Tuesday, January 31, 2012

दुई सातादेखि यातायात बन्द
क्षेत्रीय प्रशासक गैरजिम्मेवार

 
½सुर्खेत, १५ माघ½
छिन्चु–जाजरकोट सडकको खलंगा–सल्लीबजार खण्डमा दुई सातादेखि यातायात सुचारु हुन सकेको छैन् । व्यवसायीको सिन्डिकेट सम्बन्धि विबादका कारण यातायात सुचारु हुन नसकेको हो । सिन्डिकेट समस्या समाधान नहु“दा यात्रुहरुलाई सास्ती भएको छ । जिल्ला तहबाट समस्या समाधान नभएको उक्त विवादका विषयमा सरकारी स्तरबाट कुनै पहल भएको छैन् । जिल्ला प्रशासन कार्यालयलाई जिल्लाको शान्ति सुरक्षा, विवाद समाधान गर्ने, दुई पक्षविच छलफल चलाउने, अपराधको प्रकृति अनुसार कार्वाहि गर्ने अधिकार दिएको हुन्छ । तर जिल्ला प्रशासन कार्यालय सुर्खेत र जाजरकोटले त्यस सम्बन्धमा कुनै पहल गरेका छैनन् ।  जिल्ला प्रशासन कार्यालय जाजरकोट र जिल्ला प्रशासन कार्यालय सल्यानको कार्यक्ष्ँेत्र पर्ने उक्त विवाद मिलाउन कुनै पहल भएको छैन् । क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतले समेत उक्त विवाद मिलाउन कुनै पहल थालेको छैन् । क्षेत्रीय प्रशासक विहिन अवस्थामा रहेको क्षेत्रीय प्रशासन कार्यालयमा हाल जगत बस्नेत निमित्त प्रमुख रहेका छन् । तर उनले समेत कुनै पहल थालेका छैन् । सम्बन्धी जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सम्बन्धित यातायात व्यवसायीहरुलाई वार्तामा बोलाएर छलफल मार्फत समस्या समाधान गर्ने अधिकार क्षेत्रीय प्रशासकमा हुन्छ । निमित्तको जिम्मेवारी पाएका बस्नेतले समेत उक्त समस्याका बारेमा कुनै चासो देखाएका छैन् । लामो समय सम्म पनि समस्या समाधान हुन नसकेपछि स्थानीयबासीन्दाले गैर जिम्मेवारीपूर्ण रुपमा बेवास्ता गरिरहेको आरोप लगाएका छन् । लामो समयसम्म यातायात संचालन हुन नसक्दा यो सडकमा आवतजावत गर्न यात्रुलाई थप सास्ती भएको छ । यातायात सुचारु नहु“दा सुर्खेतबाट जाजरकोट आवतजावत गर्ने यात्रु अलपत्र परेका छन भने जाजरकोट, सल्लिबजारबाट उपचारका लागि बाहिर रिफर गरिएका  विरामी पनि मर्कामा परेका छन् । विदा, गोष्ठी र अन्य कामकाजका लागि बाहिर गएका कर्मचारी तथा सर्वसाधारण पनि विचमै अलपत्र परेका छन् । यातायात बन्दका कारण दैनिक उपभोग्य बस्तुको समेत अभाव हुन थालेको छ । दुई साता लामो यातायात बन्द हु“दा पनि ब्यवसायीबीच सहमति हुन नसकेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । ‘स्थानीयलाई चर्को सास्ती भएको छ तर ब्यवशायीलाई वास्तै छैन,’ प्रजिअ रिजालले बताए  । जाजरकोटबाट सुरु भएको सिन्डिकेट विरुद्धको आन्दोलन मध्यपश्चिमय बनेपछि छिन्चु जाजरकोट सडककको यातायात सुचारु अनिश्चित बन्दै गएको छ । जसको प्रत्यक्ष मार जाजरकोट, रुकुम, सल्यान र सुर्खेतका सर्वसाधरणलाई पर्न गएका छन् । यातायात बन्दबाट हुने पिडाको अझ बढी हिस्सेदार जाजरकोटबासी नै बनेका छन । गत पुस अन्तिम साता संयुक्त विद्यार्थी संगठनले ब्यावसायीको सिन्डिकेट विरुद्ध आन्दोलन गरेका
 थिए । जन जनजीवन ठप्प प¥यो । प्रहरीस“गको झडपमा दर्जन विद्यार्थी घाइते भए । पुस २९ गते नै स्थानीय प्रशासनको पहलमा विद्यार्थी र व्यवसायीबीच वार्ता भयो । वार्तामा जाजरकोट देखि नेपालगन्ज, सुर्खेत लगायतका स्थानहरु सम्म माघ ७ गतेदेखि सीधा यातायात संचालन गर्न सहमति भयो । सहमतिपछि मध्य पश्चिम यातायात ब्यवसायी समितिले पनि सीधा यातायात संचालन गर्ने जमर्को ग¥यो तर सफल हुन सकेन । भेरी राप्ती र भेरी गंगा ब्यवसायीको आलोपालो यातायात, अन्य ब्यवसायीलाई प्रवेश नदिने र यो सडक खण्डमा सिन्डिकेट प्रथा कायमै राख्दै यातायातका साधन संचालन गर्ने निर्णयले सीधा यातायात संचालन हुन  नसकेको हो । जसका कारण सीधा यातायातका सेवाका लागि अघि बढेको मध्यलाई भेरी राप्ती र भेरी गंगाले अवरोध खडा गर्दा  दुई पक्ष विच चरम  विबाद भै झडप समेत हु“दा यातायात सुचारु हुन नसकेको हो । चार दिन अघि भएको झडपमा दुई पक्षविच गोली हानाहान समेत भएको थियो । झडपमा दुवै पक्षका आधा दर्जन बढी घाइते भएका थिए  । भेरी राप्ती व्यवसायी समितिका सदस्यहरुले सल्यानको बालुवा संग्रही आसपासमा ढुंगा लडाउनुका साथै रुख ढालरे सडक अबरुद्ध पारेका थिए । जस्को कारण एम्बुलेन्स लगायतका सवारी साधन आवतजावत गर्नसकेका छैनन । दुई पक्ष विच भएको विवाद सट्टाउन र अबरुद्ध सडक खोल्नको लागि सल्यानबाट प्रहरी नायव उपरीक्षक राजेन्द्र शाहको नेतृत्वमा आएको झण्डै सय जना प्रहरी टोलीले पनि हालसम्म समस्या समाधान गर्नसकेको छैन । यातायात अबरुद्ध हटाउन र  सिन्डिकेट खारेजलको कार्यान्वयन बारे सम्बद्ध सरकारी पक्ष र राजनितिक दलहरु मौन रहेको स्थानीयको आरोप छ ।

No comments:

Post a Comment