Thursday, January 19, 2012

 दुई दशकदेखि अधुरै बाटोले पूर्णता पाउने

दीपक बुढा /सुर्खेत, ५ माघ½
दुई दशकदेखि निर्माण प्रारम्भ गरिएको कृषि सडकले पूर्णता पाउने भएको छ । दशरथपुर–नेटा–दह जोडने करिब ४० किलोमिटर लामो कृषि मोटरबाटो निर्माणका लागि ग्रामिण पहु“च सुधार तथा विकेन्द्रिकरण आयोजना (आरएआईडिपि) ले सहयोग गर्ने भएपछि बाटोले पूर्णता पाउने भएको हो । बजेट अभावमा निर्माण कार्य हुन सकेको थिएन । जिल्ला विकास समिति मार्फत प्रत्येक बर्ष २० देखि २५ लाख बजेट विनियोजन भएपनि स्टीमेट अनुसारको बजेट नहु“दा काम हु“दै विचमा रोकिदै आएको थियो । विगतमा लामो समय सम्म द्वन्द्व र त्यसपछि प्रयाप्त बजेट अभावमा कृषि मोटरबाटो निर्माण रोकिएको थियो । शान्ति स्थापना पछि मात्रै उक्त बाटोको केहि काम भएको स्थानीयबासीले जानकारी दिए ।  आरएआईडिपिले उक्त कृषि मोटरबाटो निर्माणका लागि पहिलो चरणमा विस्तृत अध्ययन कार्य सुरु गरेको छ । आफ्नै सक्रियतामा ट्रयाक खोली यातायातका साधनहरु आवत जावत गर्ने तर स्तर बृद्धि हुन नसकेका सडक आयोजनाहरुमा आरएआईडिपि ले लगानी गर्ने गरेको छ ।  आरएआईडिपि मार्फत कृषि मोटरबाटो निर्माण कार्य पुरा हुने भएपछि स्थानीयबासीन्दा भने बाटो निर्माणले पूर्णता पाउनेमा विश्वस्त भएका छन् ।  आरएआईडिपिका सामाजिक परिचालक बुद्धिसिंह चौधरीले कृषि मोटरबाटोको सर्वे सहित स्टीमेट तयार गर्न सुरु गरेको बताए । ‘पहिलो चरणमा दुई वटा उपभोक्ता समिति गठन गरेका छौं ’–उनले भने । उपभोक्ता समिति, स्थानीयाबासिन्दाको सक्रियतामा विस्तृत अध्ययन सहित निर्माण कार्य सुरु हुने उनले जानकारी दिए ।
दशथपुर, नेटा, खानीखोला, रानीबाट हु“दै जाजरकोट जिल्लाका स्थानीयबासीन्दाहरुले उक्त मोटरबाटो निर्माण पछि लाभान्वित हुने भएका छन् । त्यस क्षेत्रमा उत्पादन हुने अदुवा, लसुन, केरा, टिम्मुर, तरकारी, काफल,मौरीको मह, लगायतका कृषि उत्पादनको सहजै विक्रि वितरण हुने भएको छ । त्यस्तै स्वास्थ्य उपचारमा सहज, गाउ“मा उत्पादन हुने दुध, दहि, घ्यूले समेत राम्रो बजार पाउने स्थानीयबासीन्दाले आस गरेका छन् । बाटो निर्माण उपभोक्ता समिति सल्यास २ का अध्यक्ष
गणेश नेपालीले स्थानीय जनश्रमदान र जिविसको सहयोगमा निर्माण कार्य प्ररम्भ भएको करिब दुई दशक हु“दा समेत निर्माण पुरा हुन नसकेको मोटरबाटो अब पुरा हुने बताए । उनले भने–‘जिविसबाट आउने रकम थोरै हुन्थ्यो । बजेट अभावमा अलीअलि काम ग¥यो अनि रोक्यो । अब भने पुरा हुने आसमा छौं ।’ उक्त मोटरबाटो निर्माणका लागि जिल्ला विकास समितिले पटक पटक गरी ६५ लाख रकम खर्च गरिसकेको थियो । चालु आर्थिक बर्षमा जिल्ला विकास समितिमार्फत प्राप्त २० लाख र स्थानीय जनश्रमदानबाट २० किलोमिटर ट्रयाक खोल्ने कार्य सकिएको उपभोक्ता समितिका अध्यक्ष नेपालीले जानकारी दिए । यस अघि एक पहिलो पटक १० लाख, दोस्रो पटक २० लाख, तेस्रो पटक २५ लाख र अन्तिममा २० लाख गरी ६५ लाख रकम खर्च भैसकेको थियो ।  आरएआईडिपिले यो संगै यस अघि सुर्खेतको पश्चिम बडडीचौर–गुठु कृषि सडक आयोजना र रानीमत्ता–धरमपोखरा कृषि सडकमा लगानी गरी निर्माण र स्तरबृद्धिको कार्य सुरु गरिसकेको छ । पश्चिम बडडीचौर–गुठु सडक आयोजनाको बजेट दलिय भागभण्डामा उपभोक्ता समिति गठन गरी कार्य गरिएको थियो ।

No comments:

Post a Comment