Monday, January 30, 2012

‘नमूना उच्च मावि बनाउँछौं’
दीपक बुढा
सुर्खेत, १५ माघ
जनजागृती उच्च मावि तोस्रा विजौरा–६ सुर्खेतको ४० औं बार्षिकोत्सव आइतबार सम्पन्न भएको छ । विद्यालयको बार्षिकोत्सवमा सहभागि भएका स्थानीयबासीन्दाले विद्यालयलाई नमूना उच्च मावि बनाउने घोषणा गरेका छन् । अभिभावकले विद्यालयलाई शैक्षिक, भौतिक र आर्थिक रुपमा सक्षम बनाउनका लागि आर्थिक संकलन अभियान समेत थालेका छन् । अभिभावकले आफ्नो स्वइच्छाले ५० रुपैया“देखि ४० हजार सम्म विद्यालयको सुधारका लागि सहयोग गरेको विद्यालयका प्राचार्य दिपक बमले जानकारी दिए । उनले भने–‘अभिभावकको सक्रियता धेरै छ । विद्यालयलाई नमूना बनाउ“नुपर्छ भन्दै सबै जुटेका छन् ।’ विद्यालयको आर्थिक स्रोत जुटाउनका लागि बैकल्पिक स्रोतको खोजी समेत गरेको छ । विद्यालय सेवा क्षेत्रको करिव ७ रोपनी जमिनमा गत आर्थिक बर्षदेखि बेसार खेती गरिएको छ । अभिभावककै अग्रसरतामा विद्यालयमा बेसार खेती गरिएको हो । बेसारबाट प्राप्त आम्दानीले विद्यालयको भँैतिक पूर्वाधार, शिक्ष्ँकको पारिश्रमिकको व्यवस्था गर्ने योजना बनाईएको छ । विद्यालयको बार्षिकोत्सवमा जिल्लास्तरका नेता तथा कर्मचारीहरु आइतबार विजौरा पुगेका थिए । विद्यालयको निमन्त्रणालाई स्वीकार्दै शिक्षक युनियन, शिक्षक संगठन, गणतन्त्रीक शिक्षक मञ्च, राजनीतिक दलका जिल्ला स्तरका नेताहरु विद्यालयमा पुगेका हुन् । वीरेन्द्रनगर बजारबाट विद्यालय स्थल सम्म पुग्नका लागि अतिथिहरुलाई बसको समेत व्यवस्था गरिएको थियो । करिव ५ घण्टाको यात्रापछि विद्यालयमा पुगेको एक अतिथिले बताए । बार्षिकोत्सवमा सहभागि क्षेत्र नं. ३ का सभासद नरबहादुर विष्टले विद्यालयको सफलताको सुभकामना दि“दै विद्यालयले शैक्ष्ँिक रुपमा गुणात्मक उपलब्धी हा“सिल गर्नुपर्ने बताए । ‘हामी सहयोग तयार छौं । विद्यालयलाई तर विद्यालयको शैक्षिक अवस्थामा सुधार हुनुपर्छ, सहयोगको उपलब्धी देखिनुपर्छ’–सभासद विष्टको भनाई थियो । सोही सभामा बोल्दै सभासद विष्टले विद्यालयलाई शैक्षिक सामाग्रीका रुपमा १० देखि १२ वटा कम्प्यूटर उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । ‘विद्यालयप्रतिको अभिभावकको प्रतिबद्धता र लगनशिलताको उच्च प्रसंशा गर्दै, विद्यालयलाई सहयोग गर्नेछु’–उनले भने ।  वि.स. २०२९ सालमा स्थापना भएको जनजागृती उच्च माविले २०३६ सालमा निमावि स्वीकृती पाएको थियो । भने २०४७ सालमा
 मा.वि र २०६७ सालदेखि उच्च मावि संचालन गरेको विद्यालयका प्राचार्य दिपक बमले जानकारी दिए । कार्यक्रमका विशेष अतिथि नेकपा एमाले सुर्खेतका अध्यक्ष नवराज रावतले विद्यालय निर्माणमा स्थानीयबासीन्दाको महत्वपूर्ण भूमिका रहेको बताए । जिल्लाको विकट क्षेत्रमा रहेको जनजागृती विद्यालयलाई स्रोत जुटाउने कुरामा सक्दो सहयोग गर्ने उनले समेत प्रतिबद्धता जनाएका थिए ।  उक्त उच्च माविमा चालु शैक्षिक सत्रमा ४ सय ३८ जना विद्यार्थी अध्ययनरत रहेका छन् । भने विद्यालयमा १६ जना शिक्षक र ३ जना कर्मचारी रहेका छन् । विद्यालयमा अध्ययन गर्न तोस्रा, घाटगाउ“–१, २ र ३, विजौराका केही वडाका विद्यार्थीहरुले अध्ययन गर्ने गरेको जनाइएको छ । बार्षिकोत्सवमा नेपाल शिक्ष्ँक संगठनका केन्द्रीय सचिव डण्डीप्रसाद शर्मा, शिक्षक गणतान्त्रिक मञ्च सुर्खेतका अध्यक्ष्ँ रुद्र के.सी., जिल्ला भू–संरक्षण कार्यालय सुर्खेतका प्रमुख  हरिलाल पुरी, स्रोत व्यक्ति सुरज सुवेदी, विद्यालय निरिक्षक नरेश भट्टराई, एकीकृत नेकपा माओवादी भक राज्य समिति सदस्य खड्क वि.क., नेपाली का“ग्रेसका देविराम उपाध्याय, विद्यापुर बहुमुखी क्याम्पस व्यवस्थापन समिति सदस्य मोहन बडुवाल, उच्च मावि घुस्रा विद्यालय व्यवस्थापन समिति सदस्य गणेश वली लगायतका बक्ताहरुले विद्यालयको सफलताको शुभकामना व्यक्त गरेका थिए । सभामा विद्यालयका प्राचार्य बमले विद्यालयको गत आर्थिक बर्षको  ५४ लाख ११ हजार र प्रस्तावित बजेट ९६ लाख ५७ हजारको आयव्यय बजेट प्रस्तुत गरेका थिए । विद्यालयको बार्षिकोत्सवमा सहभागि हुन स्थानीयबासीन्दाहरु बाजागाजा सहित विद्यालयमा उपस्थित भएका थिए ।

No comments:

Post a Comment