Sunday, January 8, 2012

 अध्यापन अनुमति पत्र लिन फारम भर्नेको धुईचो
दीपक बुढा÷सुर्खेत
शिक्षा आयोगले सञ्चालन गर्दै आएको अध्यापन अनुमति पत्रको फर्म भर्न जिल्ला शिक्षा कार्यालय सुर्खेतमा दैनिक रुपमा घुइचो लाग्ने गरेको छ । अध्यापन अनुमति प्रत्र लिएर असल शिक्षक बन्ने लक्ष्य बोकेका युवायुवतिहरु पौस २४ गते सम्म अन्तिम मिति राखेर आबेदन खुल्ला गरे पछि जिल्ला शिक्षा कार्यलय सुर्खेतमा दैनिक रुपमा घुइचो लाग्ने गरेको हो । अध्यापन अनुमति पत्रको परिक्षाका लागि पछिल्लो समयमा शिक्षा संकायको बिकासले गर्दा यसपालिको परिक्षामा परीक्षार्थिहरु १ हजार नाघ्ने जिल्ला शिक्षा कार्यलय स्रोतले बतायो । पछिल्लो समयमा लोकतन्त्र स्थापना पछि गाउगाउमा उच्च माबिको स्थापना हुदा अध्यन गर्नपनि सजिलो मानिएको १० जोड २ मा अध्ययन गर्न गरिब तथा न्युन आएस्रोत भएकाहरुकालागि सजिलो भएपछि शिक्षा संकायमा अध्ययन गर्नेको संख्यामा समेत बृद्ध्रि भएको छ । बिधार्थिहरुका लागि नेपाल सरकारले बिधार्थि बित्तिय सहयोग कार्यक्रम अन्र्तगत दस जोड दुइका लागि सोह्र हजार र स्नातक तहको लागि बार्सिक ४० हजार छात्रबृति कोटामा छनौट भए पछि सो रकम उपलब्ध गराउने ब्यबस्थाले पनि आजभोलि सदरमुकामको एकमात्र राष्टिय बाणिज्य बैकमा खाता खोल्न र बजार स्थित फोटोकपि सेन्टरमा पनि निकै घुइचो लाग्ने गरेको छ । एकातर्फ बढदो बेरोजगारि अर्कोतर्फ उच्च शिक्षा परिसदले कमाउ अभियानमा अनुमतिदिएका उमाविहरुमा फितलो परिक्षा प्रणाली लागु गर्नाले पनि यस्तो घुईचो लाग्ने गरेको जानकारहरु टिप्पणि गर्छन । हाल यस जिल्लामा १८ उच्च मावि सञ्चालनमा रहेका छन । अहिले स्कुलमा अध्यापन गराउदा अनुमत्रि प्रत्र अनिबार्य गरि सेवा प्रमाणित मौखिक परिक्षाले पनि लाइसेन्स दिने ब्यबस्था गरेर सरकारले आफ्नो राजस्व मात्र बृद्ध्रि गरि रोजगारिको सृजना नगरेको, शिक्षक सेवा आयोगले स्थाथायी आयोग नखोलेको आफूले प्राप्त गरेका शैक्षिक योग्यताका प्रमाणपत्रको झोला बोकेका बेरोजगार युवायुवतिको गुनासो रहको छ ।


 

1 comment: