Monday, February 6, 2012

दुई बस समितिको एकता
दीपक बुढा
सुर्खेतका दुई बस व्यवसायी समितिले कार्यगत एकता गरेका छन् । का“क्रेविहार बस व्यवसायी संघ र सुर्खेत यातायात समिति पदाधिकारीको आइतबार बसेको बैठकले कार्यगत एकता गर्ने निर्णय गरेको हो । स्थापना कालदेखिनै मध्यपश्चिम यातायात व्यवसायी संघ संग प्रतिस्पार्धा गर्दै आएको का“क्रेविहार बस व्यवसायी संघले सुर्खेत यातायात व्यवसायी संघ संग कार्यगत एकता गरेको हो । बस व्यवसायीहरुमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई हटाउ“दै व्यवसायीबिचको सम्बन्धमा सुधार ल्याउन कार्यगत एकता गरिएको का“क्रेविहार यातायात व्यवसायी संघका सचिव सुरज जि.सी.ले जानकारी दिए । कार्यगत एकता संगै पुरानै दररेट र रुट अनुसार यातायात सुविधा पु¥याउने उनले जानकारी दिए । का“क्रेविहार समितिले सुर्खेत–काठमाण्डौ, सुर्खेत–नेपालगंज, सुर्खेत–दैलेख, सुर्खेत–गुठु लगायतका क्षेत्रमा यातायात सेवा पु¥याउ“दै आएको थियो भने सुर्खेत यातायात समितिले हालै मात्र आफ्नो सेवा सुरु गरेको थियो ।  सुर्खेत यातायातले नेपालगंज–सुर्खेतमा सेवा पु¥याउ“दै आएको थियो । सुर्खेत यातायातका १४ र का“क्रेविहार यातायातका २७ बसहरु संचालनमा रहेका छन् । का“क्रेविहारले बस पार्कबाट र सुर्खेत यातातायले मंगलगडी चोकबाट सुविधा पु¥याउ“दै आएका थिए । अब एकै ठाउ“बाट  यात्रुलाई सेवा दिने जनार्ईएको छ ।

No comments:

Post a Comment