Wednesday, January 25, 2012

डिवेट तालिम सम्पन्न
दीपक बुढा÷सुर्खेत
क्यँम्पस तथा उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरुका लागि आयोजित डिवेट तालिम बुधबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । एलायन्सफर सोसलडायलग काठमाडौंको आयोजनामा चार दिने डिवेट तालिम  सम्पन्न भएको हो । विद्यार्थीहरुमा अध्ययन गर्ने बानिको विकास गर्न, खोज अनुसन्धान सिप विकास गर्न र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो । तालिममा वीरेन्द्रनगरका १२ वटा उच्च मावि तथा क्याम्पसबाट २४ जना युवाहरुको सहभागिता रहेको थियो । तालिम प्रश्चात गरिएको ‘सरकारी विद्यालयमा शिक्षण गर्ने शिक्षकहरुले नीजि टयूसन कक्षाहरु सञ्चालन गर्नुले नेपालको विद्यालय शिक्ष्ाँको गुणस्तरमा गिरावट आएको छ’ विषयक डिवेट प्रतियोगितामा  जस्मिन के.सी. को समूहले उत्कृष्ट  स्थान प्राप्त गरेको थियो । तालिमको सहजिकरण एएसडी काठमाडौंका श्रीराम बजगाई र सुर्खेतका डिवेटर विनोद लम्साल, दिपक बुढा, निर्मल भण्डारी, यामराज भुषाल, असिरन खातुन लगायतले गरेका थिए । सहभागिलाई प्रमाणपत्र, उत्कृष्ट समूहलाई पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै एएसडी काठमाडौंका प्रतिनिधी श्रीराम बजगाईले युवाहरुको क्षमता विकास गर्दै सृजनशिलतातर्फ प्रेरित गर्न निरन्तर रुपमा यस किसिमका तालिम, गतिविधिहरु सञ्चालन गर्ने जानकारी दिएका थिए ।

No comments:

Post a Comment