Friday, February 24, 2012


संघको निर्वाचन मितिको विषयमा विवाद चुलियो
महासचिव शाहीसंग लिखित जवाफ माग


दीपक बुढा
सुर्खेत, ११ फागुन
सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनका विषयमा दुई पक्षवीचमा विवाद बढेको छ । अध्यक्ष विष्णुबहादुर शाही र महासचिव पदमबहादुर शाही दुई समूहका विचमा निर्वाचन मिति तोक्ने सम्बन्धमा विवाद बढेको हो ।
निर्वाचनका सम्बन्धमा आफूखुसी प्रचारबाजी गरेको भन्दै संघका अध्यक्ष विष्णुबहादुर शाहीले महासचिवलाई बिहिबार लिखित प्रष्टिकरण सोधेका छन् । संघमा निर्वाचन बारे महासचिव पदम शाहीले आफु खुशी निर्णय गरेपछि संघका अध्यक्ष विष्षु शाहीले महासचिवलाई स्पष्टीकरण सोधेका हुन् ।
संघको विधान विपरित अभिव्यक्ति दिनुका साथै संघका सदस्यहरुलाई भ्रमित पार्ने काम गरेको भन्दै अध्यक्ष शाहीले महासचिवसंग तीन दिन भित्र लिखित जवाफ मागेका छन् । अन्यथा संघको विधानको परिच्छेद ३ को दफा ९ (ज) बमोजिम कारवाही प्रक्रिया अगाडि बढाईने पत्रमार्फत जानकारी गराइएको छ ।
फागुन ६ गते बसेको संघको बैठक पछि स्थानीय संचारमाध्यमबाट आएको समाचारका आधारमा महासचिव शाहीलाई स्पष्टिकरण सोधिएको हो । उक्त सार्वजनिक अभिव्यक्तिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको अध्यक्षले बताएका छन् ।
महासचिव शाहीको समूहले बैशाख १२ गते र अर्को समूहले जेठ २५ गते निर्वाचन गर्ने कुरा गरेका थिए । सो सम्बन्धमा फागुन ६ गते चार÷पा“च घण्टा छलफल भएपनि निकर्षमा पुगेन । यस अघिको कार्यकालमा पनि कार्यकाल सकिएको एक महिना चार दिनपछि चुनावको मिति तोकिएको थियो । पुरानै आधारमा मान्ने हो भनेपनि जेठ १६ गते भन्दाअघि चुनाव हुनै नसक्ने अध्यक्ष शाहीले बताए ।
लामो समयदेखि कार्यकारी अधिकृत नहु“दा कार्यालय अस्तव्यस्त भएको, सदस्य नवीकरणका विषयमा जानकारीनै नराखेकाले चुनावको मिति घोषणा गर्दा राम्रो नहुने अध्यक्षको भनाई रहेको छ  । ६ गते सम्पन्न बैठकमा प्रस्तुत गरिएका एजेण्डाहरुमध्ये निर्वाचन सम्बन्धी एजेण्डामा सहमति हुन नसकेपछि संघका अध्यक्षले विवादित विषयलाई सहमति गरी टुंग्याउने भन्दै बैठक समापन गरेका थिए । तर, बैठक समापन भइसकेपछि पनि आफू खुसी विधान एवंम् संस्थाको हित विपरित संस्थाको छविमा नै आ“च पु¥याउने गरी आफूखुशी निर्वाचनको मिति तोकेर सार्वजनिक संचार माध्यममा अभिव्यक्ति दिएको आरोप लगाईएको छ ।
निर्वाचन जस्तो गम्भीर विषयमा आफूखुशी मिति तोकेर आम सदस्यहरुलाई भ्रमित पार्ने र संस्थाप्रति नै प्रश्न चिन्ह खडा हुने गरी संचार माध्यमहरुमा निर्णय भइसक्यो भनेर अभिव्यक्ति दिएर आफ्नो अधिकार क्षेत्र नाघेको जनाईएको छ । 
त्यस्तै पदीय जिम्मेवारी विपरित संस्थाको माइन्यूट लगायतका महत्वपूर्ण कागजातहरु आफूखुशी कार्यालयबाट उठाएर लिएको अध्यक्ष शाहीले जानकारी दिए ।  साथै संघको विधानको परिच्छेद ५ दफा १६ बमोजिम अध्यक्षप्रतिको उत्तरदायी निर्वाह गर्नुको साटो उल्टै संघको हितविपरित अभिव्यक्ति दि“दै हिडेको अध्यक्षले जनाएका छन् ।
