Friday, February 24, 2012


शाखालाई क्षेत्रीय बनाउन पहल 
सुर्खेत, ११ फागुन
नेपाल पत्रकार महासंघको सुर्खेत शाखालाई क्षेत्रीयस्तरको बनाउन शाखाकार्य समितिले पहल थालेको छ । महासंघको मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय रहेको सुर्खेत शाखामा पुस्तकालय, क्षेत्रीय स्तरको अनुसन्धान तथा तालिम केन्द्र बनाउने पहल थालिएको हो ।
यसै सन्दर्भमा महासंघ सुर्खेतका पदाधिकारी र सल्लाहकार समेतको टोलीले बिहिबार वीरेन्द्रनगरमा सभासदहरुसंग सहयोगका लागि छलफल गरेको छ । छलफलमा एकिकृत माओवादीका सभासद मंगल विक, का“ग्रेसका खड्गबहादुर वस्याल र एमालेका कमला शर्माले महासंघको अभियानलाई सक्दो सहयोग गर्ने वचन दिएका छन् ।
संसद विकास कोषबाट अहिले नै सहयोग गर्ने अवस्था नभएकाले मन्त्रालय र केन्द्रिय तहबाट सम्भावित आर्थिक सहयोग जुटाउन सहयोग गर्ने आश्वासन सभासदहरुले दिएका छन् कार्यक्रममा महासंघका केन्द्रिय सदस्य सूर्यमणि गौतमले सुर्खेतलाई क्षेत्रीय मात्र नभई प्रान्तीय राजधानीका रुपमा स्थापित गर्नका लागिपनि महासंघको पूर्वाधार महत्वपूर्णहुने उल्लेख गरे । 
यस्तै महासंघका सल्लाहकार मोति पौडेल र श्रीधर पौड्यालले विगतमा सबैको सहयोगमा महासंघको भवन बनाइएको उल्लेख गर्दै अबपनि सहयोगको अपेक्षा लिएको बताए । यसैगरी महासंघ सुर्खेतका अध्यक्ष दुर्गा थापाले श्रमजीवी पत्रकाहरुकोसाझा संस्था पत्रकार महासंघको एक्लो प्रयासले मात्र सम्भव नहुने भन्दैसबैको साथ सहयोग चाहिने बताए । वीरेन्द्रनगर–९ आवास क्षेत्रमा रहेको महासंघको भवनमा अर्को एक तल्ला थपेर क्षेत्रीय स्तरको संरचना निर्माणको प्रयास भईरहेको सचिव गणेश कार्कीले जानकारी दिए । त्यसका लागि जिल्ला विकास समिति, नगरपालिकालगायतका स्थानीय निकाय र केन्द्रिय स्तरमा पनि लविङ चलिरहेको उनले बताए ।

No comments:

Post a Comment