Thursday, January 19, 2012

किशोरीको सव भेटियो
½सुर्खेत, ५ माघ½
रत्नराजमार्ग अन्तरगत पर्ने भेरी पुल देखि करिब एक किलोमिटर तल बिहिबार एक किशोरीका सव भेटिएको छ । करिब १७÷१८ बर्षे किशोरीले बिहिबार दिउ“सो भेरी नदि पुलबाट हाम फालेर आत्महत्या गरेको प्रत्यक्ष दर्शी स्थानीयबासीन्दाले जनाएका छन् । भेरी पुलबाट हाम फालि आत्म हत्या गरेको भन्ने स्थानीयबासीन्दाले जानकारी दिए पनि प्रहरीले भने त्यसलाई पुष्टि गरेको छैन् । नाम, ठेगाना नखुलेकी ती किशोरीको सव  दिउसो ३ बजे स्थानीयबासीन्दा को सक्रियतामा प्रहरीले एक किलोमिटर तल भेटाएको थियो । गुरुङ, क्षत्री जातको किशोरी हुन सक्ने प्रहरीको अनुमान  रहेको छ । किशोरीको सब पोष्टमाटमका मध्यपश्चिम क्षेत्रीय अस्पतालमा ल्याईएको छ  । टेलिफोन सम्पर्कमा घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

No comments:

Post a Comment