Tuesday, February 28, 2012


सुत्केरीको योनी  सिलाईयो
½बाँके, १६ फागुन½
शल्यक्रिया गर्दा बिरामीको पेटभित्रै कै“ची छुटेको घटना सेलाउन नपाउ“दै अस्पतालको लापरबाहीको अर्को घटना सार्वजनिक भएको छ । भेरी अञ्चल अस्पतालको चरम लापरबाहीका कारण एक सुत्केरी महिलाको शल्यक्रिया गर्दा योनी समेत सिलाइको घटना सार्वजनिक भएको छ । 
बा“केको सम्शेरगञ्ज ४ की  १७ वर्षिया दिपा थारको सुत्केरी अवस्थामा अप्रेशन गर्दा योनीको धेरै जसो भाग समेत सिलाएको पीडितका श्रीमान गणेश थारले जानकारी दिए । थारका अनुसार दिपाको पिसाब गर्न अंगबाहेकको भाग सिलाइएको छ ।   
दिपाको गत पौष १९ गते बिहान भेरी अञ्चल अस्पतालमा शल्यक्रिया भएको थियो । पिसाब गर्नमिलेका कारण घटना ढिलो मात्र थाहा पाएको थारको भनाई छ ।   सिलाइएको स्थानमा घाउ बढ्दै गएको थारले जानकारी दिए । 
पीडितका श्रीमानले लापरवाही गर्ने डाक्टरलाई कारवाही हुनुपर्ने र अस्पतालले क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् । भेरी अञ्चल अस्पतालका प्रमुख डा. नरेन्द्र कुमार रायले अन्जानवश यस्ता घटनाहर यदाकदा हुने भएपनि यसबारे आफूले बुझ्ने बताएका छन् ।

No comments:

Post a Comment