Friday, January 27, 2012

इत्राम खोला पुल निर्माणमा तिव्रता
 
सुर्खेत, १३ माघ
रत्नराजमार्गमा पर्ने इत्राम खोलामा पक्की पुल निर्माण कार्यमा तिव्रता दिईएको छ । लामो समयदेखि पुल निर्माण नह्ु“दा बर्षातको समयमा  पैदल यात्रु तथा सवारी साधनहरुले सास्ती ब्यहोर्दै आएका थिए । दैनिक करिब एक हजारको संख्यामा सवारी साधनहरु आवत–जावत गर्ने गरेका थिए । बर्षातको समयमा ठूलो खोला आउ“दा समस्या हुने गरेको थियो । इत्राम खोलाले गत बर्षको बर्षदमा बगाउ“दा लाटीकोइली–१ का मानबहादुर बुढा गम्भीर घाईते भएका थिए । भने एम्बुलेन्स समेत इत्राम खोलाले बगाएको थियो । पक्की पुल निर्माणका लागि अमर÷सुर्य÷जे.भी निर्माण सेवा कम्पनीलाई ठेक्का दिईएको छ । सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार भ्याट बाहेक एक करोड १२ लाख २९ हजार ५ सय ९७ रुपैया“मा ठेक्का दिईएको जनाइएको छ । सरकारको चालु आर्थिक बर्षको केन्द्रीय बजेट मार्फत रकम पक्की पुल निर्माण गर्न बजेट छुटयाईएको थियो । २५ मिटर चौडाई र ७ मिटर चौडाई रहेको इत्राम खोला पुल निर्माण कार्य चालु आर्थिक बर्ष असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी काम सुरु भैरहेको छ । सडक डिभिजन कार्यालय सुर्खेतका  प्रमुख सुर्यबहादुर भाटले सवारी साधन र यात्रुलाई सहज आवत जावतका लागि  पुल निर्माण गर्नुपरेको बताए । ‘पुल निर्माणका लागि पहिले पनि पटक पटक आवाज उठेको थियो तर बजेट विनियोजन भएको थिएन ।’–उनले भने ‘यस पटक भने समयमै पुल निर्माण हुनेछ ।’   दुई वटा पिल्लरको खाडल खनि निर्माण कार्यमा तिव्रता दिईएको निर्माणकर्ता जेभीका संचालक पदमबहादुर खडकाले जानकारी दिए । इत्राम खोला लगायत सुर्खेतका अन्य आठ वटा साना ठूला पक्की पुलहरु निर्माण भैरहेका छन् । सडक डिभिजन प्रमुख भाटका अनुसार  सुर्खेत उपत्यकाका अन्य चार वटा पुलहरुको ठेक्का प्रक्रिया सकिएर निर्माण कार्य सुरु भएको जानकारी दिए । क्षेत्रीय अस्पताल जोडने खोर्के खोलाको पुलको काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै चनौटे भावरको पुल र रेडियो नेपाल नजिकको आ“पडाली पुल पनि छिट्टै निर्माण हुने तयारीमा रहेका छन् ।   इत्राम खोलाको पुल निर्माण ठेक्का पाएको अमर÷सुर्य÷जे.भी.ले चनौटे भावर पुल निर्माणको पनि जिम्मेवारी पाएको छ ।  इत्राम खोलाको पुल निर्माणको काम सम्पन्न भएपछि चनौटे भावरको पुल निर्माण कार्य सुरु गरिने सुर्य÷जे.भी.का संचालक पदमबहादुर खड्का जानकारी दिए । ‘इत्राम खोला पुल यस्त सडक भएकोले पहिला यो पुल बनाएर त्यसपछि भावरको पुलको काम सुरु हुन्छ’–संचालक खडकाले बताए । त्यस्तै आ“पडालीको पुल पनि केही समयपछि निर्माण गर्न तयारी रहेको डिभिजन कार्यालयले जनाएको छ । भावर पुलका लागि पनि १ करोड १० लाख बजेट र १८ महिनाको अवधि तोकिएको छ ।    यता खोर्क खोलाको पुल निर्माणको जिम्मेवारी पनि अमर—सूर्यजेभीले नै लिएको छ । उक्त पुलको काम अन्तिम चरणमा पुगेको र सस्पेन्सन बेयरिङ आइनपुगेकोले केही ढिला भएको संचालक खडकाको भनाइ छ ।आ“पडालीका लागि ६० लाख वजेट विनियोजन भएको बताइएको छ । यी चार वटा पुल सम्पन्न भएपछि सुर्खेत उपत्यकाभित्र आवतजावतमा सहज हुने स्थानीयबासीको भनाई रहेको छ । त्यसैगरी चालु आर्थिक बर्षमा भेरी नदि पुल, राकममा डोटेखोला, चिंगाडखोला पुन, झुप्राखोला पुल निर्माणका लागि आवश्यक काम भैरहेको सडक डिभिजनले जानकारी दिएको छ । सुर्खेत भेडाबारी सडक खण्डमा पर्ने झुप्राखोला र चिंगाड खोला पुल निर्माणका लागि काम भैरहेको छ । भने भेरी नदि पुल मर्मत कार्य पनि भैरहेको छ ।

No comments:

Post a Comment