Saturday, February 18, 2012


नेतानै महिला बेचबिखनमा सक्रिय
दीपक बुढा, सुर्खेत,
सार्वजनिक समारोहमा पार्टी प्रतिनीधि भन्दै सामाजिक परिवर्तनको भाषण गर्ने  सुर्खेतका एक नेता भित्र–भित्रै महिला बेचबिखनमा सक्रिय रहेको रहस्य खुलेको छ । मधेशी जनअधिकार फोरम नेपाल .सुर्खेत जिल्ला कमिटी अध्यक्ष समेत रहेका मानबहादुुर वि.क. महिला बेचबिखनमा सक्रिय रहेका छन् । सुर्खेतको पूर्वि क्षेत्रबाट भारतको कोठीमा पु¥याईएकी एक १५ बर्षिय एक बालिकाको उद्धार भएपछि उक्त रहस्य खुलेको हो । बाहिर राजनीतिक पार्टीको प्रतिनिधी भन्दै जिल्ला परिषद, सार्वजनिक समारोहमा सहभागि हुने वि.क. उक्त रहस्य खुलेपछि पुर्पक्षका लागि थुनामा राखिएको छ ।
भारतमा बेचिएकी पूर्वी क्षेत्रकि ती बालिकाका आफ्न्तले मैनतडा–२ निबासी फोरम नेता मानबहादुर सहित तीन जनाको नाममा किटानी जाहेरी दर्ता गरेका थिए । मैनतडा–२ कै खिमबहादुर वि.क. फरार छन् भने वीरेन्द्रनगर–१० खजुराका नविन वि.क. थुनामा रहेका छन् । नविनले. बालिकालाई ललाई फकाई गर्दै विवाह गर्ने बाहना बनाएर  बालिकालाई नया“  दिल्ली स्थित लौरी गेष्टमा पु¥याएका थिए ।
शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी बालिका र उनका आफ्न्तले घटनाका बारेमा जानकारी दिएका थिए । कक्षा–८ मा अध्ययनरत तीन बालिकाले आफ्नो पीडा पोखिन । ‘कपडा सिउन टेलर्समा हिडेको थिए“ । बाटो बाटै नविनले मलाई विवाह गर्छु भनेर ललाई फकाई बाटोमा लगि चिया र खानामा विष खुवाएर बेहोस बनाएछन् । मलाई त के थाहा नेपालगंज चेकपोष्टमा विरामी भन्दै भारतको नया“ दिल्ली पो पु¥याएछन् । पछि बल्ल थाहा भयो । मलाई त भारु डेढ लाखमा बेचिएको पो रहेछ ।’ 
नेपाली महिलाले चलाएको उक्त कोठीमा ५० देखि ६० जना नेपाली केटीहरु रहेको उनले बताईन । ‘सबै केटीहरु रुन्छन्,के गर्ने ? कसरी फुत्कने भन्दै रुन्छन् तर मालिक्निले एक पटक पनि कसैलाई भेट्योकी यातना दिने गर्थे ।’
प्रहरी आउ“दा होटल भित्रै रहेको ठुलो खाल्टोमा लुकाउने गरेको समेत उनले जानकारी दिईन् । उक्त कोठीमा सुर्खेतको लाटीकोइली, वीरेन्द्रनगर, मैनतडा, मेहलकुना, मालारानी गाविसका मात्रै १५ देखि २० जनाको संख्यामा युवतीहरु रहेको बताईन । १४ बर्षदेखि २० बर्ष उमेर भित्रका युवतीहरु पीडा सहेर बस्न बाध्य रहेको उनले बताईन् ।
‘साहुबाट फुत्किनका लागि युवतीहरु गाउ“मा बुबा आमाले पत्रिकामा फोटो छापेको, प्रहरीमा उजुरी दिएको कुरा सुनाउ“छन् तर मालिक्निले उल्टै यातना दिने गर्छिन् ।’ उनले भनिन–‘त्यो केटासंग चिनजान भएको धेरै भएको थिएन् जेठ महिनामा चिनजान भएको हो । उसले विवाह गर्छु भन्दै पटक पटक फोन गथ्र्यो, मैले गाली गर्थें तर बाटोबाटै मलाई नया“ दिल्ली पो पु¥यायो ।’
