Friday, February 17, 2012


किर्डाकको १२ औं बार्षिक साधारणसभा
सुर्खेत, ४ फागुन
कर्णाली अञ्चका सबै जिल्लामा कार्यक्षेत्र बनाएर काम गर्दै आएको कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालको १२ औं बार्षिक साधारण सभा बिहिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सभासद कमला शर्माले कर्णाली अञ्चलको विकासका लागि आफुले पनि सहयोग गर्ने बताइन् ।
कार्यक्रममा समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले यो संस्थाले सुर्खेतमा पनि आफ्ना कार्यक्रमहरु सञ्चालन गरेकोमा खुसि व्यक्त गर्दै संस्थाले सुर्खेतको आर्थिक, सामाजिक लगायतका सबै पक्षहरुलाई अगाडि बढाउन सहयोग गर्नुपर्ने बताए । उनले किर्डाकले सञ्चालन गर्ने कार्यक्रममा आफ्नो संस्था र आफुले  सहयोग गर्ने बताए । 
त्यस्तै कार्यक्रममा एकिकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज कृष्ण धमला,  नेपाली का“गे्रसका जिल्ला सभापति तप्तबहादुर विष्ट लगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले सुर्खेतलाई  संस्थाले आफ्नो कार्यक्ष्ोत्र बनाएको र यस कार्यहरु सफल बनाउन सक्दो प्रयास गर्ने बताएका छन् । 
संस्थाको साधारणसभा सुर्खेतमा पहिलो पटक भएको हो । वि.स. २०५६ असार ७ गते जिल्ला प्रशासन कार्यालय जुम्लामा दर्ता भएको उक्त संस्थाले  २०६७ सालदेखि आफ्नो कार्यक्षेत्र बढाएर सुर्खेतमा पनि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सुर्खेतका गढी, 
लेखगाउ“ र कुनाथरीमा आफ्नो कार्यक्षेत्र बनाएको छ । कर्णाली अञ्चलका सबै जिल्लामा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।  गढीमा संस्थाले सबल समूह गठन गर्नुका साथै समूहबाट किशोरी कक्षा सञ्चालन गरेको बताइएको छ । सभामा संस्थाका कार्यकारी निर्देशक मिनबहादुर शाहीले संस्थाको उद्देश्य, कार्य, कार्यक्रमबाट प्राप्त प्रतिफल तथा समग्र संस्थाको बारेमा जानकारी दिएका थिए । 
अति विकट भौगोलिक अवस्था भएको र विकासका सम्पूर्ण पुर्वाधारहरुमा पछि परेको कर्णाली क्षेत्रको विकासका लागि नै विशेष त यो संस्थाको स्थापना भएको निर्देशक शाहीले जानकारी दिए । साथै कर्णालीका जनतालाई तिनको जीवनलाई प्रभावित गर्ने सबै मामिलामा निर्णयको अधिकार लगायतका तिनका मूलभूत मानवअधिकारको प्रचलन गर्नका लागि सक्षम  बनाउने  लक्ष्य संस्थाको रहेको छ ।
संस्थाले कर्णालीमा मानवअधिकार अवस्थाको अनुगमन, गुनस्तरीय शिक्षामा पहु“च र सामाजिक रुपान्तरणका रुपमा प्रेरकका रुपमा युवाको शसक्तिकरण, मानवअधिकारका रुपमा विकासका पुर्वाधार लगाएत आधारभूत सेवामा पहु“चको वकालत तथा प्रबद्र्धनको काम गरिरहेको छ । साथै स्थानीय तहमा शान्ति र लोकतान्त्रिक अभ्यासको प्रबद्र्धन गर्न स्थानीय समूह र समुदायको सुदृढीकरण, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित पार्न र सूचनाको हक प्रबद्र्धनका लागि बहु सञ्चार माध्यमको सुदृढीकरण र परिचालन, प्रकृतिक प्रकोप तथा वातावरण परिवर्तनले गर्दा हुने नकरात्मक जोखिमको कम गर्न समुदाय तथा स्थानीय निकायको शसक्तिकरण  लगाएतका  क्रियाकलापमा सफलता पाइएको शाहीले बताए । कार्यक्रम संस्थाका अध्यक्ष कुशेन्द्रबहादुर महतको सभापतित्वमा सम्पन्न भएको थियो । 

No comments:

Post a Comment