केन्द्र स्थापना गर्न बजेट छुट्टयाएर काम भैरहेको छ । हाम्रै पहलमा ८३ लाख रकम विनियोजन भएको छ । जग्गा प्राप्त नभएकै कारण यो काम रोकिएको छ । सिटिहल निर्माणका लागि उद्योग वाणिज्य संघले दोस्रो सुर्खेत महोत्सवबाट १० लाख छुट्टयाई सकेको छ । लागत स्टिमेट, अध्ययनको काम सकिएको छ । हर्रेमा प्रवेशद्धार निर्माणका लागि ३ लाख ५६ हजार दोस्रो सुर्खेत महोत्सवबाट छुट्टयाईसकेकोे छ । त्यो काम बाँकी छ । अर्को सुर्खेत जिल्लाको समग्र कृषि क्षेत्रलार्इू विकास गर्नको लागि सुर्खेतमा कोल्ड स्टोर बनाउन आवश्यक छ । त्यसमा पनि सुर्खेत उद्योग वाणिज्य संघ र क्षेत्रीय कृषि निर्देशनालयका विचमा काम अगाडी बढेको छ । पूर्णता पाउन समय लाग्छ । सुर्खेतको साँच्चीकै आर्थिक विकास गर्न कृषिको विकास गर्न आवश्यक छ । गहुँ, धान खेती होइन की जडीबुटी, पशुपालन, फलफुलमा आँप, बेसार बालीलाई अगाडी बढाउने योजना बनाईएको छ उक्त कार्यक्रम पुरा हुन सकेको छैन् । 

उद्योग वाणिज्य संघको यस पटकको निर्वाचनमा क–कसको साथमा लडदै हुनुहुन्छ ?
समग्र २१ जनाको कार्यसमितिको नयाँ टिम र समग्र व्यवसायीहरुको साथ र सहयोगमा निर्वाचनमा सहभागि भएको छु । साथ, सहयोग र समर्थ लिएर निर्वाचनमा लड्दै छु । मेरो नेतृत्वमा भएको उद्योग वाणिज्य संघले गरेका कार्यप्रगतिको मूल्याङ्कन आम सुर्खेती व्यापारी, व्यवसायीहरुले गर्नुभएको छ ।

निर्वाचनमा सफलता पाउने सम्भावना कस्तो छ ?
सफलताको सम्भावना प्रवल रहेको छ । त्यसमा पनि मैले विगतमा गरेका कामको मुल्याङ्कन गर्दै व्यवसायीहरुले मेरो कामको मुल्याङ्कन गर्नुभएको छ । त्यसको मुल्याङ्कन गर्ने जिम्मा उद्योगी व्यवसायी साथीहरुको हो । उहाँहरुले मुल्याङकन सही गर्नुहुनेछ र मलाई अत्याधिक बहुमतले विजयी गराउनुहुनेछ भन्ने मैले विश्वास लिएको छु । मेरो फैसल ागर्ने हाम्रा व्यवसायी साथीहरुनै हुनुहुन्छ । हाम्रा साथीहरुलाई चन्दा आतंकले आक्रान्त हुनुभयो । स्वयंम मेरो घरमा पनि बम विस्फोटन गराउने  प्रयास गरियो । स्वयंम मलाई ज्यान मार्ने धम्की आए बाबजुत पनि व्यवसायीक संरक्षणका लागि स्थानीय प्रसाशन, व्यवसायीसंग मिलेर केबल नितान्त व्यवसायीक हकहितका लागि हामी लाग्यौ । अहिलेका भोट गर्ने अधिकार भनेको व्यवसायीहरुसंग छ । विगतमा गरेका कामहरुको मूल्याङकन गर्दै पुनः विजयी गराउनुहुन्छ भन्ने मैले विश्वास गरेका छु ।


