Sunday, February 26, 2012


शिक्षक धर्नामा प्रहरी हस्तक्षेप
दुबै तर्फका गरी ७ जना गम्भीर घाईते

दीपक बुढा
सुर्खेत, १४ फागुन
शान्तिपूर्ण प्रदर्शनका क्रममा शिक्षकहरुमाथी प्रहरीले हस्तक्षेप गरेको छ । आफ्ना मागहरु पुरा गराउन शिक्षा कार्यालयको गेटमा धर्नामा बस्न गएका शिक्षकहरुमाथी लाठ्ठी चार्ज भएको थियो । शिक्षकहरुका तर्फबाट पनि ढुंगा प्रहार हुन् थालेपछि स्थीति तनावपूर्ण बनेको थियो ।  
प्रहरीको लाठ्ठी चार्जबाट ६ जना शिक्षक गम्भीर घाईते भएका छन् भने शिक्षकहरुको ढुंगा प्रहारबाट एक जना प्रहरी जवान घाईते भएका छन् । गम्भिर घाईते हुनेहरुमा अखिल नेपाल शिक्षक संगठनकी केन्द्रिय सदस्य शान्ति ढकाल, शिक्षिका पार्वती गिरी, शिक्षक राजिवकुमार वली, रामप्रसाद लम्साल, शिक्षक कल्यान केसी, दिपकराज आचार्य रहेको नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतका अध्यक्ष शिवप्रसाद उपाध्याले जानकारी दिए । घाईते भएका शिक्षकहरुको स्थानीय देउती नर्सिङ होममा उपचार भैरहेको छ ।
त्यसैगरी शिक्षकहरुको ढुंगा प्रहारबाट ड्यूटीमा खटिएका नं. ३ गुल्म सुर्खेत दरवन्दी भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान श्यामजंग शाहको टाउकोमा चोट लागेको छ । घाईते भएका शाहको उपचार क्षेत्रीय अस्पताल सुर्खेतमा भई रहेको र उनको टाउकोमा ८ टा“का लगार्ईएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

