Monday, February 6, 2012

अवकास रोजेका लडाकूको चेक खोसियो
दीपक बुढाशनिबारबाट सुरु भएको लडाकु विदाई कार्यक्रमको दोस्रो दिन चेक खोसिएको छ । पार्टी संचालन, अयोग्य लडाकूलाई दिनुपर्ने भन्दै सुर्खेतको दशरथपुर स्थित छैटौ डिभिजनका कमाण्डरले चेक खोस्ने काम गरेको स्रोतले जानकरी दिएको छ । माओवादी लडाकूको छैटौ डिभिजनबाट विदा भएर घर जान लागेका २५ जनाको चेक शिविरका कमाण्डर प्रज्वल र एटमले लुटेका छन् । ‘कमाण्डर प्रज्वलले पार्टी संचालन गर्न भन्दै ४० प्रतिशत रकम दिनुपर्ने रोलकालमा उपस्थित सेनालाई निर्देशन दिएका थिए’–एक लडाकूले भने । अवकास रोजेका लडाकू र बिदामा रहेका लडाकूहरुको चेकबाट रकम काटनका लागि निर्देशन दिनेकाम भएको जनाईएको छ । अवकास रोजेका लडाकूले आफुले पाएको चेक दिन नमानेपछि डिभिजनको मूल गेटबाट खोस्ने काम भएको जनाईएको छ । स्वच्छीक अवकास रोजेका चन्द्रबहादुर थापा, रुपबहादुर बुढा, रामचन्द्र धमला, हरिबहादुर बम, पौरख मल्ल लगायतका २५ जनाको चेक कमाण्डरले लुटेर लगेको पौरखले जानकारी दिए । पौरखले भने ‘चेक बुझेर घर फर्कन लागेका थियौं, कमाण्डरले चेक दिन्छौं कि बल प्रयोग गरौं भन्दै धम्क्याएर चेक खोसेर लगे । यसबारेमा बुझ्न मोबाईल मार्फत सम्पर्क गर्दा एटमले यसबारेमा पछि कुरा गर्छु भन्दै मोबाईल काटिदिए ।’ चेक खोसिएका लडाकूहरुले कमाण्डरबाट भएको त्यस्तो व्यवहारको विरोध जनाएका छन् । पार्टीका नाममा भएको लुटले थप गम्भीर समस्या उत्पन्न हुन सक्ने चेतावनी समेत दिएक छन् । स्वैछिक अवकासमा जाने माओवादी लडाकुलाई चेक वितरण गरिरहेकै अवस्थामा ५० जना जति अयोग्य लडाकु शिविरभित्र छिरेर तोडफोड गरेका छन् । लडाकु संयोजन विशेष समिति सचिवालय छैटौं डिभिजन दशरथपुरका संयोजक दीपकप्रकाश भट्टका अनुसार ‘हाम्रा केही कुरा छन, तपाईंहरु यहा“बाट हटनुहोस भन्दै तोडफोड गरे । तोडफोडबाट ४ वटा पाल च्यातिएका छन भने तीनवटा ल्यापटप क्षतिग्रस्त भएका छन । टेबुल कर्सी फालिएका छन । भट्टले भने, ‘अहिले काम पूर्णरुपमा अवरुद्ध भएको छ । हामी काम गर्नसक्ने अवस्थामा छैनौं ।’ तोडफोडमा संलग्नलाई कारबाही गरी सुरक्षाको व्यवस्था मिलाउन समितिले माग गरेको छ । यस विषयमा सचिवलाय संयोजक वालानन्द शर्मालाई टेलिफोन मार्फत जानकारी गराइएको भट्टले जानकारी दिए । दुबै पक्षविच भएको झडपमा परी शिविर रेखदेद समिति सदस्य एवंम् प्रहरी निरिक्षक विश्व ढकालको हातमा चोट लागेको जनाईएको छ ।  दशरथपुर स्थित छैटौ डिभिजनमा तीन समूहले फरक फरक माग पत्र पेश गरेका छन् । छैटौ डिभिजन मुख्यालय, विशेष समिति सचिवालय र नेपाल सरकारलाई माग पेश गरिएको हो । बहिरगमनमा परेका लडाकू, घाईते तथा अपाङग लडाकू र  वटालियन कमाण्डरहरुले छुट्टा छुट्टै माग राख्दै मागपत्र पेश गरेका छन् । माग पुरा नभए विदाईको प्रक्रिया अवरुद्ध पार्ने चेतावनी समेत दिएका छन् । घाईते तथा अपांग योद्धा संघ छैठौ डिभिजन कमिटी पश्चिम कमाण्ड संयोजक खगेन्द्र विष्टले विभिन्न ८ बुद्धे माग राखेका छन् । घाईते तथा अपाङ व्यक्तिहरुलाई आजिवन उपचारको व्यवस्था गरिनुपर्ने, आजिवन पेन्सनको व्यवस्था गर्नुपर्ने, प्रमाणिकरणमा छुटेका घाईते तथ अपाङग, अयोग्य गराईएका लडाकूलाई जनमुक्ति सेना सरह सुविधा दिनुपर्ने माग राखिएको छ । त्यस्तै घाईतै तथा अपाङग लडाकूलाई राज्यतर्फबाट परिचय पत्रको व्यवस्था गरिनुपर्ने, घाईते तथा अपाङग लडाकूका छोरा छोरीलाई निशुल्क पठन पाठनको व्यवस्था गर्नुपर्ने, स्वच्छिक अवकासमा जा“दा राज्यले दिने रकम एक्मुष्ट उपलब्ध गराउनुपर्ने, घाईते तथा अपाङग लडाकूलाई गास, बासको ग्यारेन्टी गरिनुपर्ने माग राखिएको छ ।  मागका सम्बन्धमा सम्बन्धीत पक्षले माघ २४ गते सम्म पुरा नरेमा स्वच्छिक विदाईको प्रक्रियामा सहभागि नहुने, विदाई प्रक्रियामा अवरोध सृजना गर्ने चेतावनी दिएका छन् ।  त्यस्तै छैठँै डिभिजन

No comments:

Post a Comment