Tuesday, January 10, 2012

मस्लिम समुदायसँग स्वास्थ्यसम्बन्धी अन्तरक्रिया        
मोहम्मद आयतुल्ला रहमान
सुर्खेत, २६ पुस । स्वास्थ्य सेवाको पहुँचमा मुस्लिम समुदायको सहभागिता विषयक स्वास्थ्य प्रवद्र्वन तथा अन्तरक्रिया कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको आयोजनामा र निमित्त जिल्ला स्वास्थ्य प्रमुख गंगा घिमिरेको सभापतित्वमा मंगलबार विरेन्द्रनगरमा सम्पन्न भएको थियो ।
     कार्यक्रममा जिल्ला स्वास्थ्यबाट प्रदान गरिने स्वास्थ्य सेवाको बारेमा आगामी दिनमा संचालन गरिने हात्तीपाईले रोग विरुद्व औषधी ख्वाउने कार्यक्रमको बारेमा स्थायी परिवार नियोजनको बारेमा छलफल गरिएको छ । लाटिकोइली गाविस पिपिरा, बेलघारीमा भएको वधशालाको निर्माण गरिदिने, सामुदायिक वनसँग जग्गा माग गरी त्यही वधशाला निर्माण गर्ने जस्ता माग राख्दै मधिना मदर्शा व्यवस्थापन समितिका अध्यक्ष अहम्मद रज्जाले समुदायमै सबैभन्दा ठुलो स्वास्थ्य समस्या भएकोले गाविस र प्रशासनले ध्यान नदिएको गुनासो व्यक्त गरेका थिए ।  
४७ जनाको महिला तथा पुरुषको सहभागिता रहेको कार्यक्रममा कटुवा स्वास्थ्य कार्यालयका सिनियर अहेव कमला तिवारी र स्वास्थ्य शिक्षा टेक्निसियन अधिकृत बसन्तमान श्रेष्ठ लगायतले सहजिकरण गरेका थिए ।

No comments:

Post a Comment