Friday, February 17, 2012


साक्षरता बढयो, गरिबि घट्यो
तुलाराम बुढा
सुर्खेत, ४ फागुन 
केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले नेपालको साक्षरता दर बढ्दै जा“दा गरिबि भने घट्दै गएको बताएका छन् । केन्द्रीय तथ्यांक विभाग केन्द्रीय कार्यालयले २०६६÷०६७ मा नेपाल जीवनस्तर सर्वेक्षण तेस्रो को प्रतिवेदन सार्वजनिक गर्दै उनले उक्त कुरा बताएका हुन् ।
उच्च शिक्षा पढेको वा सो भन्दामाथी पढेको परिवारमूली भएका परिवार भन्दा निरक्षर परिवारमुली भएका परिवार गरिब हुने सम्भावना करिव साढे चार गुणाले बढी रहेको उनले बताए । उनले भने–‘ज्यालादारीमा लागेका परिवारमूली भएका घरपरिवारहरु ४७ प्रतिशत गरिब छन् भने अन्य व्यवसायमा लागेका परिवारमूली भएका घरपरिवारीहरु ६ प्रतिशत गरिब छन् ।’
केन्द्रीय तथ्यांक विभाग केन्द्रीय कार्यालय र तथ्यांक शाखा सुर्खेतले बिहिबार वीरेन्द्रनगरमा आयोजना गरेको नेपाल जीवनस्तर सर्वेक्षण–तेस्रोका बारेमा सरोकारवाला निकायहरुकावीचमा आयोजित एक दिने गोष्ठीमा उक्त जानकारी दिएका हुन् ।
केन्द्रीय तथ्यांक विभागका निर्देशक लामिछानेले गरिवि अनुगमनको तथ्यांकको बारेमा बोल्दै नेपालमा गरिविको तथ्यांकबढी हुनुको कारण घरपरिवारको साक्षरता प्रतिशतमा भर पर्ने बताए । उनले भने–‘घर परिवारमा साक्षरताको संख्या बढी भएमा गरिबि घट्छ ।’ नेपालमा निरक्षर घरपरिवारको गरिबि ३३ प्रतिशत रहेको तथ्यांक सर्वेक्षणले देखाएको छ । परिवारको आकार अनुसार गरिबिको घटबढ हुने गरेको पाईन्छ । मानिसले बाच्न पाउने आधारभूत तत्वहरु गास, बास, कपास हुन् । प्रतिदिन एउटा व्यक्तिलाई बाच्नको लागि २२२० किलोक्यालोरी शक्ति आवश्यक पर्ने बताए । नेपालमा २५.२ प्रतिशत मानिस गरिबिको रेखामुनी रहेको जनाईएको छ ।  गरिबि अनुगमनका अनुसार पूर्वको तुलनामा पश्चिम क्षेत्रमा धेरै मानिसहरु गरिबको रेखामुनी रहेका लामिछानेले बताए ।
केन्द्रीय तथ्यांक विभागको सर्वेक्षण गर्नेक्रममा सुदुरपश्चिम पछि दोस्रो गरिविको रेखामुनी मध्यपश्चिम विकास क्षेत्र रहेको उनले भने । जुन घरमा महिला घरमुली हुन्छ त्यस घरमा गरिवि कम भएको सर्र्वेक्षणले देखाएको छ ।
कार्यक्रममा नेपालको कुल जनसंख्याका बारेमा कार्यपत्र प्रस्तुत गर्दै तथ्यांक शाखा अधिकृत केशव गौतमले नेपालको कुल जनसंख्या सर्वेक्षण गर्दा विदेशमा जन्म भएका १२ प्रतिशत, बसाईसराई २६ प्रतिशत, विदेशबाट आएका ८ प्रतिशत आएको बताए ,
गौतमका अनुसार दुई सय ५९ अर्ब रेमिटान्स दैनिक भित्रिने गरेको छ । परिवारबाट खाद्य र गैरखाद्य गरी ७२ वटा खाद्य सामाग्रीहरु विगत १५ बर्षमा प्रतिव्यक्ति उपभोग बढ्दै गएको बताए । तल्लो र माथिल्लो स्तरका वर्गले ५ गुणाबढी उपभोगका सामाग्री उपयोग गर्ने गरेका छन् । खाद्य सामाग्रीको उपभोग पश्चिम र मध्यपश्चिममा कम रहेको छ । अर्का शाखा अधिकृत जयकुमार शर्माले जीवन स्तर सर्वेक्षण कार्यक्रममा विगतका तुलनामा अहिले देशभरी संचालन गरिएको जीवन स्तर सर्वेक्षण कार्यक्रम सफल भएको बताए । तथ्यांक विभागको सर्वेक्षण गर्दा विगत १५ बर्षदेखि घरमा भन्दा भाडामा बस्ने मानिसको संख्या बृद्धि भएको छ ।
परिवारमा विजुली बत्ती तथा शौचालयको पहुचमा बृद्धि भएको छ । विजुली बत्ति खानेपानी र शौचालयको पहुच भएका परिवारको प्रतिशत पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चलको तुलनामा मध्य र सुदुरपश्चिममा कम रहेको देखाए ।
विश्वस्वास्थ्य संगठनका अनुसार आयोडिन नूनको मात्रमा १५ पीपिएम वा सो भन्दाबढी हुनुपर्नेछ । मध्यपश्चिममा औषत दुई परिवारमा एक भन्दा कम परिवारले ५५ प्रतिशत अंझै १५ पीपिएम भन्दा कम आयोडिन भएको नून प्रयोग गरेको पाईएको देखियो । घरपरिवार मध्ये प्रति घरपरिवारले प्राप्त गर्ने औसत विप्रेषण  १५ हजार एक सय ६० बाट बढेर ८० हजार ८ सय २९ पुगेको छ । पन्ध्र बर्षको अन्तरालमा प्रति विप्रेषण प्राप्ति ६ सय २५ बाट करिव पन्ध्र गुनाले बढी भई ९ हजार २ सय ४५ पुगेको जनाईएको छ ।   बालबालिकाको पनि उचाई घटदै गएको जनाईएको छ । पौष्टीक आहार र प्रयाप्त मात्रामा दुध खान नपाउ“दा उचाई घटेको जनाईएको छ । आयोजित गोष्ठीमा जिल्ला स्थितर सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनीधि, संचारकर्मी, जनसंख्या विषयका विद्यार्थी, शिक्षकहरुको उपस्थिति रहेको थियो । 

No comments:

Post a Comment