Monday, February 20, 2012


संगठन सुदृढिकरण गर्न एमाले गाउँ पस्यो  
सुर्खेत, ७ फागुन

संगठन सुदृढिकरण अभियान लिएर नेकपा एमाले गाउ“ पसेको छ । नेकपा एमाले प्रथम राष्ट्रिय प्रतिनिधी परिषदको पूर्वसन्ध्यामा एमाले गाउ“ पसेको हो ।  नेकपा एमालेले गाविस स्तरमा कार्यकर्ता प्रशिक्षणलाई तिव्रता दिएको छ ।
गाविस स्तरमा रहेका संगठनहरुलाई सक्रिय तुल्याउ“ने र प्रथम राष्ट्रिय प्रतिनिधी परिषदका लागि सुझाव संकलन गर्न एमाले गाउ“ पसेको हो । विभिन्न १७ वटा समूहमा विभाजन गरी नेकपा एमाले जिल्ला कमिटीका पदाधिकारी, सभासद, क्षेत्रीय कमिटीका पदाधिकारी, राष्ट्रिय प्रतिनिधी परिषद सदस्य, राष्ट्रिय सल्लाहकार समिति सदस्य, अञ्चल कमिटी सदस्यहरु कार्यकर्ता प्रशिक्षणमा गाउ“–गाउ“ पुगेका छन् ।
फागुन ५ गतेदेखि सुरु भएको कार्यकर्ता प्रशिक्षण कार्य एक दर्जनबढी गाविसमा सकिएको छ । नेकपा एमाले प्रचार विभाग प्रमुख टेकेन्द्र वस्नेतले दिएको जानकारी अनुसार आइतबार सम्म सहारे, छिन्चु, गुमी, दहचौर, कल्याण, साटाखानी, मेहलकुना, लाटीकोइली, रतु, गढी, लेखगाउ“, उत्तरगंगा र वीरेन्द्रनगर–६ र ९ मा प्रशिक्षण सम्पन्न भएको छ ।
जिल्लाका ५० वटै गाविस र वीरेन्द्रनगर नगरपालिकाका १२ वटै वडामा गरी ६२ स्थानमा दुई दिने कार्यकर्ता प्रशिक्षण संचालन गरिने भएको छ । एमाले प्रचार विभाग प्रमुख वस्नेतले भने–‘समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिन, तत्कालिन पार्टीको कार्यदिशाका बारेमा स्थानीय नेता, कार्यकर्तालाई जानकारी दिन अभियान चलाएका हौं ।’ प्रचार विभाग प्रमुख बस्नेतले गाउ“–गाउ“बाट अँएका सुझावहरु प्रथम राष्ट्रिय प्रतिनिधी परिषदमा पु¥याईने बताए ।
शान्ति र संविधानका विषयमा नेकपा एमालेको भूमिका, दृष्टिकोण, एमालेको राष्ट्रिय एकता अभियानलाई कार्यकर्ता माझ पु¥याउन जिल्लाको संगठन सुदृढिकरण तथा जनपरिचालन अभियानले महत्वपूर्ण सहयोग गर्ने उनले बताए ।
निर्वाचन क्षेत्र स्तरमा कार्यकर्ता प्रशिक्षण संचालन गर्ने योजना अनुरुप क्षेत्र नं. १ र
क्षेत्र नं. २ मा कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ ।
यसैक्रममा आइतबार लेखगाउ“मा एमाले कार्यकर्ता प्रशिक्षण सुरु भएको छ । एमाले जिल्ला कमिटी सचिवालय सदस्य डिलाराम गिरीको प्रमुख आतिथ्यतामा आइतबार प्रशिक्षण उद्घाटन गरिएको हो ।  प्रशिक्षणमा एमाले स्कुल विभाग प्रमुख ताराकेशर गौतम, जिल्ला सचिवालय सदस्य घनश्याम पाण्डे, जिल्ला सदस्य लक्ष्मी शर्मा, इन्द्रबहादुर के.सी., लालबहादुर शाही, क्षेत्रीय सदस्य रत्न थापा लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । उद्घाटन एमाले गाउ“ कमिटी अध्यक्ष हरिलाल सलामीको सभापतित्वमा भएको हो ।
एमाले वीरेन्द्रनगर–९ शाखा कमिटीको आयोजनामा आइतबारदेखि दुई दिने कार्यकर्ता प्रशिक्षण वीरेन्द्रनगर–९ मा सुरु भएको छ । एमाले राष्ट्रिय प्रतिनिधी परिषदका सदस्य बालाराम शर्माको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको प्रशिक्षणमा एमाले जिल्ला कमिटी सदस्य कृष्णबहादुर हमाल, केदार कंडेल, मोहनमाया ढकाल, नगर कमिटी अध्यक्ष पूर्णप्रसाद पौडेल, सचिव निलकण्ठ खनाल लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । शाखा कमिटी अध्यक्ष शिवलाल पोखरेलको सभापतित्वमा प्रशिक्षण उद्घाटन गरिएको हो ।
आईतबारनै रानीबास एमाले गाउ“ कमिटीको आयोजनामा खुल्ला सभा सम्पन्न भएको छ ।  नेकपा एमाले जिल्ला सचिवालय सदस्य पूर्णबहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी सदस्य तेजविक्रम बस्नेत, दिर्घबहादुर गुरुङ, क्षेत्रीय कमिटी सचिव पूर्णबहादुर थापा, उप–सचिव टोपबहादुर खत्री लगायतले बोलेका थिए ।
फागुन ११ गते अबलचिङ ढा“डखेतमा आयोजना हुने बृहद आमसभाको तयारीका लागि जनपरिचालन समिति गठन गरिएको छ । गाउ“ कमिटी अध्यक्ष लोकबहादुर रोकायाको अध्यक्षतामा विभिन्न उपसमितिहरु गठन गरिएको जनाईएको छ । अवलचिङ, रानीबास र मटेला गाविसको उक्त संयुक्त आमसभामा सहभागिता हुनेछ भने सभालाई एमाले नेता तथा सभासद यामलाल कंडेलद्वारा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी डा“डाखाली आइतबार प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षण नेकपा एमाले सुर्खेतका उपाध्यक्ष शिवप्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षणमा जिल्ला सचिवालय सदस्य डण्डीप्रसाद शर्मा, जिल्ला सदस्य ऐनबहादुर चन्द, दिपा चन्द मल्लले प्रशिक्षण दिएका थिए । कार्यक्रम गाउ“ कमिटी अध्यक्ष हस्तबहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको हो ।

