Sunday, February 5, 2012

सुर्खेतमा युवा स्वरोजगार कार्यक्रम लागुसुर्खेतमा युवा स्वरोजगार कार्यक्रम लागु


½दीपक बुढा½ 
½सुर्खेत, २० माघ½
वेरोजगार युवाहरुलाई लक्षित गरी ल्याईएको युवा स्वरोजगार कार्यक्रम मध्यपश्चिममै पहिलो पटक सुर्खेतमा लागु भएको छ । शुक्रबार वीरेन्द्रनगरमा एक कार्यक्रमबीच युवा तथा सना व्यवसायी स्वरोजगार कोष संचालक समितिका उपाध्यक्ष प्रा.डा. पुन्यप्रसाद रेग्मीले कार्यक्रमको उदघाटन गरेका हुन् । सुर्खेतका तीन वटा सहकारी मार्फत चालु आर्थिक बर्षमा दुई सय ३० जना युवाहरुलाई स्वरोजगार बनाउनले लक्ष्य सहित कार्यक्रम सुरु भएको छ । स्थानीय सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर,  हातेमालो कृषि तथा पशुपालन सहकारी संस्था उत्तरगंगा र हिमाली बचत तथा ऋण सहकारी संस्था लाटीकोइली मार्फत सुर्खेतमा उक्त कार्यक्रम लागु हुने भएको छ । हिमाली सहकारीले एक सय पचास जना, सिद्धार्थ बहुउद्देश्य सहकारीले ३० जना, हातेमालो कृषि सहकारीले ५० जना गरी दुई सय तीस जना युवाहरुलाई दुई लाखका दरले ऋण प्रवाह गर्ने जनाईएको छ । राष्ट्रिय सहकारी बैंक मार्फत सुर्खेतका तीन वटा सहकारीले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको २०÷२० लाख गरी कुल ६० लाख रकम प्राप्त गरेका छन् । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत १८ बर्षदेखि ५० बर्ष उमेर समूहका युवाहरुलाई बार्षिक १२ प्रतिशत व्याजदरमा विना धितो ऋण प्रवाह गरिने भएको छ  । विपन्न, दलित, जनजाति, महिला, वेरोजगार युवाहरुलाई साना व्यवसायमा संलग्न गराई स्वरोजगार बनाउने उद्देश्यले   उक्त कार्यक्रम ल्याईएको हो । डा. बाबुराम भट्टराई प्रधामन्त्री हु“दा ल्याईएको उक्त कार्यक्रमका लागि देशभरीबाट सात लाख जनाले कम्प्यूटर युवा स्वरोजगार फारम भुर्नका साथै तीन लाखले अभिमुखिकरण तालिम समेत प्राप्त गरेका थिए ।  सुर्खेत जिल्लाबाट मात्रै पा“च हजार दुई सय ५४ जना युवाले आवेदन फारम भरेको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर शाहीले जानकारी दिए । सुर्खेतमा सुरु भएको युवा स्वरोजगार कार्यक्रम अन्तरगत शुक्रबार एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । गोष्ठीको बोल्दै युवा स्वरोजगार कोषका उपाध्यक्ष प्रा.डा. पुन्यप्रसाद रेग्मीले सरकारले युवा स्वरोजगार कार्यक्रमका लागि प्रत्येक बर्ष ५० हजार युवालाई स्वरोजगार बनाउने उद्देश्य सहित बार्षिक पा“च अर्व रकम विनियोजन गर्ने गरेको भएपनि त्यसको प्रयोग भने हुन नसकेको बताए । ‘कार्यक्रम सुरु भएको तीन बर्षमा १५ अर्व रकम जम्मा भएको छ तर लगानी भने २३ करोडमा मात्र भएको छ’–उनले भने ‘बर्षमा ५० हजार युवा स्वरोजगार हुनुपर्ने हो तर हाल सम्म १४ सय एक जना युवामात्र स्वरोजगार भएका छन् ।’  सरकारको लक्ष्य अनुसार उपलब्धी हा“सिल हुन नसकेको बताए । २०६५ सालदेखि सुरु भएको युवा स्वरोजगार कार्यक्रमका लागि तीन बर्षको अवधिमा बैंक, वित्तिय संस्था, सहकारीले गरी २८ वटा संस्थाले कोषबाट रकम पाउने स्वीकृति पाएको उनले जानकारी दिए । ‘१८ वटा संस्थाले पैसा लिएका छन् । ११ वटाले लगानी गरेको देखिन्छ तर ७ वटा संस्थाले लगानीनै गर्न सकेका छैनन् ।’–उपाध्यक्ष रेग्मीको भनाइ थियो । चालु आर्थिक बर्षमा विरोधका बाबजुत पनि राष्ट्रिय सहकारी बैंकलाई २ अर्व रकम निकासा दिएको उपाध्यक्ष रेग्मीले जानकारी दिए । युवा संघ नेपालको नेतृत्वमा भएको आन्दोलनका बारेमा बोल्दै उनले युवाहरु
