Tuesday, January 10, 2012

सरकारी कार्यालयमा अनिवार्य सुचना अधिकारी राखिने
देउलासिंह ठकुरी÷कालीकोट
पौष २४ गते ।

कालीकोटका सम्पुर्ण सरकरी कार्यालयमा नागरिक वडापत्र र सुचनाअधिकारी अनिवार्य राखीने भएको छ  । ०६८ पुस २२ गते राजनितिक दल,कार्यालय प्रमुख र नागरिक समाजको समन्यात्मक वैठकवाट उक्त निर्यण गरिएको हो । प्रमुख जिल्ला अधिकारीको पहलमा पहिलो पटक  राखीएको वैठकले कार्यालय प्रमुख नहुदा पनि सजिलै सग जनतालाई सेवा उपलव्ध गराउने, प्रत्येक कार्यालयमा नागरिक वडापत्र  र सवैकार्यालयमा सुचना अधिकारी अनिवार्य राख्ने निर्यण गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालले जानकारी गराएका छन् । उनका अनुसार। प्रत्येक कार्यालयमा राखिएका सुचना अधिकारीले जनताका गुनासालाई प्रमुख जिल्ला अधिकारी कहा पुगाउने र सरकारी सेवा सुविधा वारे जानकारी गाराउने छन् । कार्यक्रममा राजनितिक दल र कार्यलय प्रमुख विचको मनमुटावलाई हटाई जिल्लालाई उगाडी वढाउने र प्राय जसो कार्यालय प्रमुख विहीन हुने परिपाटीलाई अन्त्य गर्ने सामुहीक प्रतिवद्धता समेत भएको छ ।
    हालै मात्र  जिल्लामा आएका स्थानिय विकास अधिकारी इन्द्र प्रसाद वस्यालले नेपाल सरकारले सर्वदलिय सनयन्त्र खारेज गरेपनी जिल्लामा राजनितिक दलहरुको पुरानै वोर्ड अनुसार काम कार्यवाही गर्ने वताए । उनले डिल्प प्रकरणमा मुछिएका पुर्व स्थानिय विकास अधिकारी हरीलाल पुरीलगाएतका ५ जनालाई अखितियारले सफाई दिएपनि जिल्ला विकासमा भएका प्रमाणको आधारमा विभागीए कारवाहीका लागी सिफारिश गर्ने जानकारी गराए । उता जिल्लाका विभिन्न कार्यलयहरुमा हुने ढिला सुस्तिहरु भई रहेको गुनासो नागरिक समाजका प्रतिनिधिले गरेका थिए । उता अधिकासं सरकारी कार्यालयका प्रमुखहरुले राजतिक दलहरुले जिल्लामा वस्ने वातावरण नवनाउने र जिल्ला वाहिर सेमिनार गोष्ठि आयोजना हुने भएकाले कार्यालयमा नियमित वस्न नसकेको गुनासो गरेका छन् ।
                                           
परिक्षा केन्द्र परिबर्तन गरिएको आपति जनाउदै जिशिकामा तनाब
देउलासिहं ठकुरी
कालीकोटको खस्कीदो परिक्षा प्रणालीमा सुधार ल्याउन सामाजिक संबाद समितिले होम सेन्टर परिबर्तन गर्ने गरेको निर्णय प्रति आपति जनाउदै उच्च मावि राराकाटिया बिधालय ब्यबश्थापन समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यको नेतृत्वमा सो गाबिसबाट आएको एक टोली र प्रहरि बिच समान्य झडपको स्थिति सृजना भएपनि १० दिनको समय तोकि निकास निकालिएको छ । सामाजिक संबाद समितिले गरेको निर्णय गलत भएको टिप्पणि गर्दै जिल्ला शिक्षा कार्यालयमा स्थानिय सुकाटिया गाबिस बाट आएको टोलीले २०६५ सालबाट स्थापना भएको राराकाटिया केन्द्र यथाबतै हुनु पर्ने माग राख्दै ताला लगाएपछि ताला खोल्ने क्रममा प्रहरिहरु सँग सामान्य झडप भएको हो । होम सेन्टर परीबर्तनको बिरोधी नभएको तर परीक्षा केन्द्र सारीएकोमा आफूहरुले बिरोध गरेको बताइएको छ । शिक्षकका पेशागत संघ संगठन राजनितिक दलका प्रतिनिधिहरु नागरिक समाजको सहभागितामा होम सेन्टर परिबर्तन गर्ने भनि गतबर्ष नै निर्णय पारित भएको थियो । जिल्लामा स्थापित १२ वटा परिक्षा केन्द्र यथाबतै रहेको परिक्षा प्रर्णालीमा एकरुपता सुरक्षा र अनुगमनलाई पारदर्शि बनाउन मान्म एरियामा ५, दाँहा एरियामा ३, रास्कोट एरियामा ४ वटा केन्द्र स्थापना गरिने सामाजिक संबाद समितिले निर्णय गरेको जिल्ला शिक्षा अधिकारि अणप्रसाद न्यौपानेले जानकारि दिनु भयो । केन्द्र सधैभरिको लागि परिबर्तन नभएको एस.एल.सि. परिक्षामा फर्जि बिधार्थि परिक्षा दिने परिक्षा केन्द्रमा जात्रा लाग्ने प्रबृति मौलाउदै गएपछि सो प्रबृतिको  अन्त्य गर्न एउटा केन्द्रका बिधार्थि अर्को केन्द्रमा गई परिक्षा दिने निर्णय भएको बताइएको छ । सामाजिक संबाद समितिको बैठक बसाली परिक्षा केन्द्रको बारे उठेको समस्या समाधान गर्ने गरि आन्दोलन र ताला बन्दिका कार्यक्रम फिर्ता लिने भनि जिल्ला शिक्षा कार्यालयमा पत्रकार, आन्दोलनकारी बिच सहमति भएको छ । कालीकोट जिल्ला शैक्षिक सुधारमा १० औं स्थानमा आएपनि गुणस्तरको हिसावमा खस्किदो  शैक्षिक स्थति देखिएकोले अहिले गरिएको निण्र्यले बिधार्थीमा एक बर्य दुख भएपनि भाबि सन्ततिका लागि राम्रो हुने देखिएको शिक्षासग सरोकार वाला  बताउछन ।


No comments:

Post a Comment