Saturday, February 11, 2012


अनिवार्य तथा निःशुल्क प्रदायकमा कल्याण सातौं

दीपक बुढा½ 
सुर्खेत (कल्याण), २८ माघ½ 
आधारभूत तहको शिक्षा अनिवार्य तथा निःशुल्क घोषणा गर्नेक्रममा कल्याण गाउ“ शिक्षा समिति सातौं स्थानमा परेको छ । कल्याण गाउ“ शिक्षा समितिले गाविस भित्रका सम्पूर्ण विद्यालय र सेवा क्षेत्रभित्रका ५ देखि १२ बर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमा भर्ना गरेको छ । सत प्रतिशत विद्यालयमा भर्ना गर्न सफल भएपछि  कल्याण सातौं स्थानमा परेको हो । साथै विद्यालयमा भर्ना भएका बालबालिकाहरुबाट कुनैपनि शुल्क नलिने गाउ“ शिक्षा समितिले प्रतिबद्धता सहित घोषणा समेत गरेको छ । 
शनिबार एक कार्यक्रमबीच गाउ“ शिक्षा समितिको आयोजनामा गाविसमा आधारभूत तहको शिक्षा अनिवार्य तथा निशुल्क घोषणा गरिएको छ । गाविस स्तरीय राजनीतिक दलका प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक ले सामूहिक रुपमा प्रतिबद्धता सहित घोषणा गरेका हुन् । 
घोषणालाई कार्यान्वयन गर्न प्रत्येक बर्ष गाविसमा आउने बजेटको १० प्रतिशत शिक्षामा छुट्टयाईने भएको छ । गाउ“ शिक्षा समितिको जोड कोषमा जम्मा भएको रकमबाट विपन्न समूदायका अभिभावकलाई आयआर्जनमूलक कार्यमा सहयोग गर्ने जनाईएको छ । गाउ“ शिक्षा समितिका सचिव नारायण तिवारीले भने–‘छात्रवृत्ति स्वरुप अभिभावकलाई नगद रुपैया“ बा“डदा त्यसको दुरुपयोग हुन्छ । त्यसैले अभिभावकलाई आयआर्जन तर्फ प्रेरित गर्ने योजना छ’–उनले थपे ‘अभिभावकको रुची, क्षमता अनुसारका सिपमूलक तालिम र व्यवसाय गर्न ऋण उपलब्ध गराउनेछौं ।’ 
गाउ“ शिक्षा समितिले घोषणा पछि आधारभूत तहका शिक्षाका लागि विद्यार्थीहरुसंग कुनैपनि शुल्क नलिने भएको छ । विद्यालयको वातावरण बालमैत्री तथा सिकाईमैत्री बनाईने छ । प्रत्येक बर्ष विद्यालयहरुले सेवा क्षेत्रभित्र शैक्षिक तथ्यांक संकलन गरी विद्यालय उमेरका बालबालिकाको खोजि गर्नेछन् । साथै विद्यालयको सुधार योजना निर्माण गरिनेछ ।  गाउ“ शिक्षा समिति मार्फत जोडकोषको व्यवस्था हुनेछ । विद्यालयमा प्रवेश गरेपछि १० बर्षमा कक्षा १० उत्तीर्ण हुने वातावरण विद्यालयलेनै मिलाउनेछ । गाविस भित्र कुनैपनि बाल मजदुर राखिनेछैन भने बालविवाहलार्ई पूर्णरुपमले अन्त गर्ने गाउ“ शिक्षा समितिले नीति बनाएको छ ।
गाविसलाई अनिवार्य तथा निःशुल्क शिक्षा प्रदायक घोषणा गर्नुपूर्व विद्यालयको सेवाक्षेत्रको शैक्षिक सूचना र तथ्यांक संकलन गरिएको थियो । घोषणाको सान्दर्भिकताका बारेमा छलफल गरिएको थियो । शैक्षिक गुणस्तर र प्रगतिको बारेमा समिक्षा सहित कार्यनिर्देशिका उपसमिति गठन गरिएको छ । गाविसबाट २८ हजार विनियोजन गरि जोडकोषको व्यवस्था गरिएको छ ।  