Monday, January 30, 2012

छनोट खेलमा दाङको अग्रता
 
दीपक बुढा
½सुर्खेत, १५ माघ½
आगामि फागुनमा धनगढीमा आयोजना  हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि वीरेन्द्रनगरमा भइरहेको क्षेत्रीय छनोट प्रतियोगिताको आईतबार भएको महिला भलिबल फाइनल खेलमा दाङ प्रथम भएको छ । दाङले फाईनलमा  जुम्लालाई पराजित गरेर प्रथम स्थान हा“सिल गरेको हो  भने जुम्लाले आईतबार भएको फाईनलमा  दाङ्गसंग पराजीत भएपछि दोस्रो स्थानमै चित्त बुझाएको छ । तेस्रो स्थान भने आयोजक सुर्खेतले प्यूठानलाई पराजित गरेर प्राप्त गरेको छ ।  बुधबार सम्पन्न भएको भारोत्तोलनका खेलहरुमा भने महिलातर्फको ४८ केजी तौलमा आयोजक सुर्खेतकै राजकुमारी चौधरी प्रथम भएकी छन् । सल्यानकी मनु रेउले द्धितिय भएकी छिन् ।  आक्ष्तबारैै भएको ५३ केजी तौलमा दाङ्गकी उमा चौधरी प्रथम, सुर्खेतकी दिपा चौधरी द्धितिय भएकी छन् । ५८ केजी तौलमा भने सुर्खेतकी निरु चौधरी प्रथम, सुर्खेतकै नम्रता चौधरी द्धितिय भएकी छन् । त्यस्तै ६३ केजी तौलमा दाङ्गकी राजकुमारी चौधरी प्रथम, सुर्खेतकी  दिलकुमारी चौधरी द्धितिय स्थान प्राप्त गरेकि छन् । ६९ केजी तौलमा दाङ्गकी कल्पना चौधरी प्रथम भएकी छन् भने ७५ केजी भन्दा माथी दाङ्गकै सावित्रि गुरुङ प्रथम भएकी छन् ।  पू्रुष तर्फको खेलमा बाँकेका लेखा शाहा प्रथम, दाङ्गका विष्णुसेन द्धितिय भएका छन् । त्यस्तै ६२ केजी तौलमा बाँकेका सुदननरसिांह राना प्रथम, बा“केकै सुर्यप्रकाश के.सी. द्धितिय र सल्यानका प्रेम चनारले तृतीय स्थान पाएका छन् । ७७ केजी तौलमा दाङ्गका केशव श्रेष्ठ प्रथम भएका छन् ।  ६९ केजी तौलमा सुर्खेतका कालीचण चौधरी प्रथम भएका छन् । बा“केका दिलिप प्रसाद अन्सारी द्धितिय भएका छन् । १०५ केजी भन्दा माथी तौलमा भने सुर्खेतका विकास नेपाली प्रथम भएका छन् । कपर्दीका खेलहरु भने शनिबार नै सकिएको आयोजकले जानकारी दिएको छ ।

No comments:

Post a Comment