Thursday, January 19, 2012

आफ्नै हाकिमलाई अपहरण गर्न पक्राउ
दीपक बुढा
आफू कार्यरत कार्यालयकै प्रमुखलाई अपहरण गरी फिरौती रकम असुल्ने एक व्यक्तिलाई सुर्खेत प्रहरीले बिहीबार पक्राउ गरेको छ । शैक्षिक तालिम केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद अधिकारीलाई अपहरण गरी फिरौती रकम लिएको आरोपमा कार्यालयका कम्प्युटर अपरेटर विश्वम्भर नाथलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘भाइरस पार्टी’संग सम्वन्धित बताउने नाथले अधिकारीलाई मंसिर २७ गते कुइनेपानी जंगलमा लगि पा“च लाख रुपैया“ मागेको र बार्गेनिङमा एक लाख ५० हजार दिने सहमतिपछि छोडेको सुर्खेतका प्रहरी प्रमुख एसपी गोविन्द परियारले बताए । ‘उक्त दिन उनले अधिकारीलाई सा“झ ६ बजेदेखि दुई घण्टा कुइनेपानीमा बन्धक बनाए’, परियारले भने, ‘रकम दिन मन्जुर भएपछि उनले छोडे ।’ कुइनेपानीमा भएको सहमतिअनुसार बिहीबार बिहान अधिकारीबाट रकम लिइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरीटोलीले उनलाई पक्राउ गरेको थियो । तालिम केन्द्रको चौकिदार बस्ने कोठामा रकम मागिरहेको सुराकी पाएपछि सई शिवकुमार वलीको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । नाथबाट फिरौतीबापत बुझेको २५ हजार नगदसमेत बरामद गरिएको एसपी परियारले जानकारी दिए । नाथ पुस मसान्तसम्म केन्द्रमा कम्प्युटर अपरेटर पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ । उनले कार्यरत रहेकै अवस्थामा अधिकारीलाई फोनबाट पटकपटक रकम माग गरेको र नदिएमा ज्यान मार्ने धम्की दिएको प्रहरीको भनाइ छ । प्रहरीले अपहरण तथा शरीर बन्धक अभियोगमा हिरासतमा लिई अनुसन्धान गरिरहेको छ ।

No comments:

Post a Comment