Sunday, February 26, 2012


 सूचना, प्रविधिमा क्यानले सक्रियता बढाउने 
सुर्खेत, १३ फागुन
कम्प्यूटर एशोशियसन अफ नेपाल (क्यान) सुर्खेतले जिल्लाको सूचना, प्रविधिमा सक्रियाता बढाउने भएको छ । कम्प्यूटर विज्ञान तथा सूचना प्रविधिको हस्तान्तरण, आयात, निर्यात र सोको विकास विस्तार गरिने क्यानका अध्यक्ष रामकिशोर रावलले बताएका छन् ।
शनिबार क्यानले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी संस्थाको उद्देश्य र कामहरुको बारेमा जानकारी गराउने क्रममा उनले उक्त कुरा बताएका हुन् । 
कम्प्यूटर विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति, संघ संस्था सबैलाई आबद्ध गरी कम्प्यूटर विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा आफ्ना गतिविधिहरु अगाडी बढाउने उद्देश्य लिएको संस्थाका अध्यक्ष रावलले जानकारी दिए । 
लामो समयदेखि जिल्लामा क्यानको स्थापना गर्न पहल भएपनि विभिन्न कारणले क्यान स्थापना हुन नसकेको क्यान सुर्खेतका महासचिव पूर्णदेव अधिकारीले बताए । उनले भने–‘कम्प्यूटर, प्रविधिको क्षेत्रमा काम गर्ने साथीहरुले पहिलनै संस्था दर्ता गर्न पहल  थालेका थियौं तर विभिन्न कारणले हुन सकेन’ ।
संस्थाले निकट भविष्यमा जिल्लालाई सूचना प्रविधिको क्षेत्रमा अगाडी बढाउनका लागि क्यान मेलाको आयोजना गरिने समेत अध्यक्ष रावलले पत्रकारलाई जानकारी दिए । 
संस्थाले विज्ञान तथा सूचना प्रविधि सम्बन्धि शिक्षण संस्था, संस्थान वा तालिम केन्द्र आदिबाट लिईने शिक्षा तथा तालिममा एकरुपता ल्याई गुणात्मक विकास गर्न सहयोग गर्ने,  विज्ञान तथा सूचना प्रविधिका व्यवसायीकाहरुबीच समन्वय ल्याई तिनिहरुले दिने सेवामा एकरुपता ल्याउन सहयोग गर्ने भएको छ । 
क्यानको साधारण सभा चैत्र ४ गते हुने जानकारी दिएको हो । क्यानको स्थापना वि.स. २०६७ पुसमा भएपनि आधिकारीक रुपमा २०६८ साल माघ २४ गते कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि क्षेत्रमा कार्यरत सम्पूर्ण प्राविधिक विशेषज्ञ,कम्पनि, संघ, संस्था आदि सबैलाई समेटी यसको स्थापना भएकोको हो । ज्ञान, सीप प्रविधि 
र तालिम प्राप्त एवं प्रदान गर्नको लागि आवश्यक बन्दोबस्त गर्ने गराउने उद्देश्य पनि संस्थाले राखेको छ । त्यस्तै संस्थामा आवद्ध कम्प्यस्टर विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति, फर्म, कम्पनि,संघ संस्था आदिको हक हित सुरक्षा र सुविधा उपलब्ध गराउने लगायतका उद्देश्यहरु संस्थाले राखेको छ ।  
राष्ट्रिय नीति निर्माणमा सहयोग गर्ने लगाएतका कार्य गर्ने संस्थाले बताएको छ । संस्थाको तदर्थ समितिको उपाध्यक्ष टेकबहादुर खड्का, महासचिव पूर्णदेव अधिकारी, कोषाध्यक्ष खगेन्द्र के.सी, सचिवमा धर्मराज भण्डारी तथा सदस्यहरुमा तिलक आचार्य, लोकप्रसाद दाहाल, प्रेमप्रकाश आचार्य र कल्पना लामिछाने रहेका छन् ।  

No comments:

Post a Comment