Saturday, February 18, 2012


महिला हिंसा विरुद्धमा एक रुपैया“ संकलन अभियान


दीपक बुढा÷सुर्खेत
महिलामाथी हुने घरेलु हिंसा विरुद्ध सबै पक्षबाट एक्यवद्धता जनाउनका लागि सुर्खेत जिल्लामा एक रुपैया“ संकलन अभियान संचालन गरिने भएको छ । महिला मानव अधिकार रक्षक सञ्जाल शाखा सुर्खेतको सक्रियतामा एक्यवद्धता अभियान चलाउन लागिएको हो ।
‘युवाहरु केन्द्रीत अभियान हो, अभियानका क्रममा हिंसा विरुद्धको पर्चा, पम्पलेट लिएर, एक रुपैया“ सहयोग संकलन गरिनेछ ।’ रक्षक सञ्जाल सुर्खेतका अध्यक्ष पवित्रा शाहीको भनाई थियो । उनले भनिन–‘अभियानबाट उठेको रकमबाट चेतनामूलक पर्चा, पम्पलेट प्रकाशित गर्नेछौं ।’
नाई भनौं, न्याय गरौं भन्ने मूल नारा सहित महिला हिंसा विरुद्धको १०० दिने अभियानका क्रममा जिल्लामा एक रुपैया“ दान संकलन, जिल्लाका सम्बन्धित सरकारी कार्यालयमा ज्ञापन पत्र पेश, स्थानीय संचार माध्यमहरुमार्फत चेतनामूलक कार्यक्रम संचालन गरिने जनाईएको छ ।
महिला हिंसा विरुद्धमा १०० दिने अभियान रक्षक सञ्जालले डिसेम्बर १५, २०११ देखि शुरु भई २१ मार्च २०१२ सम्म विभिन्न गतिविधिहरु सहित मनाउने गरेको छ ।  अभियानमा जिल्लाका महिला अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, क्याम्पस, उच्च माविमा अध्ययनरत युवा विद्यार्थीहरुलाई परिचालन गरिने जनाईएको छ । महिला अधिकारकर्मीहरुको सुरक्षा हुनुपर्ने, हिंसा भएको २४ घण्टा भित्र उद्धार गरिनुपर्ने माग राख्दै महिला रक्षक सञ्जाल आन्दोलित रहेको छ ।
महिला हिंसा विरुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हु“दा महिला हिंसा विरुद्धको उजुरी केन्द्रको स्थापना र एक हप्ता भित्र दाईजो प्रथाको अन्त्य, माधवकुमार नेपाल प्रधानमन्त्री हु“दा महिला हिंसा विरुद्धको बर्ष अभियानको सुरुवात र डा. बाबुराम भट्टराई प्रधानमन्त्री हु“दा तीन महिना भित्र दु्रत न्याय प्रणालीको व्यवस्था जस्ता महिलाहरुकै हितमा घोषणा र कार्यक्रम आएका थिए । कार्यक्रम धेरै आएपनि त्यसको कार्यान्वयन भने कमै हुने गरेको बताईएको छ ।

No comments:

Post a Comment