Saturday, January 21, 2012

 अनुसन्धानका विषयमा ‘कर्मचारी नेता’ को दौडधुप

दीपक बुढा÷सुर्खेत
अपहरण गरी फिरौती असुलेको आरोपमा पक्राउ परेका व्यक्तिको अनुसन्धान प्रभावित पार्न कर्मचारी संगठन दौडधुपमा लागेको छ । आफनै कार्यालयका प्रमुखलाई अहरण गरी फिरौती असुलेको आरोपमा बिहिबार विश्वम्भर नाथ पक्राउ परेका थिए । पक्राउ परेका उनी एकीकृत नेकपा माओवादी कर्मचारी संगठन सुर्खेतका साधारण सदस्य हुन् । पक्राउ परेको सम्बन्धमा बुझन भन्दै शुक्रबार राष्ट्रिय कर्मचारी संगठनका प्रतिनीधि सहितको एक टोली पटक पटक जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पुगेको थियो । ‘अनुसन्धानलाई प्रभावित पार्न खोजिएको छ । कर्मचारी संगठन समेत उसको गल्ती बचाउन गर्न प्रशासन धाईरहेका छन्’ प्रशासन स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो ‘घटनाको  छानविन अनुसन्धान हु“दैछ तर कर्मचारी संगठन बचाउमा लागेका छन् ।’ शुक्रबर मात्रै राष्ट्रिय कर्मचारी संगठनका जिल्ला नेता देखि भेरी कर्णाली राज्य समितिका पदाधिकारी समेत जिल्ला विश्वनाथलाई भेटनभन्दै प्रहरी र प्रशासन कार्यालय पुगेका छन् । अनुसन्धानको क्रममा रहेको भन्दै जिल्ला प्रहरी कार्यालय उनीहरुलाई सुरक्षाकर्मीले भेटने अनुमति छैन भन्दै फकाईदिएका थिए । तर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलसंग कर्मचारी संगठनका प्रतिनीधिहरुले   विश्वनाथको पक्षमा कुरा उठाउ“दै बचाउ गरेको बुझिएको छ । शैक्षिक तालिम केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद अधिकारीलाई अपहरण गरी फिरौती रकम लिएको आरोपमा कार्यालयका कम्प्युटर अपरेटर विश्वम्भर नाथलाई पक्राउ प्रहरीले पक्राउ गरेको हो । घटनाका पिडित विष्णुप्रसाद अधिकारीले प्रहरीमा दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको थियो । विश्वम्भर पक्राउको घटना र कर्मचारी संगठनको दौडधुपका विषयमा भने कर्मचारी जिल्ला संगठनका उपाध्याक्ष बेचुलाल चौधरीले घटनाको वास्तविकता बुझन मात्रै खोजिएको बताए ।  उनले भने–‘घटनामा कार्यालय प्रमुख र उनी श्रीमतिका फरक  भनाई आएको छ ।’–उनले भने यो घटना  योजनाबद्ध रुपमा फसाउने नियतले भएको हुने सक्छ हामी बुझदैछौं ।’ विश्वम्भरले भेटनुछ भन्दै पटक पटक उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेका थिए । ‘हामीलाई प्रहरी प्रमुख गोविन्दराम परियारले अनुसन्धानका क्रममा रहेकाले भेटन नमिल्ने भन्दै फर्कादिए । हामी आईतबार जान्छौं ।’– कर्मचारी संगठनका जिल्ला उपाध्यक्ष चौधरीले भने । जिल्ला प्रहरी कार्यालय प्रमुख गोविन्दराम परियारले घटनाका विषयमा अनुसन्धान भैरहेको जानकारी दिएका छन् । टेलिकमको केन्द्रीय
कार्यालयमा धम्काईएको टेलिफोन रेकर्ड  झिकाउन पहल भैरहेको जानकारी दिए ।  उनले उक्त घटनाका विषयमा कुनै पनि अन्य कुनै प्रतिक्रिया दिन नमिल्ने बताए । विश्वम्भरले यस अघि पनि जिल्ला शिक्षा कार्यालय सुर्खेत केही कर्मचारी र शैक्षिक तालिम केन्द्रका अन्य कर्मचारीलाई समेत धम्क्याएको भन्ने खबर प्रहरीमा आएको जनाईएको छ । प्रहरीले मौखिक सूचना आएको तर त्यसको अनुसन्धान जारी रहेको प्रहरी प्रमुख परियारले बताए ।  ‘भाइरस पार्टी’ संग सम्वन्धित बताउने नाथले अधिकारीलाई मंसिर २७ गते कुइनेपानी जंगलमा लगि पा“च लाख रुपैया“ मागेको र बार्गेनिङमा एक लाख ५० हजार दिने सहमतिपछि छोडेको सुर्खेतका प्रहरी प्रमुख एसपी गोविन्द परियारले बताए । ‘ उक्त दिन उनले अधिकारीलाई सा“झ ६ बजेदेखि दुई घण्टा कुइनेपानीमा बन्धक बनाए’, परियारले भने, ‘रकम दिन मन्जुर भएपछि उनले छोडे ।’ कुइनेपानीमा भएको सहमतिअनुसार बिहीबार बिहान अधिकारीबाट रकम लिइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरीटोलीले उनलाई पक्राउ गरेको थियो । तालिम केन्द्रको चौकिदार बस्ने कोठामा रकम मागिरहेको सुराकी पाएपछि सई शिवकुमार वलीको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । नाथबाट फिरौतीबापत बुझेको २५ हजार नगदसमेत बरामद गरिएको एसपी परियारले जानकारी दिए । नाथ पुस मसान्तसम्म केन्द्रमा कम्प्युटर अपरेटर पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ । उनले कार्यरत रहेकै अवस्थामा अधिकारीलाई फोनबाट पटकपटक रकम माग गरेको र नदिएमा ज्यान मार्ने धम्की दिएको प्रहरीको भनाइ छ । प्रहरीले अपहरण तथा शरीर बन्धक अभियोगमा हिरासतमा लिई अनुसन्धान गरिरहेको छ ।

No comments:

Post a Comment