साँच्चिकै व्यवसायीक हितका लागि अबको आवश्यकता के हो ?
पहिलो अवश्यकता भनेको सहमति, सहकार्य र एकता हो । यदी हामी गर्न सक्यौं भने समग्र व्यवसायीहरु एक भएर, आफने व्यक्तिगत व्यार्थ भन्दामाथी रहेर सुर्खेत जिल्लाको आर्थिक सामाजिक विकास गर्न सक्छौं ।


व्यवसायी संघमा पनि राजनीति घुसेको हो त ?
अब व्यवसायी संघमा राजनीति जुन खालको एउटा धब्बा धमिलो पनि देखिएको छ । त्यो धमिलोलाई प्रष्ट गर्नको लागि सहकार्य, सहमति र एकता जरुरी छ । त्यो मेटाउनका लागि हामी एक भएर व्यवासी एकता गरेर बढेमा सम्वत व्यवसायीक हित हुन सक्छ । एक खालको तरंग  देखिएको छ तरंग मेटाउन सहकार्य, सहमितबाट अगाडी बढेमा तरंग हटन सक्छ । 

उद्योग वाणिज्य संघको निर्वाचन
महासचिव प्यानल विवाद फस्यो
दीपक बुढा÷सुर्खेत,
सुर्खेत उद्योग वाणिज्य संघको नया“ कार्य समिति चयन गर्नका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचनमा अध्यक्ष विष्णुबहादुर शाही र महासचिव पदमबहादुर शाहीको नेतृत्वमा दुई वटा प्यनल सहितको टिम चुनावी मैदानमा उत्रिएको छ ।
अध्यक्ष विष्णुबहादुर शाही नेतृत्वको टोलीले संयुक्त व्यवसायीक प्यानलको समर्थन पाएको छ । सो प्यानललाई नेकपा एमाले, एनेकपा माओवादी, नेपाली का“ग्रेसको एउटा ठूलै समूह, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चाको साथ बटुलेर साझा उमेदवारी घोषणा गरेको छ । 
अर्को पक्षका महासचिव पदमबहादुर शाही नेतृत्वको समूहलाई नेपाली का“ग्रेसका हृदयराम थानीको सानो समूह, एनेकपा माओवादीका केही व्यापारीले साथ दिएका छन् । आफ्नै टीम मिलाउन नसकेपछि उक्त टीम विवादमा फसेको छ । आफ्नै टीमका धेरैले स्वतन्त्र उमेदवारी भन्दै सदस्यमा उमेदवारी दिएका छन् ।

महासचिव नेतृत्वको टिमलाई मिलाउन नसकेपछि बरिष्ठ उपाध्यक्षमा गणेशप्रसाद खराल र गणेशकुमार वस्नेतले एउटै टीमबाट उमेदवारी दिएका छन् । भने संयुक्त टीमबाट पूर्णचन्द्र सापकोटाले उमेदवारी दिएका छन् । त्यसैगरी दुई महिला सहित १४ सदस्यका लागि संयुक्त प्यानलले आफ्नो टिम घोषणा गरेको छ तर सहासचिव नेतृत्वको टिमले आपसी विवादका कारण खास टिम छुट्टयाउन सकेको छैन् ।
अध्यक्ष विष्णुबहादुर शाहीले आफ्नो उमेदवारी आफ्नो कार्यकालमा बा“की रहेका कामहरु पुरा गर्न पुनः अध्यक्षमा उमेदवारी दिएको बताए । सुर्खेतका जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना, सिटीहल निर्माण, कोल्र्ड स्टोर संचालन, हर्रेमा प्रवेशद्धार निर्माणको काम अपूर्ण भएकाले त्यसलाई पूर्णता दिई व्यवसायीक एकता कायम गर्न आफ्नो उमेदवारी रहेको बताए ।
बैशाख २४ गते विहानदेखि निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन मण्डलले जानकारी दिएको छ । एक हजार ९ सय बढी मतदाता रहेका छन् । सुर्खेतको पूर्वी र पश्चिमी क्षेत्रका उद्योगी, व्यापारीहरु निर्णायक मतदाता हुने जनाईएको छ ।

