Saturday, February 25, 2012


पोल्टीफार्मले धानेको औद्योगिक क्षेत्र
तीन दशकदेखी स्तर उन्नति हुन सकेन

खेमराज वली 
सुर्खेत, १२ फागुन
सुर्खेतको एक मात्र औद्योगिक क्षेत्र पोल्टीफार्मले धानेको छ । औद्योगिक क्षेत्रमा सबैभन्दाबढी पोल्टीफार्मको संख्या रहेको छ । अन्य उद्योगका लागि उपयुक्त स्थल, वातावरण, पूर्वाधार नहु“दा अन्य उद्योगको संख्या शुन्य जस्तै रहेको छन् भने औद्योगिक क्षेत्रमा पोल्टीफार्मको संख्या मात्रै धेरै रहेको छ ।
हाल औद्योगिक क्षेत्रमा दुई वटा टेक्स टाईल (कपडा) उद्योग, २ वटा का“स तथा स–मिल, २ वटा हातेकागज उद्योग, एउटा फर्निचर उद्योग, ४ वटा पोल्ट्रिफार्म तथा फिड उद्योग, एउटा फुड (स्वायविन) उद्योग, ४ वटा अटो तथा इन्जिनिरियङ उद्योग, एउटा  प्लाष्ट्रिक उद्योग, एउटा प्लाईउड उद्योग लगाएत उद्योग सञ्चालन भएका छन् । 
स्थापनाको ३० बर्ष वितिसक्दा समेत वीरेन्द्रनगर औद्योगिक क्षेत्रको अवस्था उस्तै रहेको छ । मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम सुर्खेतमा रहेको एक मात्र वीरेन्द्रनगर औद्योगिक क्षेत्र नामको मात्र औद्योगिक क्षेत्र भएको छ ।  विक्रम सम्बत २०३८ सालमा डेनमार्क सरकारको सहयोगमा स्थापना गरिएको यो औधोगिक क्षेत्रले उद्योगहरुको प्रचुर सम्भावना रहेता पनि केही काम गर्न सकेको छैन् ।
मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा विभिन्न घरेलु उद्योगहरुको संचालनका लागी कच्चा पदार्थ प्रशस्त पाईने भएकाले स्थापना गरिएको वीरेन्द्रनगर औद्योगिक क्षेत्रले स्थापनाको तीन दशकसम्म पनि उस्तै छ । ९० रोपनी क्षेत्रफलमा फैलिएको क्षेत्रमा २५ वटा उद्योग दर्ता भएपनि अहिले १८ उद्योगहरु मात्र चालु अवस्थामा छन् । भने २ वटा उद्योग बन्द भईसकेका छन् ।  अहिले यस क्षेत्रमा अधिकाशं सःमिल र कुखुरा फर्ममात्र रहेका छन् । 
औद्योगिक क्षेत्रका कार्यालय प्रमुख तुलबहादुर रानाक्षेत्रीले घरेलु उद्योगको प्रचुर सम्भावना भएपनि प्रयाप्त पूर्वाधारको अभावमा केही पनि हुन नसकेको बताए । उनले औद्योगिक क्षेत्रले निजी क्षेत्रको दुई करोड २५ लाख र औद्योगिक क्षेत्रको ९० लाख गरि कुल तीन करोड १५ लाखको लगानी रहेको यस ओद्योगिक क्षेत्रले बार्षिक ५ लाख राजश्व तिर्दै आएको बताए ।
वीरेनद्रनगर औद्योगिक क्षेत्रमा पोल्टीफार्म संचालक कृष्णवहादुर राईले राज्यले औद्योगिक क्षेत्रमा दिनुपर्ने बिजुली, पानी लगायतका सेवा सुविधाहरु नदिएका कारण औद्योगिक क्षेत्र नाममा मात्र सिमीत रहेको बताए । उनले औद्योगिक क्षेत्रमा १३२ केभिए लाइनको विद्युत आवश्यक पर्ने भएपनि अहिले मात्र ३२ केभिएलाईनको विद्युत आपूर्ति भैरहेको बताए । विना सूचना बेला बेलामा विद्युत आपूर्ति बन्द हु“दा उद्योगिहरुलाई समेत गाह्रो परेका उद्योगिहरुको भनाई छ । सरकारी वेवास्तका कारण वीरेन्द्रनगर उद्योग स्थापना भएको ३० बर्ष भईसक्दा पनि संञ्चालन हुने र बन्द हुनेक्रम जारी रहेको छ । 