सरकारबाट राजीनामा देऊ ः कंडेल


नेकपा एमाले नेता तथा सभासद यामलाल कडेलले यस सरकारबाट शान्ति र संविधान संभव नभएकाले तत्काल राजीनामा दिनुको विकल्प नभएको बताएका छन् । नेकपा एमाले सुर्खेतले संचालन गरेको संगठन सुदृढिकरण तथा जनपरिचालन अभियान अन्तर्गत आइतबार साटाखानीमा आयोजित दुई दिने कार्यकर्ता प्रशिक्षणको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
‘वर्तमान सरकार असफल भैसकेकोले राजीनामा गर्नुपर्छ र तत्काल राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नु अहिलेको आवश्यकता हो ।’– नेता एवंम् सभासद कंडेलको भनाई  थियो । उनले भने –‘माओवादीले एकातिर जनविद्रोहको धम्की दिने र अर्कोतिर संविधानको चर्कोकुरा गर्ने तर व्यवहारमा सिन्को नभा“च्ने प्रवृतिले मुलुकलाई अस्थिरता तर्फ धकेलेको छ ।’ माओवादीले हिंसाको राजनीति नत्यागे सम्म शान्ति र संविधान अन्यौलमा हुने उनले बताए ।
माओवादीको उग्रवामपन्थी चिन्तन र नेपाली का“ग्रेसको यथास्थितिबादी सोचका कारण मूलुकमा अन्यौलता र अस्थिरता देखापरेको भन्दै अब एमालेले जनताको साथमा रहेर शान्ति र संविधानको ऐतिहा“सिक अविभारालाई पुरा गर्नुपर्नेमा जोडदिए ।
कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य देव राना, राजु गुईदेल, खड्ग भट्टराई, टिकाराम सोमै, क्षेत्रीय अध्यक्ष गणेश वली लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । गाउ“ कमिटी अध्यक्ष गम्भिरसिंह सोमैको सभापतित्वमा प्रशिक्षण भेला उद्घाटन गरिएको थियो ।



माओवादीमा सत्ताको उन्माद ः शर्मा


सभासद कमला शर्माले माओवादीभित्र सत्ताको उन्माद पलाएको र का“ग्रेस सत्तामा जान नपाएर भौतारीएको बताएकी छन् । नेकपा एमाले सुर्खेतले संचालन गरेको संगठन सुदृढिकरण तथा जनपरिचालन अभियान अन्तर्गत दहचौरमा आयोजित कार्यकर्ता प्रशिक्षणलाई उद्घाटन गर्दै उनले उक्त कुरा बताएकी हुन् ।
सोही अवसरमा बोल्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य हस्तबहादुर पुनले पुरानो पुस्ताले पार्टी निर्माण गर्दै यस स्थान सम्म पु¥याएकाले अब पार्टीलाई अगाढी बढाउने जिम्मेवारी युवा पुस्ताको का“धमा आएको बताए । प्रशिक्षण कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख तथा अभियान संयोजक टेकेन्द्र बस्नेत, जिल्ला कमिटी सदस्य खगेन्द्रबहादुर घर्ती, बलबहादुर नेपाली, समरबहादुर मल्ल, क्षेत्रीय कमिटी अध्यक्ष मानबहादुर खत्री लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । दुई दिन सम्म चल्ने प्रशिक्षणको एमाले गाउ“ कमिटी अध्यक्ष टोपबहादुर गाहाको सभापतित्वमा संचालन भएको छ ।

No comments:

Post a Comment