Tuesday, February 14, 2012


विपन्न समूदायलाई घर उपहार
खेमराज वली 
सुर्खेत, १ फागुन 

सुर्खेतका न्यून आय भएका, अल्पसंख्यक समुदायमा पर्ने तीन वटा जातिलाई ४४ घर उपहार दिईने भएको छ । नेपाल सरकारले चालु आर्थिक बर्षमा ल्याएको जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण गर्न लागिएको हो ।
सरकारको जनता आवास कार्यक्रम अन्तरगत बादी, गन्धर्व र कुसुण्डा जातिका ४४ परिवारको घर निर्माण गर्न लागिएको हो । यस्तो लोकप्रियताका ल्याईएको यस कार्यक्रमको प्रभावकारी राम्रो देखिन थालेको छ । घरबास नएकाले बसोबास पाउनेछन् । नेपाल सरकार भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तरगत चालु आर्थिक बर्षमा सरकारले जनता आवास कार्यक्रम ल्याईएको थियो । 
उक्त कार्यक्रमका लक्षित तीन समुदाय भएका गाविसमा पुगि समुदायमै भवन निमार्ण गरिने छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतले पहिलो चरणमा निवेदन संकलन गरेको छ  । 
सार्वजनिक सूचना मार्फत लक्षित समूदायको निवेदन संकलन गरिएको डिभिजन सुर्खेतका शाखा अधिकृत लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए । प्राप्त निवेदनका आधारमा स्थलगत अनुगमन गरी भवन पाउने परिवारको छनोट गरिनेछ । सरकारले घर निर्माण गरिदिने भएपछि स्थानीय लक्षित समूदायका व्यक्तिहरु त हर्षित भएका छन् तर आफु परिने कि नपरिने भन्ने आशंकामा रहेका छन् । सरकारी जग्गामा नबसेको, बढी जग्गा नभएको, अतिक्रमण गरी नबसेको, लामो समयदेखि एकै स्थानमा बस्दै आएका समुदायबाट छनोट गरिने आधार बनाईएको छ । 
त्यस्तै गरी कमजोर आर्थिक अवस्था भएका, खोलाभन्दा टाढा बस्ने परिवारको छनोट गरिने भएको छ । छनोट भएका परिवारले घर निर्माणका लागि आफै काठको व्यवस्था गर्नुपर्नेछ भने अन्य निर्माणको काम भवन निर्माण डिभिजन कार्यालयले तोकिए बमोजिम हुने जनाईएको छ  । गरिबिका कारण लामो समयदेखि साना–साना झुप्रा अस्थायी रुपमा बस्दै आएका बादि, गन्धर्व र कुसुण्डा जातिलाई सरकारले घर बनाईदिन लागेको हो । सरकारले ल्याएको जनता आवास कार्यक्रम अन्तरगत सुर्खेतका लागि करिव ७५ लाख बजेट प्राप्त भएको जनाईएको छ ।
जिल्लाका केही गाविस र नगरपालिकाबाट एक सयभन्दाबढी लक्षित समूदायको निवेदन संकलन भएको छ । उक्त निवेदन र समन्वय समितिको छानविन, सिफारिस अनुसार भवन डिभिजन कार्यालयले भवन निर्माण गरिने इन्जिनियर शसिन्द्र घिमिरेले बताए ।
सुर्खेत क्षेत्र नं. १ का सभासद कमला शर्मा को संयोजकत्वमा रहेको छनोट समितिले स्थलगत अध्ययन गरी सहयोग पाउने परिवारको  सूची निकालिने जनाइएको छ  । प्रति घर निर्माणका लागि १ लाख 
७० हजार देखि  १ लाख ७२ हजारको खर्चमा दुई कोठे, टीनको पाता भएको र जगमा सिमेण्ट प्रयोग गरिएको घर निर्माण गरिने जनाईएको छ । ढुंगा पाईने ठाउ“मा ढुंगाको गाह्रो र नपाईने ठाउ“मा इट्टाको दिवाल निर्माण गरिनेछ ।

बादि समूदायका २१ परिवार, गन्धर्व समुदायका २० परिवार र कुसुण्डा समुदायका ३ घरपरिवार गरी ४४ परिवारको घर निर्माण गरिने भएको छ । पुष मसान्त सम्म सुर्खेतमा निवेदन संकलन गरिएको थियो । माघ १५ गते सम्म दैलेख जिल्लामा र जाजरकोट जिल्लामा माघ मसान्त सम्म निवेदन संकलन कार्य गरिएको थियो ।

No comments:

Post a Comment