Sunday, February 5, 2012

सुर्खेतमा युवा स्वरोजगार कार्यक्रम लागु गएिका सहकारीहरु

पू“जिको अभावमा सहकारी संस्थाहरुले सेयर सदस्यको माग अनुसार ऋण लगानी गर्न सकिरहेको अवस्था छैन् । सुर्खेत जिल्लामा मात्रै १ अर्ब रकम लगानी गर्न सकिन्छ  भने दैलेख जिल्लामा ५०–६० करोड रकम लगानी गर्न सकिन्छ । सुर्खेतमा ४ सय ५० वटा सहकारी संस्था छन् । चालु आर्थिक बर्षमा युवा तथा स्वरोजगार कोषको रकम जिल्लामा भित्र्याउनका लागि थप १५ देखि २० वटा सहकारी संस्थाको नया“ प्रस्तावना तयार गरेर स्वरोजगार कोषमा पेश गर्ने तयारी भैरहेको छ । हाल संचालन भएका तीन वटा सहकारी संस्थाको नियमित अनुगमन, मूल्यांकन राष्ट्रिय सहकारी बैंक शाखा सुर्खेतले गर्नेछ । 
राष्ट्रिय सहकारी बैंकका संचालक समिति सदस्य  हहिरहनाथ योगी
हिमाली बचत तथा ऋण सहकारी संस्था २०६२ सालमा स्थापना भएको हो । संस्थाले बार्षिक ३ करोडको कारोबार गर्दै आईरहेको छ । पा“च हजार पा“च सय सेयर सदस्य रहेका छन् ।  युवा स्वरोजगार कोष मार्फत प्राप्त हुने २० लाखबाट ७५ जना युवा र बचत तथा ऋण सहकारी संघ केन्द्रीय कार्यालयबाट प्राप्त हुने  सहयोगबाट ७५ जना गरी १५० जना बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य रहेको छ । कृषि आधिरीत साना उद्योग, कलकारखाना, व्यापार व्यवसाय, खुद्रा पसल, ग्यारेज, संचाल केन्द्र, दुग्ध उद्योग, कुखुरा पालन जस्ता व्यवसाय गर्न युवाहरुलाई उत्प्रेरित गर्दै ऋण लगानी गर्नेछौं । पहिलो पटक सहकारी संचालन गर्न लागेको यस कार्यक्रमका लागि युवाहरुलाई छनोट समेत गरिसकिएको छ । सिप, क्षमता भएका तर पू“जीको अभावमा व्यापार, व्यवसाय संचालन गर्न नसकेका युवाहरुलाई प्राथमिकताका साथ छनोट गरी उनीहरुलाई ऋण प्रवाह गरिनेछ ।  हिमाली बचत तथा ऋण सहकारी संस्था लाटीकोइलीका अध्यक्ष एवंम् जिल्ला वचत तथा ऋण सहकारी संघका उपाध्यक्ष वीरबहादुर रावत .

हातेमालो कृषि तथा पशुपालन सहकारी संस्था २०६७ सालमा स्थापना भएको हो । संस्थामा ६ सय सेयर सदस्यहरु रहेका छन् । बार्षिक ५० लाखको कारोबार सहकारी गर्दै आएको छ । स्थापना भएको छोटो समयमानै समूदायमा राम्रो प्रभाव पारेको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत प्राप्त हुने २० लाख रकमबाट सहकारीको कार्यक्षेत्रका ५० जना युवाहरुलाई छनोट गरिसकिएको छ । छनोट भएका  बेरोजगार युवाहरुलाई बेमौसमी कृषि उत्पादन, तरकारी, अदुवा उत्पादन, बेसार उत्पादन, दुध संकलन र त्यसको प्रशोधन, मासु उत्पादन, बाख्रा पालन, भैसीपालन जस्ता पशुपालन व्यवसायमा संलग्न हुने युवाहरुलाई ऋण लगानी गर्ने योजना बनाएका छौं । स्थानीय सम्भावना, स्थानीय स्रोत, स्थानीय लगानीको अध्ययन गर्दै हामी व्यवसायीक योजना निर्माण गरी काम गछौं । आगामी ३ बर्षमा ५ हजार युवाहरुलाई कृषि तथा पशुपालन पेशामा व्यवसायीक रुपमा लाग्न प्रेरित गर्नेछौं ।  हातेमालो कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड उत्तरगंगाका अध्यक्ष ताराकेशर गौतम ।


No comments:

Post a Comment