Tuesday, February 14, 2012


सालकोटमा पर्यटन महोत्सव
विकास निर्माण र पर्यटकिय स्थलको प्रचार गरिने
सुर्खेत, २९ माघ 
विकासका पूर्वाधारले पछाडी परेको सुर्खेत पश्चिम क्षेत्रमा पहिलो पटक पर्यटन तथा सा“स्कृतिक महोत्सव आयोजना गरिएको छ । विकासका पूर्वाधार निर्माणका साथै पश्चिममा रहेका पर्यटयिक स्थलको प्रचार प्रसार गर्ने मुख्य उद्देश्यले महोत्सव गर्न लागिएको हो । 
सुर्खेत पश्चिममा जाजुरा दह, मूलीदह, झा“क्री मूल, गुप्ती दह, सान्नेको दह,  चमेरे गुफा, पाताल जाने बाटो, ज्यामिरे गुफा, पा“चतले गुफा रहेका छन् । पर्यटकिय दृष्टिले महत्वपूर्ण मानिएको सुर्खेतको पश्चिम क्षेत्र प्रचार प्रसार र पूर्वाधार अभावमा ओझेलमा परेको छ । हालै मात्र स्थानीयबासीन्दाको सक्रियतामा बावियाचौरमा साना जलविद्युत आयोजना संचालनमा ल्याईएको छ । क्षेत्र नं. ३ मा पर्ने उत्तरगंगा गाविसबाहेक अन्य कुनै पनि गाविसमा विद्युतिकरण भएको छैन् । बर्षमा ८ महिना संचालन हुने मोटरबाटो छ भने प्रशस्त सम्भावना भएपनि पूर्वाधार निर्माण हुन सकेको छैन् ।
पश्चिम क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनलाई सहयोग पु¥याउन महोत्सव आयोजना गरिएको महोत्सव आयोजक मूल समितिका संयोजक तिलकराम अधिकारीले बताए । उनले भने–‘प्रर्यटकिय स्थलको प्रचार प्रसार मार्फत स्थानीय रोजगारी सृजना गरी विकासका पूर्वाधार निर्माण गर्न आवश्यक छ ।’ उनले भने–‘राजनीतिक इच्छाशक्ति नभएकै कारण पश्चिम पछि परेको हो । अब भने स्थानीय जनताकै सक्रियतामा विकास निर्माण गरिन्छ ।’
आइतबार वीरेन्द्रगरमा पत्रकार सम्मेलन मार्फत महोत्सवको तयारीका बारेमा जानकारी गराईएको छ । फागुन २५ गतेदेखि २९ गते सम्म सञ्चालन गरिने महोत्सव छ । सालकोट गाविसको मूख्य आयोजना, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुर्खेतको आयोजना तथा जिल्ला विकास समिति र पश्चिममा पर्ने १७ वटै गाविसको सहआयोजनामा महोत्वस गर्न लागिएको हो ।
पश्चिम सुर्खेतका पर्यटकिय स्थल सम्म पहु“च मार्ग निर्माण गर्ने, लोककला, संस्कृतिको संरक्षण र सम्वद्र्धनमा टेवा पु¥याउन, पश्चिम क्षेत्रका पर्यटकिय स्थलहरुको प्रचार प्रसार गरी प्रभावकारी रुपमा पर्यटन क्षेत्रको विकास गर्नु महोत्सवको उद्देश्य रहेको छ ।
महोत्सवमा परम्परागत सा“स्कृतिक झा“की, विविध सा“स्कृतिक कार्यक्रम, क्षेत्रीय दोहोरी गीत र मावि स्तरीय नृत्य प्रतियोगिता, औद्योगिक व्यापार प्रदर्शनी, कृषिजन्य उत्पादनको प्रर्दशनी गरिनेछ । त्यसैगरी शैषिक प्रदर्शनी, बाल उद्यानका खेलहरु, राष्ट्रिय स्तरका कलाकारहरुको आक्रर्षक प्रस्तुती महोत्सवमा राखिने आयोजकले जानकारी दिएका छन् ।
५० हजार  दर्शकबाट अवलोकन गरिने महोत्सवमा एक करोड पचास लाख बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान रहेको छ । सूर्यप्रकाश उच्च मावि सालकोटमा आयोजना गरिने महोत्सवको स्टल भाडादर समेत सार्वजनिक गरिएको  छ । अधिकतम १५ हजारदेखि न्यूनतम  ३ हजार सम्म स्टल भाडा तोकिएको छ । टिकट विक्रिबाट ४ लाख, जिल्ला विकास समितिबाट ५ लाख, १७ वटा गाविसहरुबाट ८ लाख, स्टलहरुबाट २ लाख ५० हजार, सामूदायिक वन उपभोक्ता समितिबाट १ लाख, संसद विकास कोषबाट ३ लाख, प्रायोजकबाट ३ लाख ५० हजार, विभिन्न संघ संस्था कार्यालयबाट २ लाख, नगरपालिकाबाट र उद्योग वाणिज्य संघबाट ५०÷५० हजार रकम प्रस्तावित गरिएको छ । महोत्सवका क्रममा ३० लाख खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।

No comments:

Post a Comment