Friday, January 27, 2012

क्षेत्रीय खेलकुद छनोट सुरु
 
सुर्खेत, १२ माघ
राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि क्षेत्रयि स्तरको छनोट प्रक्रिया वीरेन्द्रनगरमा बिहिबार देखि सुरु भएको छ । महिला भलिबल, कपर्दी र भारतोलनको क्ष्ँेत्रीय स्तरको खेलकुद प्रतियोगिता सुरु भएको हो । बिहिबार एक कार्यक्रमवीच प्रतियोगिताको उद्घाटन गरिएको छ ।  क्षेत्रीय खेलकुद समिति अध्यक्ष अकलबहादुर बमले छनोट चरणको  क्षेत्रीय स्तरको खेलकुद उदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले भने–‘खेलाडीले मध्यपश्चिम क्ष्ँेत्रलाई खेलकुदको क्षेत्र भनि चिनाउनुपर्छ’ । खेलका माध्यामबाट राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए । विगतका राष्ट्रिय स्तरको खेलकुद छनोट प्रक्रिया भन्दा यस पटक फरक तरीकाले छनोट गरिने उनले जानकारी दिए । जिल्लामा छनोट प्रतियोगिता गराएर, क्षेत्रमा र क्षेत्रबाट छनोट गरेर राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गराउने प्रक्रिया थालिएको छ । उक्त प्रक्रियामार्फत ग्रामिण तहका खेलाडीले समेत आफ्नो प्रतिभा प्रदर्शन गर्न  सहयोग मिलेको जनाइएको छ । खेलाडीलाई भत्ता बृद्धि गरिएको क्षेत्रीय खेलकुद समितिका अध्यक्ष बमले जानकारी दिए । वीरेन्द्रगरमा सुरु भएको महिला भलिबल छनोट प्रतियोगितामा मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १५ जिल्लाका एक सय ५० जना महिला भलिबल खेलाडीहरु सुर्खेतमा भेला भएका छन् । त्यसैगरी कपर्दी महिला र पुरुष छनोट प्रतियोगिताका लागि पा“च जिल्लाका एक सय खेलाडी सुर्खेत आएका छन् । भने भरतोलनको महिला र पुरुष छनोट प्रतियोगितामा सहभागि हुने खेलाडीहरु आइपुगेका छैनन् । भारोत्तोलन खेलको छनोट शनिबारदेखि सुरु हुने जनाइएको छ । सुर्खेतमा सुरु भएको भलिबल, कपर्दी र भारोत्तोलन खेलको छनोट प्रतियोगिताका लागि सुर्खेत जिल्ला खेलकुद विकास समितिले व्यवस्थापन गरिरहेको छ । पहिलो दिन बिहिबार महिला भलिबल प्रतियोगिता अन्तर्गत लिग चरणका ८ वटा खेल सम्पन्न भएका छन् । बा“के, दाङ, सुर्खेत, रोल्पा, प्यूठान, जुम्ला, कालिकोट पहिलो दिनको छनोट चरणमा विजयी भएका छन् । बा“के  र सल्यानकाबिचमा भएको खेलमा बा“के विजयी, रोल्पा र मुगुबिचमा भएको खेलमा रोल्पा विजयी, प्युठान र जाजरकोटबिचको खेलमा प्युठान विजयी भएका छन् । त्यसैगरी कालिकोट र बर्दियावीच भएको खेलमा कालिकोट विजयी, सुर्खेत र डोल्पाबिचको खेलमा सुर्खेत विजयी, दाङ र रुकुम बिचको खेलमा दाङ बिजयी भएका छन् । जुम्ला र हुम्लाबिच भएको खेलमा जुम्ला विजयी भएको जिल्ला
खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष डिल्ली सुवेदीले जानकारी दिए । कपर्दी तर्फको खेलको नतिजा भने दिइएको छैन् । धनगढीमा आयोजना हुन गईरहेको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मध्यपश्चिबाट २७ भन्दाबढी खेलमा सहभागि छनोट गरिने जनाइएको छ । क्षेत्रीय स्तरको छनोट प्रतियोगिता अन्तर्गत बा“केमा फुटबल, बर्दियामा बक्सीङ, कालिकोटमा पुरुष भलिबल प्रतियोगिता संचालन भैरहेको जनाइएको छ । भने अन्य खेलको छनोट प्रक्रिया केही दिन भित्र अन्य जिल्लामा हुने जनाइएको छ ।  सुर्खेतमा सुरु भएको छनोट चरणको खेल उदघाटन कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली सुवेदीको सभापतित्व सम्पन्न भएको थियो । उक्त कार्यक्रममा भलिबल संघका केन्द्रीय सदस्य शालिग्राम खड्का, टंकसिंह ठकुरी, नेपाली का“ग्रेस सुर्खेत सभापति तप्त्बहादुर विष्ट, एकीकृत माओवादीका सुर्खेत सहइन्चार्ज कृष्ण जिसी, नेकपा एमालेका सुर्खेत अध्यक्ष नवराज रावत लगायतले खेलाडीहरुलाई सफलताको शुभकामना दिएका थिए । बा“के जिल्लामा सुरु भएको फुटबल, कुस्ती, तेक्वान्दो र करा“ते तर्फ आयोजक बा“केले अग्रता कायम राखेको छ । छैटौं राष्ट्रिय प्रतियोगिताका लागि आईटीएफ तेक्वान्दो र फुलकन्र्याक्ट कराँतेतर्फ बा“केका सबै खेलाडी छनोटमा परेका छन् । शारीरिक सुगठनमा एकजना छाडेर सबै तथा कुस्तीतर्फको अधिकांश नतिजा पनि आयोजककै पक्षमा देखियो । ब्याडमिन्टन र ह्यान्डबलको स्पर्धामा मिश्रित परिणाम आएको छ । सुटिङमा पनि बा“केकै खेलाडी अगाडि देखिए । मार्स आर्टविधाका विभिन्न एकल तथा टिम खेल सकिएका छन् । आईटीएफ तेक्वान्दोको पुरुष फाइरिङतर्फ धर्मेन्द्र थापा, शंकर यादव, रेमन्त बुढाथोकी र विकास कश्यप सुदूरपश्चिममा हुने छैटौं राष्ट्रिय प्रतियोगिताका लागि छनोट भए । त्यस्तै पेटनतर्फ कुमार थापा, राजु चौधरी, जगदीश कार्की र भरत विक तथा महिलातर्फ हिमा खड्का छनोट भएको आईटीएफ तेक्वान्दोका प्रशिक्षक नन्दकिशोर बर्माले बताए । उनीहरु सबैले बा“के जिल्लाको प्रतिनिधित्व गरेका थिए । फुलकन्र्याक्ट करा“तेतर्फ अनिलकुमार थारु, सरोज केसी, पतिराम थारु, नृपबहादुर कु“वर र खुला तौल समूहमा तीर्थ चिडिमार छनोट भए ।  ब्याडमिन्टनको पुरुषतर्फ बा“केका नरेन्द्र थापा, रियाज अन्सारी, सुर्खेतका सुशील उपाध्याय र सुरेन्द्र केसी, राजु गहतराज र कुशल केसी तथा सल्यानका नेत्र ओली छानिए । महिलातर्फ बा“केका रेस्मा थापा, समा ईकवाल सिद्धिकी, दाङकी अनिता चौधरी र सुर्खेतकी सविता सापकोटा छनोट भएको ब्याडमिन्टनका प्रशिक्षक अनिल लाखेले बताए ।

No comments:

Post a Comment