Saturday, February 18, 2012


अदुवा किसानले मूल्य पाएनन्
अदुवा प्रशोधन केन्द्र स्थापना हु“दै


दीपक बुढा÷सुर्खेत 
सुर्खेतका अदुवा किसानहरुले लागत अनुसार अदुवाको मूल्य पाउन सकेका छैनन् । किसानले आफ्नो लागत अनुसार मूल्य पाउन नसक्ने यस क्षेत्रका अदुवा उत्पादक कृषहरु मर्कामा परेका छन् ।  जिल्लामा अदुवा उत्पादन, संकलन, प्रशोधन तथा बजारीकरण उपआयोजना संचालन गरिरहेको उज्वल बहुउद्देश्यीय सहकारी संस्थाले जानकारी दिएको छ ।
‘किसानले धेरै अदुवा उत्पादन गरेका छन् । उत्पादित अदुवाले बजार नपाउ“दा किसान समस्यामा परेका छन् ।’ उज्वल बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक नन्दराम शर्माले बताए । सहकारीले गठन गरेको उदुवा उत्पादन समूहबाट खरीद गर्ने सम्झौता भन्दाबढीनै अदुवा उत्पादन भएको उनले बताए ।
कृषकहरुले लागत अनुसारको मूल्य नपाएको समेत उनले बताए । ‘कृषकले उत्पादन गरेको अदुवा उपभोक्ता सम्म सिधै नपुगेर विभिन्न एजेन्टहरुमार्फत जानेभएकाले कृषकको लागत उठने गरेको छैन्’–प्रबन्धक शर्माको भनाई थियो ।
सहकारीले नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालय व्यवसायीक कृषि तथा व्यापार आयोजना (प्याक्ट) संगको साझेदारीमा जिल्लामा अदुवा उत्पादन, संकलन, प्रशोधन र बजारीकरण उप आयोजना संचालन गरिरहेको छ ।
‘उत्पादनगर्न १५ देखि २५ रुपैया“ सम्म लागत लाग्छ तर बिक्रि गर्दा अहिले १२ देखि १५ रुपैया“मा बेच्नुपरेकोछ’– व्यवसायीक कृषि तथा व्यापार आयोजना (प्याक्ट) प्राविधिक  क्षेत्रीय प्रमुख छवि पौडेलले बताए । किसान र उपभोक्तावीचमा सिधै खरिद विक्रि नभएर विभिन्न चरण हु“दै खरिद विक्रि हुने भएकाले कृषकले कम मूल्य पाउने र उपभोक्ताले बढी मूल्यमा कृषि उत्पादन खरिद गर्नुपर्ने समस्या रहेको उनले बताए ।
रामघाटमा लामो समयदेखि अदुवा खेती गरेकाले र एकै खालको विउ प्रयोग गरेकाले अदुवाको उत्पादन घटेको प्राविधिक पौडेलले  बताए । उनले विउ परिवर्तन गरेर अदुवा खेती गर्नुपर्ने सुझाव दिएका छन् ।
सुर्खेत जिल्लाको रामघाट, मैनतडा, मेहलकुना, मालारानी, दशरथपुर, रतु, अवलचिङ, सालकोट, बावियाचौर लगायत गाविसबाट बार्षिक ७ हजार मेट्रिक्टन अदुवा उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयको तथ्याङक रहेको छ ।
करिव पा“च हेक्टर क्षेत्रफलमा अदुवा खेती हुने गरेको छ । जिल्लाबाट उत्पादत अदुवा स्थानीय बजार र नेपालगंज निकासी हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय सुर्खेतका रामप्रसाद उपाध्यायले पहिलेको तुलनामा अदुवाको व्यवसायीक खेती गर्ने किसानको संख्या बढेको बताए । उनले भने–‘उत्पादन क्षमता त बढेको छ तर बजार प्रवद्र्धन हुन नसक्दा उत्पादित अदुवा थन्किएको छ ।’
अदुवा खेतीका लागि मध्यपश्चिममा सबैभन्दाबढी उत्पादन सल्यान जिल्लामा हुने गरेको छ भने अन्य सुर्खेत, सल्यान, प्युठान, दैलेख, जाजरकोट लगायतमा समेत अदुवाको राम्रो उत्पादन हुने गरेको छ । क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतका कर्मचारी डम्बर नेपालीले यस क्षेत्रमा अदुवा उत्पादनको सम्भावना राम्रो भएपछि त्यसको बजारीकरण, प्रशोधनमा समस्या रहेको बताए ।
सुर्खेत–जुम्ला, सुर्खेत–दैलेख, सुर्खेत–दाङ, सुर्खेत–जाजरकोट करिडोरमा अदुवा खेती विस्तार गर्न सकिने सम्भावना रहेको उनले बताए ।  उज्वल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतको आयोजनामा शनिबार वीरेन्द्रनगरमा सम्पन्न अदुवा उत्पादन, संकलन, प्रशोधन तथा बजारीकरण उपआयोजनाको छलफल कार्यक्रमका सहभागीहरुले अदुवा उत्पादन र त्यसका समस्याका बारेमा बताए ।
जिल्ला स्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनीधि सहभागि रहेको कार्यक्रममा बोल्दै नेपाल अदुवा उत्पादक संघको केन्द्रीय सदस्य प्रबल शाहीले प्रत्येक बर्ष अदुवा उत्पादन बढ्दै गएपनि त्यसको बजारीकरण भने हुने नसकेको बताए ।
उनले भने–‘अदुवा भारतमा निकासीका लागि राष्ट्रिय स्तरबाटै नीतिगत व्यवस्था गरिनुपर्छ । क्षेत्र क्षेत्रमा अदुवा चिस्यान केन्द्रको स्थापना गरिनुपर्छ ।’ उत्पादित अदुवा भण्डारण गर्ने ठाउ“को अभाव रहेको छ । ‘माग भएको अवस्थामा अदुवा पाईदैन, अदुवा भएको बेला भण्डारण नहु“दा विक्रि गरिसक्नुपर्ने बाध्यता छ ।’–उनको भनाई रहेको छ ।
उत्पादित अदुवाको प्रशोधन तथा बजारीकरणका लागि उज्वल बहुउद्देश्यीय सहकारी संस्थाले जिल्लामा पहिलो पटक प्रशोधन मेसिन ल्याउने जनाईएको छ । सहकारीका अध्यक्ष एवंम सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष विष्णबहादुर शाहीले दिएको जानकारी अनुसार करिव १० लाखबढी लागतमा सहकारीले प्रशोधन मेसिन ल्याउने तयारी गरेको छ ।
जिल्लाको अदुवा प्रशोधन गरेर जिल्लामै खपत गर्ने तथा बाह्रय जिल्लाहरुमा पनि पठाईने भएको छ । प्रशोधन मेसिन आएपछि अदुवाको धुलो बनाउने, विभिन्न साईजका टुक्राहरु काटने, प्याकेजिङ गरिने जनाइएको छ ।  प्याक्टको करिव १७ लाख र सहकारीको लगानी गरी कुल ४० लाख बजेटमा अदुवा उत्पादन, प्रशोधन, बजारीकरण उपआयोजना संचालन भैरहेको छ ।


No comments:

Post a Comment