झडपमा ६० भन्दाबढी शिक्षक र २१ भन्दाप्रहरी सामान्य घाईते भएको दुवैपक्षले विज्ञप्ति मार्फत जनाएका छन् । भिडलाई नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रु ग्याँस प्रहार गरेको थियो । जिल्ला शिक्षा कार्यालयमा धर्ना दिन गएका शिक्षकहरुलाई प्रहरीले गेटबाट शिक्षा कार्यालय प्रवेश गर्न खोज्दा लाठ्ठी चार्जका साथै अश्रुग्या“स प्रहार र हवाई फाएर गरपछि झडप भएको थियो ।  
शिक्षकहरुको आन्दोलनमाथी प्रहरी निरीक्षक ऋषिकुमार ढुंगानाले बल प्रयोग गर्न निर्देशन दिएका थिए । उनकै निर्देशनमा दुवै पक्षवीच झडपको अवस्था उत्पन्न भएको हो । उनी आफैले समेत दर्जनौ शिक्षकहरुलाई लाठ्ठी प्रहार गरेका थिए ।
जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले आफुले शिक्षकको आन्दोलन भएकाले सुरक्षाका लागि प्रहरीको माग नगरेको बताएका छन् । उनले आफु शिक्षकको आन्दोलनमा सहमत भएको बताएका छन्  । शिक्षकहरु र प्रहरीबीच झडप भएपछि जिल्ला शिक्षा अधिकारी उपाध्यायले कार्यालयको जिम्मा म लिन्छु भनेपछि शिक्षकहरुलाई प्रहरीहरुले भित्र जान दिएका थिए । ¥याली सहित शिक्षा कार्यालय पुगेका शिक्षक कार्यलय भित्र गएर मूल ढोकाको अगाडी विभिन्न नारा तथा आफ्ना मागहरुको प्रदर्शन गरेका थिए । केहि समयको प्रदर्शन पनि शिक्षकहरु स्थानीय घण्टाघर चोकमा आएर सभामा परिणत भएका थिए । शिक्षकहरुले सभामा बोल्दै जिल्लाका तीन कार्यालय प्रमुखको राजीनामा समेत मागेका छन् । एसपी गोविन्दराम परियार, निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद प्याकुरेल र जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायको राजिनामा समेत मागेका छन् । 
प्रहरीले आफुहरुको शान्तिपूर्ण आन्दोलनलाई प्रहरी, प्रशासन र शिक्षा कार्यालयको आदेशमा दवाउन खोजेको भन्दै तीनै जनाको राजिनामा मागेका हुन् । साथै घाईते शिक्षकहरुको निःशुल्क उपचारको समेत माग गरेका छन् । शिक्षकहरुले आफुहरुको शान्तिपूर्ण आन्दोलनमा हस्तक्ष्ँेप गरेकोले सोमवार पनि देशभरका निजी तथा सामुदायिक वियालय बन्द गर्ने घोषणा गरेका छन् ।
शिक्षकहरुले यस अघि पनि आफ्ना विभिन्न मागहरु राखि शान्तिपूर्ण आन्दोलन गर्दै आएका थिए । शिक्षकहरुले यस अघि  दूई चरणमा स्थायी शिक्षकहरुलाई प्रक्रिया पु¥याई स्थायी गर्नुपर्ने, म्यादहदका आधारमा अस्थायी शिक्षकलाई स्वतः स्थायी सरह उपदानको व्यवस्था गर्नुपर्ने, शिक्षक सेवा आयोग खोल्नुपर्ने, शिक्षक सेवा आयोगलाई संवैधानिक आयोग बनाउनुपर्ने लगायतका विषयमा सरकारले दुई वर्षअघि नै सहमति गरेपनि कार्यान्वयन नभएको शिक्षकहरुको गुनासो रहेको छ ।
शिक्षकहरु पेशागत र स्थानीय मागहरु राखेर आन्दोलित भएका छन् । विगतका सम्झौताहरु कार्यान्वयन नभएको भन्दै शिक्षकहरुले फेरी तेस्रो चरणको आन्दोलन घोषणा गरी शनिबार विद्यालयमा शिक्षण गरी आईतबार शिक्षण संस्था बन्द गरी ¥याली सहित जिल्ला शिक्षा कार्यालयमा धर्ना दिन जम्मा भएका हुन् ।  धर्नापछि आयोजित कोणसभालाई सम्वोधन गर्दै शिक्षक युनियनका अध्यक्ष खड्काले केन्द्रिय कार्यक्रम जिल्ला शिक्षा अधिकारीको कार्यकक्षमा प्रतिनिधिमुलक ढंगबाट धर्ना बस्ने भएपनि आजपनि सुर्खेतका सम्पूर्ण विद्यालयमा बन्द गरिने बताए । उनले आन्दोलनको स्वरुपबारे नखुलाएर प्रहरी दमन विरुद्ध आज फागुन १५ गते केही गरेर देखाउने चेतावनी दिए  । 
उनले शिक्षकमाथी गरेको दमनबारे सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक र जिल्ला शिक्षा अधिकारीले माफी माग्नुपर्ने बताए । 

त्यस्तै, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सचिव डण्डीप्रसाद शर्माले प्रहरीहरुलाई पनि शिक्षकले नै पढाएको उल्लेख गर्दै गलत शिक्षा पढेकाले अब सहि शिक्षाका लागि निःशुल्क पढ्न फेरि कक्षा एकदेखि भर्ना हुन आग्रह गरे ।  शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनले हस्तक्षेप गरेको भन्दै संयुक्त शैक्षिक आन्दोलन समिति सुर्खेतले विज्ञप्ति निकालि घाइते शिक्षक, विद्यालय कर्मचारीहरु, आन्दोलनप्रति समर्पणको उच्च सम्मान गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै उनीहरुको सम्पूर्ण औषधी उपचार गर्न समेत माग गरेको छ । 
जिल्ला प्रशासन, जिल्ला शिक्षा अधिकारीप्रति घोर भत्र्सना समितिले गरेको छ ।  शिक्षकहरु शिक्षक जुलुसमथी भएको बर्बरता पूर्ण ब्यबहारको बिरुद्ध सोमबार जिल्लाका सम्पूर्ण शैक्षिक संस्था बन्द गरी विहान १० बजे मंगलगढीमा जम्मा हुने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा सोमबार दमन गर्ने प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र जिल्ला शिक्षा अधिकारीले माफी नमागे आन्दोलन अझ शसक्त बनाएर अगाडी बढ्ने उल्लेख गरिएको छ । 
शिक्षकहरुमाथी भएको दमनको विषयमा नेकपा एमाले सुर्खेत, मानव अधिकार तथा जनउत्थान केन्द्र सुर्खेतले छुट्टा छुट्टै विज्ञप्ति निकालेर विरोध जनाएका छन् । 

No comments:

Post a Comment