Thursday, February 2, 2012

नेपालगञ्जमा बाघको डमरु गर्जिदा
 
बाँके, १८ माघ
अंग्रेज शासकले बडाकाजी अमरसिंह थापालाई सबैभन्दा ठूलो पद प्रतिष्ठा र आर्थिक प्रलोभन दि“दा राष्ट्रवादस“ग पद–प्रतिष्ठा साटन नसकिने तर्कका साथ ‘म बाघको डमरु हु“– मलाई सिनो खाने कुरा नसम्झ’ भनेर दिएको ओजस्वी अभिव्यक्तिलाई नेपाल प्रहरीका प्रहरी उपरीक्षक विक्रमसिंह थापा गुरु मात्र मान्छन । काठमाडौंको २ नम्बर गणबाट  नेपालगञ्ज आएका उपरीक्षक थापाको कार्यालय भित्तामा सुरुका दिनमा उक्त वाणी देख्दा कुतूहलमा पर्न नेपालगञ्जवासीलाई छोटो अवधिमै थापाले वाणीअनुसारको काम गरेर सन्तुष्ट पारिदिएका छन् । उपरीक्षक थापाले नेपालगञ्ज आएर कार्यभार सम्हालेपछि आफ्नो कार्यालयका कर्मचारीलाई निर्देशन दिने क्रममा जबसम्म अन्तरआत्माको विकास गर्नसकि“दैन तबसम्म समाजको विकास गर्छु भन्ने सोच राख्नु गलत भएको भन्दै जनताको पेट काटेर उनीहरुले तिरेको राजस्वबाट रासन र आसन पाएका हामीहरुले जनताको सेवा गर्नुपर्छ भनेर प्रस्ट निर्देशन दिएका थिए । जनताको नजरमा नेपाल प्रहरी आफ्नै परिवारको सदस्य हो भन्ने छाप पार्नका लागि लोभलाभ त्याग्नुपर्ने थापाको प्रस्ट निर्देशन थियो । आफ्ना कर्मचारीलाई यस्तो निर्देशन दिएपछि पत्रकार, नागरिक समाज, उद्योगी, कर्मचारी, सर्वसाधारण सबैलाई आश्वस्त पार्दै उपरीक्षक थापाले ‘तपाईहरुले आ–आफ्नो काम र व्यवसाय गर्नुहोस सुरक्षा प्रहरीले दिनेछ’ भनेर आश्वासन दि“दा तत्काल सबैले उनको आश्वासनलाई मजाकका रुपमा लिएका थिए । तर, आज त्यो उनको कथन यथार्थमा परिणत भएको देख्दा नेपालगञ्जवासीले ‘यस्ता पो प्रहरी’ भनी प्रशंसा गर्नथालेका छन् । भूमिगत सशस्त्र समूहदेखि गुण्डागर्दीको आतंकबाट आजित भएका नेपालगञ्जवासीका अगाडि उपरीक्षक थापाले ‘म जागिर खाने दिनमै सरुवा र बढुवा दुवै हुन्छ भन्ने बुझेको व्यक्ति हु“, त्यसैले मलाई सरुवाको कुनै डर छैन, जस्तोसुकै अपराधीलाई पनि छोडदिन् । धेरैले उनको बोलीलाई एक कानले सुनेर अर्को कानले उडाएका थिए । उपरीक्षक थापाले त्यतिबेला कि रहन्न भगतसिंह कि रहन्न विक्रमसिंह भनेका थिए । त्यो उनको भनाई अनुरुपको कामबाट भूमिगत सशस्त्र समूहका नाइके भगतसिंह सरकारस“ग वार्ता गर्न तयार भइसकेका छन् । थापाले गर्वका साथ दाबी गरे अनुसार नेपालगञ्ज क्षेत्रमा गुण्डागर्दी यतिबेला निर्मलजस्तै भएको छ । कुनै समय दिउ“सो हि“डदा पनि चारतिर हि“डनुपर्ने नेपालगञ्जमा यतिखेर मध्यरातमा बच्चा बिरामी भयो भने पनि एक्ली महिलाले समेत अस्पताल लैजान सक्ने किसिमको शान्ति स्थापना भएको छ । एसपी थापा नेपालगञ्ज आएपछि हन्ट अपे्रसन भन्ने नाम दिएको कामको सुरुवात गरेका थापाले अरु प्रमुखले झैं आदेश दि“दै वाकीटकी सेट समाएर मस्त रहने गरेका छैनन । उनी स्यवंम गाउ“ गाउ“मा गएर जनतालाई सचेत पार्न कामदेखि कानुनको बर्खिलाप गर्नुको साटो काटने गरेका छन् । यतिखेर थापाले सहर, गाउ“ दुवै ठाउ“मा एकैसाथ आपराधिक गतिविधिमाथि आक्रमण गर्न थालेका छन् । थापाको क्रियाकलापबारे प्रतिक्रिया दि“दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य दामोदर आचार्यले प्रहरीले चाहने हो भने के हु“दो रहनेछ भन्ने यति छोटो अवधिमै नेपालगञ्जमा छाएको शान्तिलाई हेर्दा प्रस्ट भएको खरेलसमेत उपरीक्षक थापाको काम कारबाही सन्तोषजनक भएको बताउ“छन । मानव अधिकारको हेक्का गर्दै आपराधिक क्रियाकलापमा लागेकाहरुलाई कानुनी दायरामा ल्याउने थापाको कदम प्रशंसनीय भएको
खरेलको भनाइ रहेको छ । गाउ“गाउ“मा अपे्रसनमा जाने क्रममा उपरीक्षक थापाको बाया“ खुट्टाको हडडी भा“चिएको छ । अपराधको जरोलाई तलैबाट भा“च्न कसिएका थापाले हडड्ी भा“चिए पनि मेरो मन, वचन र दिमाग भा“चिएको छैन, संयन्त्रले काम गर्न बताएका छन् । उपरीक्षक थापाले  बाँके जिल्लालाई अपराधबाट मुक्त गराई भयरहित बनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताए । मलाई कुनै स्वार्थछैन म चौबीसै घण्टा चिन्तित छु त्यो के हो भने यहा“का जनतालाई कसरी शान्तिको श्वास फेर्न दिउ भन्ने । एउटा अचम्मलाग्दो संयोगचाहि के परेको छ भने उनी ललितपुर रह“दा एक जुवा अखडामा छापा मार्दा लडेर दाहिने हात भा“च्चिएको थियो भने नेपालगञ्जमा अपे्रसनमै क्रममा खुट्टाको हड्डी टुटेर प्लास्टर गर्नुपरेको छ । जे होस, एउटा प्रहरी अधिकृत इमानदार रहु“दा यति हु“दारहेछ भने सबै विक्रम जस्ता भए त रामराज्य हु“दोरहेछ भन्ने प्रतिक्रिया नेपालगञ्ज सामाजिक सम्भाव समितिका अध्यक्ष सतिसचन्द्र अग्रवालले दिएका छन् । नेपालगञ्जमा यतिखेर आपराधिक सोच राख्नेलाई बाघको डमरुले त लगायो भन्ने चर्चा चल्न थालेको छ ।

No comments:

Post a Comment