संघको विधान २०५४ (चौथो संशोधन २०६८) को परिच्छेद ५ को दफा १६ बमोजिम संघको संरक्षण र सम्बद्र्धन गर्न अध्यक्षलाई दिएको अधिकार प्रयोग गर्दै यो स्पष्टीकरण माग गरिएको हो । पत्र प्राप्त भएको मितिले तीन दिनभित्र लिखित रुपमा स्पष्टीकरण पेश गर्न भनिएकोे छ । 
उता महासचिव पदम शाहीले भने फागुन ६ गते बसेको कार्यसमितिको बैठकको निर्णय अनुसार भन्दै कार्य समिति निर्वाचन बैशाख १२ गते हुने भएकाले सूचना प्रकाशित गरिदिन अनुरोध गरेका छन् । जिल्ला स्थित विभिन्न दैनिक पत्रिकाहरुलाई महासचिवको हस्ताक्षर सहितको सूचना उपलब्ध गराईएको छ ।
२०६९ बैशाख १२ गते संघ पदाधिकारीको निर्वाचन हुने भन्दै महासचिवले चैत्र २० गतेभित्र कार्यालय समयमा  उद्योगी, व्यपारी, व्यवसायीहरुलाई आ–आफ्नो व्यवसायको नविकरण गर्न अनुरोध गरेका छन् ।  
जानकारीनै नराखेकाले चुनावको मिति घोषणा गर्दा राम्रो नहुने अध्यक्षको भनाई रहेको छ  । ६ गते सम्पन्न बैठकमा प्रस्तुत गरिएका एजेण्डाहरुमध्ये निर्वाचन सम्बन्धी एजेण्डामा सहमति हुन नसकेपछि संघका अध्यक्षले विवादित विषयलाई सहमति गरी टुंग्याउने भन्दै बैठक समापन गरेका थिए । तर, बैठक समापन भइसकेपछि पनि आफु खुसी विधान एवंम् संस्थाको हित विपरित संस्थाको छविमा नै आ“च पु¥याउने गरी आफुखुशी निर्वाचनको मिति तोकेर सार्वजनिक संचार माध्यममा अभिव्यक्ति दिएको आरोप लगाईएको छ ।
निर्वाचन जस्तो गम्भीर विषयमा आफुखुशी मिति तोकेर आमसदस्यहरुलाई भ्रमित पार्ने र संस्थाप्रति नै प्रश्न चिन्ह खडा हुने गरी संचार माध्यमहरुमा निर्णय भइसक्यो भनेर अभिव्यक्ति दिएर आफ्नो अधिकार क्षेत्र नाघेको जनाईएको छ । 
त्यस्तै पदीय जिम्मेवारी विपरित संस्थाको माइन्यूट 
लगायतका महत्वपूर्ण कागजातहरु आफूखुशी कार्यालयबाट उठाएर लिएको अध्यक्ष शाहीले जानकारी दिए ।  साथै संघको विधानको परिच्छेद ५ दफा १६ बमोजिम अध्यक्षप्रतिको उत्तरदायी निर्वाह गर्नुको साटो उल्टै संघको हितविपरित अभिव्यक्ति दि“दै हिडेको अध्यक्षले जनाएका छन् ।
संघको विधान २०५४ (चौथो संशोधन २०६८) को परिच्छेद ५ को दफा १६ बमोजिम संघको संरक्षण र सम्बद्र्धन गर्न अध्यक्षलाई दिएको अधिकार प्रयोग गर्दै यो स्पष्टीकरण माग गरिएको हो । पत्र प्राप्त भएको मितिले तीन दिनभित्र लिखित रुपमा स्पष्टीकरण पेश गर्न भनिएकोे छ । 
उता महासचिव पदम शाहीले भने फागुन ६ गते बसेको कार्यसमितिको बैठकको निर्णय अनुसार भन्दै कार्य समिति निर्वाचन बैशाख १२ गते हुने भएकाले सूचना प्रकाशित गरिदिन अनुरोध गरेका छन् । जिल्ला स्थित विभिन्न दैनिक पत्रिकाहरुलाई महासचिवको हस्ताक्षर सहितको सूचना उपलब्ध गराईएको छ ।
२०६९ बैशाख १२ गते संघ पदाधिकारीको निर्वाचन हुने भन्दै महासचिवले चैत्र २० गतेभित्र कार्यालय समयमा  उद्योगी, व्यपारी, व्यवसायीहरुलाई आ–आफ्नो व्यवसायको नविकरण गर्न अनुरोध गरेका छन् । 

No comments:

Post a Comment