Thursday, February 16, 2012


निकुञ्जलाई एक सय ३५ थान भरुवा बन्दुक
वन्यजन्तु संरक्षणमा स्थानीयबासी सक्रिय


½दीपक बुढा½ 
½सुर्खेत, ३ फागुन½ 
वन्यजन्तु संरक्षणका लागि घर–घरबाट भरुवा बन्दुक बुझाईएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी तर्फ सुर्खेतका चार गाविसबाट एक सय ३५ थान भरुवा बन्दुक निकुञ्जलाई बुझाईएको हो । घर–घरबाट भरुवा बन्दुक निकुञ्जलाई बुझाउ“दै स्थानीयबासीन्दाहरु वन्यजन्तु संरक्षणमा सहभागि भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार २०६८ सालमा मात्रै ठूलो मात्रामा भरुवा बन्दुक स्थानीयबासीन्दाले निकुञ्जलाई बुझाएका हुन् । यति ठुलो परिणाममा भरुवा बन्दुक निकुञ्जले पाएपछि वन्यजन्तुको चोरी सिकारीमा कमि अँएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख टिकाराम अधिकारीले बताए । उनले भने ‘पहिले निकुञ्ज भित्र दिउ“सै बन्दुक पटकिएको आवाज आउथ्यो तर अहिले बन्दुक पटकिएको आवाज पाइदैन्’ । ‘बबई फा“टमा वन्य जन्तुको संख्या उल्लेख्य रुपमा बढेको छ ।’
द्वन्द्वका क्रममा सबैभन्दाबढी वन्य जन्तु चोरीसिकारी हुने क्षेत्रका रुपमा सुर्खेत तर्फका चार गाविसलाई लिने गरिन्थ्यो । द्वन्द्वकै समयमा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरिएका करिव दुई दर्जनबढी एक सिंगे गैडा चोरी सिकारीले मारेको  निकुञ्जको अध्ययन रहेको छ ।
निकुञ्जको उत्तरी क्षेत्र वन्यजन्तु चोरी सिकारीका लागि बढी चर्चामा रहेको थियो । चोरी सिकारीकै आरोपमा यस क्षेत्रका २४ भन्दाबढी स्थानीयको ज्यान गयो  तर पछिल्लो चरणमा चोरीसिकारी विरुद्धमा स्थानीयबासीन्दा सक्रिय भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा सुर्खेतका चार गाविस पर्छन् । 
सुर्खेत छिन्चु, लेखपराजुल, हरिहरपुर र तरंगा गाविसले निकुञ्जलाई छोएको छ । पछिल्लो समय चोरी सिकारी कार्य त्याग्दै स्थानीयबासीन्दाले भरुवा बन्दुक निकुञ्जलाई बुझाउ“दै चोरीसिकारी त्याग्ने घोषणा गरेका छन् । निकुञ्ज घोषणा भएपछि लामो सयम सम्म मध्यवर्ती क्षेत्र घोषणा हुन नसकेको सुर्खेत तर्फका गाविसहरु मध्यवर्ती घोषणा भएपछि स्थानीयबासीन्दामा संरक्षणको लहर चलेको हो । 
बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, वातावरण संरक्षण मञ्च, स्थानीय युवा क्लबको सक्रियतामा वन्यजन्तु संरक्षण अभियान थालिएको हो । अभियानकै क्रममा लेखपराजुल गाविसबाट ४६, हरिहरपुर गाविसबाट ४२, तरंगा गाविसका ४१ र अन्य ६ थान गरी एक सय ३५ थान भरुवा बन्दुक स्थानीयबासीन्दाले निकुञ्जलाई बुझाएका छन् । 
पहिले वन्यजन्तु चोरीसिकारी गर्ने स्थानीयबासीन्दाहरु अहिले निकुञ्जलाई बन्दुक बुझाएर संरक्षण अभियानमा जुटेको स्थानीयबासीन्दा रामबहादुर थापाले बताए । संरक्षण अभियानकै क्रममा स्थानीयबासीन्दाकै सक्रियतामा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति गठन गरिएको छ । स्थानीयबासीन्दालाई आयआर्जनमा सहयोग गर्न कृषि, पशुपालन, मध्यवर्ती संरक्षण सहकारी संस्था समेत गठन गरिएको छ ।  चार गाविसका १५ भन्दाबढी विद्यालय इको क्लब गठन गरिएको छ । १२ वटा भन्दाबढी संरक्षण युवा क्लबहरु संरक्षणमा सहभागि भएका छन् । 
राष्ट्रिय निकुञ्जले तराई भू–परिधी कार्यक्रम अन्तर्गत चार गाविसमा स्थापना भएका चार वटा सहकारीलाई आयआर्जन कार्यक्रम संचालनका लागि दुई÷दुई लाखको दरले अनुदान उपलब्ध गराएको छ । चोरी सिकारीमा संलग्न हरिहरपुरका पा“च जनालाई प्रहरीले पक्राउ गरी कार्वाहीका लागि पठाएको छ । यसरी चोरी सिकारीमा संलग्न  व्यक्तिलाई कार्वाही र स्थानीयबासीन्दानै धमाधम बन्दुक बुझाए संरक्षणमा सहभागिभएपछि निकुञ्जमा पहिलेको तुलनामा वन्यजन्तुको संख्या बढेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख टिकाराम अधिकारीले बताए । 
वन्यजन्तु संरक्षणलाई थप सहयोग पु¥याउन निकुञ्जले चार गाविसको सेन्टरमा पर्नेगरी दुई वटा सामूदायिक भवन बनाउने तयारी गरेको छ । निकुञ्जको करिब २९ लाख सहयोगमा लेखपराजुलको थर्मुसे र हरिहरपुर गाविसको तेलपानीमा भवन निर्माण गर्न लागेको हो । 
निकुञ्जका प्रमुख अधिकारीले भने–‘बन्यजन्तु संरक्षणमा अब युद्ध स्तरबाट काम हुन्छ । स्थानीयबासीन्दा त्यस्तै सक्रिय छन् भने हामी पनि सामुदायिक भवन बनाएर कर्मचारी खटाउने तयारीमा रहेका छौं ।’ सामुदायिक भवनमा निकुञ्जका कर्मचारी बस्नेछन् । कर्मचारीहरुले स्थानीयबासीन्दालाई वन्यजन्तु संरक्षणमा सहभागि गराउने, युवाहरुलाई तालिम, गोष्ठीमा सहभागि गराउने लगायतका कामहरु गरिने 
प्रमुख वार्डेन अधिकारीले बताए । स्थानीयबासीन्दाकै सक्रियतामा वन्यजन्तु संरक्षण कार्य सफल भएको वातावरण संरक्षण मञ्चका उपाध्यक्ष विनोद लम्सालले बताए । उनले भने–‘युवाको परिचालन मार्फत संरक्षण सफल भएको हो । ‘वन्य जन्तु संरक्षण अभियानमा मात्रै यस क्षेत्रका एक सयबढी युवाहरु सक्रिय छन् ।’ पहिले चोरीसिकारीका विरुद्धमा काम गर्नुपर्छ भन्दा डराउने स्थानीय युवाहरु समेत अहिले संरक्षण तर्फ सक्रिय रहेको उनको भनाई रहेको छ । ‘चार गाविसका दुई दर्जनबढी स्थानीयबासीन्दाले चोरीसिकारीकै आरोपमा ज्यान गुमाउनु परेको थियो तर अहिले सबै बन्दुक निकुञ्जलाई बुझाएर वन्यजन्तु संरक्षणमा सक्रिय भएका छन् ।’

No comments:

Post a Comment