प्रचार प्रसार लगायतका क्रियाकलापहरु संचालन गरिएको थियो । त्यसैगरी विभिन्न समिति तथा उपसमिति  समेत गठन गरिएको थियो । गाउ“ शिक्षा समितिले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणालाई कार्यान्वयन गर्न सरोकारवाला सबैको भूमिका प्रष्ट पारेको छ । विद्यालयहरुले सेवा क्षेत्रको तथ्यांक संकलन गरी सबै बालबालिकालाई विद्यालयमा भर्ना गर्नेछन । शिक्षकले गुणस्तरीय, भयरहित शिक्षा प्रदान गर्नेछन् । अभिभावकले आ–आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गर्नेछन् । राजनीतिक दलहरुले गाविसको बजेट विनियोजन गर्दा गाउ“ परिषद मार्फत शिक्षामा धेरै भन्दा धेरै बजेट छुट्टयाउनेछन् ।  अनिवार्य तथा निःशुल्क शिक्षा प्रदायक गाविस घोषणा पत्रमा यसरी सबै पक्ष र क्षेत्रको भूमिलाई प्रष्ट पारिएको छ  ।
कल्याण गाविस भित्र ६ वटा प्रावि, दुई वटा निमावि र एउटा उच्च मावि गरी ९ वटा विद्यालय रहेका छन् । एक हजार दुई सय १४ घरधुरी रहेको कल्याण गाविसको जनसंख्या ६ हजार ६ सय ७३ रहेको गाउ“ शिक्षा समितिका सचिव नारायण तिवारीले जानकारी दिए । ९ वटा विद्यालय सेवा क्षेत्रबाट प्राप्त तथ्यांक अनुसार ५ देखि १२ बर्ष उमेर समूहका एक सय ६२ जना बालबालिका रहेकोमा एक जना अर्धचेत अवस्थाका बालक बाहेक अरु सबै बालबालिका विद्यालय गईरहेको सचिव तिवारीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । विद्यार्थी उत्तीर्ण दर ७४.८४  प्रतिशत, कक्ष्ाँ दोहो¥याउने दर १८.३८ 
प्रतिशत, कक्षा १ दोहो¥याउने दर ३२ प्रतिशत, विद्यार्थी औषत उपस्थिति एक सय ६१, कक्षा संचालन दिन १ सय ८८ दिन, बाल विकास केन्द्रबाट कक्षा एकमा आउने दर ४१ प्रतिशत रहेको जनाईएको छ ।
घोषणा सभामा बोल्दै निमित्त जिल्ला शिक्षा अधिकारी तथा उपसचिव दिपा हमालले घोषणा गरेर मात्रै नहुने बताउदै स्थानीय अभिभावक, राजनीतिक दल सबैको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहा“ले भन्नुभयो–‘जिशिका मार्फत गाउ“ शिक्षा समिति, विद्यालयलाई आयआर्जनमूलक कार्यमा सहयोग हुन्छ तर तपाईहरु योजना लिएर आउ“नुपर्छ ’  ‘विद्यालयको शिक्षालाई गुणस्तरीय र भयरहित बनाउनुपर्ने देखिनछ’–उहा“को भनाई थियो । नेपाल शिक्षक युनियन सुर्खेतका अध्यक्ष धनसिंह खड्काले राजनीतिक दलको प्रतिवद्धता प्रशंसनिय भएको बताउ“दै ‘यो कार्यक्रम नेपाल सरकार, शिक्षा मन्त्रालय, शिक्षा विभाग को हो तर स्थानीयबासीनै सक्रियतापूर्वक लागेकाछौं’ । यसलाई जिल्लाव्यापी रुपमा लैजानुपर्ने समेत उहा“को भनाई थियो ।
घोषणा सभामा जिल्ला शिक्षा कार्यालयका उपसचिव भक्तबहादुर खड्का, समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्य, सचिव चौहानसिं राना, नेपाल शिक्षक संगठनका अध्यक्ष शिवप्रसाद उपाध्याय, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य शान्ति ढकाल, नेपाल शिक्षक संघका अध्यक्ष पद्यमप्रसाद गौली, नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष दुर्गा थापा लगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए ।

यस अघि जिल्लाका ६ वटा गाउ“ विकास समितिले निःशुल्क तथा अनिवार्य शिक्षा प्रदायक घोषणा गरिसकेका छन् । यस अघि गर्पन, दशरथपुर, रामघाट, कुनाथरी लाटीकोइली, बावियाचौरलाई अनिवार्य तथा निःशुल्क प्रदायक गाविसका रुपमा घोषणा गरिएको थियो ।

No comments:

Post a Comment