ले चार सुत्रिय माग राखेको भएपनि त्यसका बारेमा छलफल भैरहेको जानकारी दिए । युवा संघ नेपालको नेतृत्वमा युवा स्वरोजगार कोषको रकम दुरुपयोग भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । सञ्चालक समितिमा युवा प्रतिनीधित्व हुनुपर्ने, कार्यकारी उपाध्यक्ष वा कार्यकारी निर्देशक खुल्ला प्रतिष्पर्धाबाट हुनुपर्ने, सहकारीलाई ऋण लगानी बन्द गर्नुपर्ने, छानविन कमिटी गठन गरी विगतमा भएको कोषको दुरुपयोगको छानविन गर्नुपर्ने माग राखिएको थियो । युवाहरुका मागका सम्बन्धमा छलफल भैरहको र केही दिन भित्र समाधानको बाटो खोजिने उपाध्यक्ष डा. रेग्मीले बताए । कृषि विज्ञानमा पिएचडी गरेका प्राध्यापक एवंम कोषका उपाध्यक्ष रेग्मीले सानो लगानी नपाएर विदेशीन बाध्य युवाहरुलाई स्थानीय स्तरमै स्वरोजगारमूखी बनाउन कोषको महत्वपूर्ण भूमिका हुने बताए । कृषि उत्पादन, बजारीकरण, पशुपालन, साना व्यवसाय संचालन गर्नका लागि कोषको रकम सहकारी मार्फत प्रदान गरिने भएको छ ।   अनुसन्धान तथा प्रकाशन, अनुगमन तथा मूल्याङकन, तालिम रेकर्ड शाखाको आवश्यकता भएकाले कोषको संरचनात्मक स्वरुप परिवर्तनका लागि प्रक्रिया चलिरहेको उनले जानकारी दिए । अभिमुखिकरण कार्यक्रम उद्घाटनमा बोल्दै जिल्ला कृषि सहकारी संघका अध्यक्ष तथा जिल्ला सहकारी संघ तदर्थ समितिका संयोजक अमृत वि.सी.ले सुर्खेतमा वेमौसमी तरकारी, पशुपालन व्यवसाय फस्टाउ“दै गएको बताउ“दै कोषले वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने विश्वास व्यक्त गरे । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष्ँ विष्णुबहादुर शाहीले सुर्खेतमा हवाई, विद्युतको असुविधा रहेको बताउ“दै १३२ केभिको विद्युत लाईन विस्तार भएमा सुर्खेतका उद्योग कलकारखानामा पनि बृद्धि हुने बताए । ‘एक जिल्ला एक उत्पादनको नीति वाणिज्य संघले लिएको छ’ उनले भने–‘सुर्खेत बेसारखेती, बाख्रापालन, आ“प उत्पादन, टमाटर, आलु उत्पादनका लागि उपयुक्त छ तर बेमौसमी रुपमा उत्पादन गर्नुपर्छ ।’  कोषले ऋणीको र व्यवसायको विमा समेत गर्ने व्यवस्था गराएको छ । अभिमुखिकरण तालिममा सहभागि युवाहरुले मात्रै कोषको रकम प्राप्त गर्नका लागि प्रक्रिया चाल्न सक्नेछन् । त्यसैगरी दुई लाख ऋण लिने युवाले नियमित रुपमा सा“वा, ब्याजको किस्ता भूक्तानी गरेमा व्याजको ६० प्रतिशत सम्बन्धित युवालाई फिर्ता गर्ने नीतिगत व्यवस्था गरिएको छ । अभिमुखिकरण गोष्ठीको उदघाटन कार्यक्रममा स्थानीय विकास अधिकारी हिरालला रेग्मी, राष्ट्रिय सहकारी संघका पूर्ण संचालक सदस्य गोविन्दबहादुर मल्ल, युवा स्वरोजगार कोषका सदस्य सचिव मोहनराज अर्याल, राष्ट्रिय सहकारी संघ शाखा सुर्खेत संचालक सदस्य राधा वि.सि लगायले आ–आफ्नो भनाई राखेका थिए ।

No comments:

Post a Comment