ती बालिकालाई बेचेको भारु डेढ लाखको लागुऔषत सहित सुर्खेत आउ“दै गर्दा सुराकीको आधारमा दुई महिना अघि प्रहरीले मानबहादुर र नविनलाई पक्राउ गरेको थियो । पक्राउ परे लगत्तै बालिकाका आफ्न्तबाट उजुरी परेपछि प्रहरीले फोन डिटेल मगाएर अनुसन्धान थालेको थियो । फोन डिटेलमा ती बालिका र नविन, मानबहादुरका विचमा पटक पटक कुराकानी भएको प्रहरीले पुष्टी गरेको थियो ।
फोरम नेता मानबहादुरले यस अघि पनि नेपालगंजबाट चक्कु देखाएर लुटपाट गरेको आरोपमा पक्राउ गरेक थिए । उनले सुर्खेतको पूर्वि क्षेत्र मैनतडा, रामघाट, मालारानी, गुमी, साहारे, मेहलकुना गाविसबाट मात्रै एक दर्जनबढी युवतीहरु भारतको कोठीमा पु¥याएको हुन सक्ने आशंका गरिएको छ । स्थानीयबासीको भनाई अनुसार मैनतडा, मेहलकुना, गुमी लगायतका गाविसबाट बालबालिका र युवती हराउने गरेका छन् ।
मैनतडाका स्थानीय युवा भिमप्रसाद पौडेलले मैनतडाबाट मात्रै महिनामा ५ देखि ७ जना बालबालिका हराएको भन्दै अभिभावक आफ्नो सम्पर्कमा आउने गरेको बताए । उनले भने–‘ती बालबालिका र युवतीहरु कोही भारतको कोठीमा त कोही बालश्रमिकको रुपमा नेपालगंज, सुर्खेत र भारतका विभिन्न सहरमा पु¥याउने गरिएको छ ।’
‘बहिनी हराएपछि हामीले खोजी कार्य जारी राखेको थियौं । सबै ठाउ“मा खोजी गर्नेक्रममा हामीलाई संका लागेको व्यक्तिका नाममा जाहेरी दर्ता ग¥यौं त्यसपछि अनुसन्धान ह“ुदा उसले बेचेको स्वीका¥यो ।’ उनले भनिन–‘लागुऔषध ओसारपसार मुद्धामा थुनामा रहेको बखत उसलाई सोधपुच्छ गरी नया“ दिल्ली स्थित लौरी गेष्ट कोठीमा भारु डेढ लाखमा विक्रि गरेको रहस्य खुलेको हो ।’
माइती नेपाल भारत, आवाज संस्था सुर्खेतको सक्रियतामा ती बालिकालाई कोठीबाट उद्धार गरी माघ २९ गते घर ल्याई पु¥याईएको थियो । घर फकिएकाले अब पढाईलाई निरन्तरता दिने ती बालिकाको भनाई रहेको छ ।
महिला बेचबिखनमा सक्रिय उक्त समूहका नाईके फोरम नेता मानबहादुर सहितको गिरोहलाई जन्म कैद सजाय हुनुपर्ने र कोठीमा यातना सहदै बसेका युवतीहरुको उद्धारका लागि पहल थाल्नुपर्ने परिवारका सदस्यको भनाई रहेको छ ।
पक्राउ परेका दुई जनालाई मानव बेचबिखन विरुद्धमा मुद्धा दर्ता गरेर पुर्पक्षका लागि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख गोविन्दराम परियारले बताए । ‘कति जना युवतीहरु बेचिएका छन् सो सम्बन्धमा कुनै जानकारी अँएको छैन् । त्यस्तो निवेदन आएमा थप अनुसन्धान गर्नेछु ।’–प्रहरी प्रमुख परियारको भनाई थियो ।
दुई बर्षको अवधिमा सुर्खेतको पूर्वि क्षेत्रबाट दुई जना र एक जना वीरेन्द्रनगरबाट गरी तीन जना युवतीको उद्धार गरिएको आवाज संस्था सुर्खेतले जानकारी दिएको छ ।

No comments:

Post a Comment