Monday, January 23, 2012

नीजि बैंकहरु भित्रिनेक्रम जारी

दीपक बुढा
सुर्खेत जिल्लामा नीजि बैंकहरु भित्रिनेक्रम जारी रहेको छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेर सुर्खेतमा शाखा विस्तार गर्ने नीजि बैंक को संख्या १० पुगेको  पुगेको छ । ग्लोबल बैंक, कुमारी बैंक, बैंक अफ काठमाडौं, एसवीआई बैंक, एभरेष्ट बैंक, इन्भेष्टमेण्ट बैंक, एनएलआईसी बैंक, राष्ट्रिय सहकारी बैंक उपशाखा, छिमेकी लद्युवित्त बैंकले सुर्खेतमा आफ्नो शाखा कार्यालय स्थापना गरिसकेका छन् । भने क्षेत्रीय स्तरका बागेश्वरी बैंक, रारा विकास बैंक, का“क्रेविहार बैंकले समेत सेवा प्रवाह गरिरहेका छन् । साथै सरकारी राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडले समेत सेवा उपलब्ध गराउ“दै आएका छन् ।
सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको ३३ औं शाखा वीरेन्द्रनगरमा सञ्चालन भएको छ । सोमबार शाखाको भव्य समारोहका बीच बैंकका अध्यक्ष श्री प्रदिपजंग पाण्डेले समुद्घाटन गरेका छन् । यस शाखाले  उद्घाटनका दिनमै ४५ खाता खोली रु १ करोड भन्दा बढिको निक्षेप समेत  संकलन गरेको छ । यस  शाखाको स्थापनाबाट  उत्पादनशिल क्षेत्रमा कर्जा विस्तार गर्न र हुम्ला लगायतका मध्यपश्चिमका दुर्गंम जिल्लाका जनतालाई थप सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास अध्यक्ष प्रदिपजंग पाण्डेले व्यक्त गरे । उनले सुर्खेतको सदरमुकाम वीरेन्द्रनगर तथा यस क्षेत्रको वरपरका जनता र व्यबसायिहरुलाई अन्तर्राष्ट्रिय गुणस्तरको बैंकिङ सेवा दिने उद्देश्य लिएको यस बैंकको सुर्खेत शाखाबाट समेत ग्राहकहरुले आधुनिक बैंकिङ सेवा प्राप्त गर्न सक्ने बताए  ।
साथै उनले समारोहमा सुर्खेतले जडिबुटि, यातायात, जलबिद्युत, सिमेन्ट आदि क्षेत्रमा संभावना बोकेले सोही क्षेत्रमा बैंकको लगानी केन्द्रीत हुने उनले जानकारी दिए ।  बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले बैंकले नेपालका १४ वटै अञ्चलमा शाखा विस्तार गरी आप्नो सञ्जाल फैलाएको तथा ग्राहकको सेवामा अझ मजबुत ढंगले बिभिन्न सेवाहरु उपलब्ध गराउने बताए । बैंकले यस शाखाबाट रेमिट्यान्स सेवा, डा«फ्ट, टि.टी., भिसा ए.टि.एम.कार्ड सेवा, विभिन्न किसिम का कर्जा सुबिधाहरु तथा कुनै पनि शाखा
बाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराएको र  जिल्लाका उद्योगी तथा ब्यापारिहरुलाई देशभर ब्यापार सञ्चालन गर्न सहजता प्रदान गर्ने विश्वास लिएको  बैंकले बताएको छ । यस शाखाले  उद्घाटनका दिनमै ४५५ खाता खोली रु १ करोड भन्दा बढिको निक्षेप  पनि संकलन गरेको छ । समारोहमा नेपाल पत्रकार महासंघका क्षेत्रीय संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सूर्यमणि गौतम, उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष बिष्णुबहादुर शाही, उद्योग बाणिज्य संघ सुर्खेतका पूर्व अध्यक्ष निरक के.सी., सचिव प्रकाश अधिकारी, प्रथम उपाध्यक्ष पूर्णचन्द्र सापकोटाले समेत  सञ्चालित बैंकलाई शुभकामना दिएका थिए । बैंकका अध्यक्ष प्रदिपजंग पाण्डेको सभापतित्व र बैंकका कार्यकारी अधिकृत राजन सिंह भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न उदघाटन समारोहमा सरकारी कार्यालयका प्रमुखहरु, सुर्खेत जिल्लाका उद्योगी, ब्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । सो समारोहमा १७ जना राउटेहरुले साँस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरेका थिए ।

No comments:

Post a Comment