Friday, February 24, 2012


अन्तर्राष्ट्रिय अवार्डमा आवाज मनोनित
फेसबुक मार्फत भोट गर्न अनुरोध
दीपक बुढा
सुर्खेत, ११ फागुन
महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आईरहेको सुर्खेतको आवाज संस्था अन्तर्राष्ट्रिय अवार्डका लागि मनोनित भएको छ । 
वमेन डेलिभर नामक अन्तर्राष्ट्रिय संस्थाले आवाज सुर्खेतलाई वकालत तथा जनचेतना विषयबाट छनोट गरेको हो । 
विभिन्न ५ वटा विषयमा विभिन्न देशका एक सय २५ वटा संस्था छनोट भएका छन् । पा“च सय बढी संस्थाले आवेदन दिएको जनाईएको छ । 
कालत तथा जनचेतना, शिक्षा, स्वास्थ्य, नेतृत्वविकास तथा शसक्तिकरण र सूचना प्रविधिका विषयमा काम गर्ने फरक फरक २५÷२५ वटा संस्थालाई पहिलो चरणमा छनोट गरिएको छ । 
छनोट गरिएका प्रत्येक विषयका २५÷२५ वटा संस्थामध्य भोटीङ मार्फत उत्कृष्ठ संस्था छनोट गरिने भएको छ । आवाज संस्था सुर्खेतले बिहिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी भोट गर्न अनुरोध गरेको छ । 
फेसबुकको माध्यमबाट भोट गर्न सकिने भएकाले सबैलाई भोट गरी संस्थालाई विजयी गराउन संस्थाका कार्यक्रम अधिकृत पवित्रा शाहीले अनुरोध गरेकि छन् ।
फेसबुक पेजमा गएर वमन डेलिभर सर्च गरेपछि पोल आउ“छ त्यसमा क्लिक गरेपछि विभिन्न पा“च वटा विषयमा २५÷२५ वटा संस्थाको नाम दिईएको छ । आवाज संस्था सुर्खेत पहिलो विषयको पा“चौं नम्बरमा रहेको छ । सबै विषयका एक–एक संस्थामा ठिक लगाएर नामथर, इमेल आईडी भरी भोट गर्न सकिने व्यवस्था रहेको छ ।

No comments:

Post a Comment