विष्णुबहादुर शाहीको संयुक्त प्यानल 
१ अध्यक्ष ः– विष्णुबहादुर शाही, विष्णु किराना पसल वीरेन्द्रनगर
२) वरिष्ठ उपाध्यक्ष ः– पूर्णचन्द्र सापकोटा, सापकोटा सपिङ सेन्टर वीरेन्द्रनगर
३) बाणिज्य उपाध्यक्ष ः शिवराज अधिकारी(जैसी), कोशेली जनरल स्टोर्स वीरेन्द्रनगर
४) उद्योग उपाध्यक्ष ः शिवप्रसाद रेग्मी, शिव वस्त्रालय वीरेन्द्रनगर
५) महासचिव ः धनबहादुर रावत, रावत जनरल स्टोर्स वीरेन्द्रचोक
६) सचिव ः कलाधर उपाध्याय (केदार शर्मा),सुर्खेत एग्रोभेट वीरेन्द्रनगर
७) कोषाध्यक्ष ः– मेघनाथ पाण्डे, वीरेन्द्र खाद्य स्टोर्स जुम्लारोड
८) सदस्य ः– खम्बहादुर रावत (खेमराज), न्यू रावत जनरल स्टोर्स (मेरी स्टोप)
९) सदस्य ः–  महेशराज पौडेल(बगाले), बगाले आयल स्टोर्स जुम्लारोड
१०) सदस्य ः– सुर्यबहादुर रावत, न्यू रावत कर्नर उत्तरगंगा–१
११) सदस्य ः– प्रेमबहादुर रावत, गौरीशंकर फेन्सी स्टोर्स बजार
१२) सदस्य ः– नन्दराम अघिकारी, लक्ष्मी फेन्सी स्टोर्स कुनाथरी–४ बड्डीचौर
१३) सदस्य ः ज्ञानेन्द्र वि.क.,न्यू संगम इलेक्ट्रोनिक्स तल्लोबजार
१४) सदस्य ः भिमप्रसाद पौडेल, पौडेल भाँडा पसल बजार
१५) सदस्य ः लक्ष्मण बस्नेत, लक्ष्मण रेडियो इम्पोरिम (सामसुङ्ग)
१६) सदस्य ः रमेशकुमार ढकाल, मनकामना होटल आवास क्षेत्र
१७) सदस्य ः धुर्व शर्मा,धुर्व जनरल स्टोर्स वी.न.पा.–१
१८) सदस्य ः रामबहादुर शाही, ज्वाला स्टोर्स बुद्धपथ
१९) सदस्य ः भक्तबहादुर थापा, जनक काष्ठकला उद्योग वी.न.पा.–४
महिला सदस्य ः गिता काफ्ले,सन्ध्या स्टोर्स शनिहल लाईन
महिला सदस्य ः टिकाकुमारी कंडेल,सविना जुत्ता पसल नेता चोक

पदमबहादुर शाहीको एकल प्यानल 
१) अध्यक्ष ः– पदमबहादुर शाही 
२) बरिष्ठ उपाध्यक्ष ः– गणेशप्रसाद खरेल र गणेशकुमार वस्नेत
३) उपाध्यक्ष वाणिज्य ः– जगतबहादुर खड्का
४) उपाध्यक्ष उद्योग ः– प्रकाश अधिकारी
५) कोषाध्यक्ष ः– प्रकाश उप्रेती
७) महासचिव ः– उदिराम डा“गी
(दुई जना महिला सदस्य सहित १४ जना सदस्यहरुको पदमा २२ जनाले उमेदवारी दर्ता गरेका छन् । सदस्यको अधिकारीक र स्वतन्त्र उमेदवारका बारेमा महासचिव पदमबहादुर शाहीसंग बुझदा आधिकारीक उमेदवारहरुको विवरण निकाल्न समय लाग्ने बताए)