Tuesday, February 28, 2012


तीन सातापछि सहकारी संघको विजयी घोषणा

दीपक बुढा
½सुर्खेत, १६ फागुन½
जिल्ला सहकारी संघ सुर्खेत २० दिन देखि पदाधिकारी बिहिन बनेको थियो । तदर्थ समितिले निर्वाचन सम्पन्न गरेपछि निर्वाचित पदाधिकारी घोषणा हुन नसक्दा संघ नेतृत्व विहिन बनेको हो । निर्वाचन भएको तीन सातापछि मंगलबार निर्वाचन मण्डलले विजयी घोषणा गरेको छ । 
निर्वाचन भएको लामो समयसम्म विवाद उत्पन्न भएपछि विजयी पदाधिकारी घोषणा हुन सकेको थिएन् । असन्तुष्ट समूहले सहकारी संघ निर्वाचनको मतपेटीका राखिएको वीरेन्द्रनगर नगरपालिका सभा कक्षामा तालाबन्दी गरेका थिए । निर्वाचनका विषयमा कुनैपनि सहमति जुट्न नसकेपछि निर्वाचनको परिणाम घोषणा हुन नसकेको हो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतको निर्देशनमा मंगलबार ताला फोडिएको छ । ताला फोडिएपछि निर्वाचन समितिले निर्वाचित पदाधिकारीको घोषणा गरेको छ । सहकारी संघ सुर्खेतको २०६८ साल माघ २५ गते निर्वाचन सम्पन्न भएको थियो ।
जिल्ला सहकारी संघको अध्यक्षमा अमृत वि.सी., उपाध्यक्षमा ज्ञानेन्द्र वली, सचिवमा कविता थापा, कोषाध्यक्षमा इन्दु शाही, सदस्यहरमा पार्वती गिरी, विद्याभूषण मानन्धर,  इन्द्रा वि.सी., सुमित्रा कोइराला, छविलाल सिक्देल, दानबहादुर घर्ती, जयमती अधिकारी, रविन्द्र शाह, निर्मला राना, अर्जुन बुचामगर छनोट भएको जनाईएको छ । मत परिणाम अनुसार वि.सी. एक मतले अगाडी रहेका थिए । सहकारी संस्थाहरको छाता संगठन जिल्ला सहकारी संघको अध्यक्षमा वि.सी. झिनो मतले विजयी भएका हुन् ।  एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त प्यानलबाट अध्यक्षका उमेदवार बनेका चन्द्रप्रसाद थानीलाई एक मतले हराउ“दै वि.सी. विजयी भएका हुन् । 
नेकपा एमालेको एकल प्यानलबाट अध्यक्षमा निर्वाचित भएका वि.सी. यस अघिको जिल्ला सहकारी संघ तदर्थ समितिको संयोजक समेत रहेका थिए । जिल्ला कृषि सहकारी संघको अध्यक्षको भूमिका समेत निर्वाह गरिरहेका वि.सी. लाटीकोइली–४ घुस्रा निवासी हुने भने लाटीकोइली गाविसका निवर्तमान गाविस अध्यक्ष समेत हुन् । संयुक्त प्यानलबाट उपाध्यक्ष्ँमा ज्ञानबहादुर वली, सचिवमा कविता थापा, कोषाध्यक्षमा इन्दु शाही, सदस्यहरमा कर्णबहादुर बुढा, पार्वती गिरी, रविन्द्र शाह, विद्याभूषण मानन्धर लगायत विजयी भएका छन् । लेखामा कृष्णप्रसाद पौडेल संयोजक र सदस्यहरमा एैश्वर्य ढकाल, सोमप्रसाद ढकाल निर्वाचित भएका छन् । 
एकल प्यानलबाट अध्यक्षमा वि.सी., उपाध्यक्षमा तिलकराम डांगी, सचिव यज्ञ ढकाल, कोषाध्यक्ष्ँ मञ्जु सुनार, सदस्यहरमा नेत्रलाल महतारा, प्रशुराम कंडेल, टोपबहादुर रास्कोटी, निर्मला राना, खगिसरा नेपाली, मुरानी ढकाल, नरबहादुर चन्द, पूर्णप्रसाद पौडेल, जयप्रसाद आचार्य, रत्नबहादुर वि.सी., रामबहादुरभण्डारी निर्वाचनमा सहभागि भएका थिए । 
त्यसैगरी लेखा समिति संयोजकमा गजबहादुर बुढा, सदस्यमा नरहरी ढकाल र विन्दु रेग्मीले निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । निर्वाचन प्रक्रिया  पुन थाल्नुपर्ने भन्दै माओवादी तथा कांग्रेसीहरको संयुक्त प्यानलले माग राख्दै आएका थिए । 
निर्वाचन समितिका संयोजक नन्द भण्डारीका अनुसार सदस्य पदमा भएको निर्वाचनमा कर्णबहादुर बुढा र रेशमबहादुर जिसीको मत बराबर भएपछि उक्त पदको घोषणा हुन भने बा“कि रहेको छ ।
यसैवीच जिल्ला सहकारी संघ लिमिटेड सुर्खेतको माघ २५ गते सम्पन्न निर्वाचनको मत परिणाम मंगलबार गरिएको घोषणा प्रति आपत्ति जनाईएको छ । मत गणना चित्त नबुझेको भन्दै जिल्ला सहकारी संघ अध्यक्षका उमेदवार चन्द्रप्रसाद थानीले आपत्ति जनाएका हुन् ।

No comments:

Post a Comment