Tuesday, January 3, 2012

 शिक्षकले तलब खान पाएनन
देउलासिह ठकुरी कालीकोट । पौष १८   
बार्षिक परीक्षा सकेर तलब बुझि हिउदे बिदामा घर जाने तयारी सहित सदरमुकाम आएका कालीकोटका शिक्षकहरुले समयमै तलब पाउन नसकि मर्कामा परेका छन । राज्यले दिएको सबै सेवा सुबिधा निजामति कर्मचारीहरुले उपभोग गरेपछि मात्र शैक्षिक सुधारका सम्बाहक मानिने शिक्षकको पालो पछि आउने प्रचलन कालीकोटकालागि नौलो भने हैन । हिउदे बिदा हुन २ दिन मात्रै बाकी रहदा मावि, निमाबि तहको तलब निकासा भएपनि प्रा बि तहका ४ सय ५३ दरबन्दि र २ सय २५ राहत शिक्षकहरुकालागि जिल्ला विकास समिति बाट अख्तियारी नआए सम्म तलब खान नपाउने भएपछि मर्कामा परेका हुन । प्राबि तहको तलब निकासाकालागि जिविसबाट दिने ब्यबस्था भएपनि जिविस स्थानिय विकास अधिकारी बिहिन हुदा समयमै तलब निकासा हुन नसकेको हो । मावि, निमावि को केहि दिन भित्रै बैंकमा जाने भएपनि प्रावि तहको लागि चाहिन ५ करोड रकमको जिविसबाट अख्तियारी नआउने बेला सम्म तलब भक्ता निकासा हुन नसक्ने र अन्य बिकल्प नरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।स्थानिय बिकास अधिकारीको छिटै ब्याबस्था गरि शिक्षकहरुको समस्यालाई हल गराउन शिक्षक यूनियनको नेतृत्वमा शिक्षकका पेसागत संघ सगठनका पतिनिधिको एक टोली आजै जिल्ला प्रशासन कार्यलयमा पुगि अनुरोध गरेको छ ।

No comments:

Post a Comment