विगतदेखि नै यो प्रक्रिया चलिरहेको हो । उद्योग करिब ७ विगाहा (९० रोपनी) जग्गा अधिग्रहण गरी स्थापना गरीएको हो । आर्थिक विकासको सबैभन्दा महत्वपूर्ण क्षेत्र उद्योग हो तर सुर्खेतमा उद्योग स्थापना हुने र बन्द हुने गरेका छन् । त्यसमा पनि वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा स्थापना भएका उद्यँेगहरु सबै साना तथा घरेलु प्रकृतिका रहेको कार्यालयका प्रमुख रानाले बताए ।   
उनले उद्योगका लागि चाहिने औद्योगिक भवन, विद्युत, पानी लगायतका सुविधाहरु, सस्तो र सुलभ भाडामा उपलब्ध गराउ“दा पनि औद्योगीक क्षेत्रभित्र आसातित रुपले उद्योगहरु प्रबद्र्धन हुन नसकेको बताए ।  विगतको तुलनामा हाल क्षेत्रभित्र उद्योग स्थापनाको चाप बढी रहेको कारण औद्योगिक क्षेत्रले उद्योगलाई  उपलब्ध गराउन सक्ने औद्योगिक जमिन उपलब्ध गराउन सकेको छैन् । जमिन पूर्णरुपमा भाडामा गइसकेको कारण थप नया“ उद्योग स्थापना हुन चाहने उद्योगको लागि जग्गा नभएको ह“ुदा नया“ उद्योग स्थापना हुुनबाट बञ्चित भएको समेत रानाले बताए ।  
उनले यो समस्याका लागि सम्बिन्धित सरोकारवाला सबैपक्षको सामुहिक पहलबाट नया“ औद्योगिक ग्रामको स्थापनाको तड्कारो खा“चो रहेको समेत बताए । ‘एकातिर नया“ उद्योग  स्थापनाका लागि जमिनको माग अत्यधिक बढि रहेको छ भने अर्काे तर्फ क्षेत्रभित्र स्थापना भएका उद्योगहरुको स्तर उन्नती हुन नसकिरहेको छैन् ।’–कार्यालय प्रमुख रानाको भनाई थियो । 
सुर्खेत जिल्लामा विकास र विस्तार गर्नको लागि सरकारी क्षेत्र र निजी क्षेत्रको नितान्त आवश्यक भएको छ  । सरकारी क्षेत्रबाट उद्योग विकासको लागि आवश्यक पर्ने औद्योगिक वातावरण (सुविधायुक्त सडक, भरपर्दाे विजुली, औद्योगिक सूचना केन्द्र, प्रयाप्त पानी, औद्योगिक जनशक्ति उत्पादन संस्थाहरु) लगाएत आवश्यक पूर्वाधारहरुको निर्माण तथा उद्योग मैत्री निती तथा नियमहरुको तर्जुमा गर्नुपर्ने देखिन्छ ।  
साथै निजि क्षेत्रले पनि उद्योग स्थापना पूर्वनै आवश्यक अध्ययन तथा अनुसन्धान गरि योजनाबद्ध ढङ्गबाट उद्योग  स्थापना गर्नुपर्ने उद्योगीको भनाई रहेको छ । तत्पश्चात ब्यावसाहिक दक्षता अभिबृद्धि गर्दै समयसापेक्ष प्रतिष्पर्धात्मक क्षमता बृद्धि गर्दै वैज्ञानिक ढङ्गबाट उद्योग स्थापना गर्ने, विधि र संस्कारको विकास हुन सकको खण्डमा उद्योगको सफलताभई समग्र देश र जनताले प्रतिफलको अनुमति लिन सकिने व्यापारीहरुको भनाई रहेको छ । 

No comments:

Post a Comment