Tuesday, January 17, 2012

बंगुरपालन व्यवसया फस्टाउदो

दीपक बुढा सुखर्ेत
लाटीकोइली–९ बसपार्ककि रु
पा देवकोटाले ब“गुर पालनलार्इनै आफ्‍ना जीविकोपार्जनको प्रमुख स्रोत बनाएकी छन्‍ । दुर्इ दशक पहिलेदेखि बंगुरपालन सुरु गरेकी रुपा अहिले बंगुरपालन व्यवसायलार्इनै आम्दानीको प्रमुख माध्यम बनाएकी छन्‍ ।बंगुरपालन व्यवसायमा पुरुष्ा भन्दापनि महिला बढी भेटीने गरेका छन्‍ । घरमा खाली रहेको समयलार्इ सदुपयोग गर्दै बंगुरपालनबाट घर खर्च महिलाहरु आफैले चलाउन थालेका हुन्‍ । उनी भन्छिन–"समयमा लेखपढ नभएकाले दैनिक घर खर्च चलाउनका लागि केहि न केहि पेशा त गनर्ुपनर्े बाध्यता भएकाले र बंगुरपालनबाट राम्रो आम्दानी हुने देखेकाले ब“गुरपालन गर्न थालेकी हु ।"रुपाको पा“च जनाको परीवार रहेका छन्‍ । रुपाले दुर्इ दशक पहिले एउटा बंगरबाट सुरु गरेको ब्यवसाय अहिले पा“च वटा बंगुर रहेका छन्‍ भने उनले बंगुरको बच्चावित्रिm गनर्े गरेकि छन्‍ । "बंगुरपालनबाट अहिले सम्म सन्तुष्ट छु यसैबाट घर व्यवहार चलाउछु । श्रीमानको पनि जागिर छैन । दुर्इ छोरा दुर्इ छोरी छन्‍, छोरीले क्याम्पस पढ्‍छे उनीहरुको सम्पुर्ण्ा पढार्इ खर्च यसैबाट चलेको छ ।" एउटाबाट सुरु गरेको बंगुरपालन अहिले उनीस“ग पा“च वटा बंगुर रहेका छन्‍ । बंगुरका बच्चा वित्रिm गरेर बाष्ािक ३६, ३७ हजार आम्दानी हुने गरेको उनको भनार्इ रहेको छ । बंगुरले एक पटकमा ७ देखि पन्ध्र वटा सम्म बच्चा दिने गर्छ । एउटा बच्चाको मुल्य तीन हजार रुपैया“ सम्ममा वित्रिm हुने गर्छ । वच्चाहरु राम्रोस“ग फस्टाएमा, रोग नलागेमा ब“गुर पालनबाट निकै आम्दानी हुने गर्छ । राम्रोस“ग खोर बनाएर व्यबस्थित  गरेर अभmैपनि धेरै ब“गुरहरु पाल्ने उनको सोचार्इ छ ।रुपा जस्तै लाटीकोइली–९ शान्तिनगरकी सिता विकलेपनि पा“च बर्ष्ादेखि बंगुरपालन गर्दै आर्इरहेकी छन्‍ । बंगुरपालनलार्इ व्यवसायीक रुपमा गर्न थालेपछि सिताको दैनिक घर खर्च चलाउन सजिलो भएको छ । "पहिले गिट्‍टी कुटेर आयको आम्दानीबाट सा“भm विहानको छाक टार्न मुस्किल पथ्र्यौ तर अहिले बंगुरपालन गर्न थालेपनि घर खर्च चलाउन सजिलो भएको छ ।"–सिताको भनार्इ थियो । इत्राम खोलाका किनारमा सुकुम्बासी जीवन चलाउ“दै आएकी सिता बंगुरपालनबाट राम्रो आम्दानी हुने तर बंगुरपाल्दा बच्चालार्इ ख्याल गनर्ुपनर्े र खोलको राम्रोसँग व्यवस्थापन गनर्ुपनर्े सुभmाव दिन्छिन्‍ । खोलाका किनारमा दु:खपूर्ण्ा जीवन विताउँदै आएको उनको परीवारमा मूख्य आम्दानीको स्रोत बंगुरपालनै हो । उनले भनिन–"बंगुर नपालेर के गनर्े, जग्गा जमिन छैन्‍, खोलाको किनारको बसार्इ, केहि रोजगारी छैन्‍ घर खर्च त चलाउँनै पर्‍यो नि ?"बाष्ािक ३० हजारभन्दाबढी आम्दानी हुने गरेको बताउँछिन सिता । उनलार्इ जिल्ला क ृष्ाि विकास कार्यालय सुखर्ेतले पहिलो पटक बंगुरपालन व्यवसाय सुरु गरेकि थिर्इन्‍ । आर्थिक अभावमा खोर समेत बनाउँन नसकेर व्यवसायलार्इ व्यवस्थित गराउन नसकेकोमा उनलार्इ पछुतो छ । जग्गा जमिन नभएका, अन्य व्यापार व्यवसाय नभएका ग ृहिण्ाीहरुले दैनिक घरखर्च चलाउनका लागि बंगुरपालन व्यवसाय अंगाल्ने गरेका छन्‍ । सुखर्ेतको इत्राम, नेवारे र खोकर्े खोला किनारमा बस्ने सयौं यस्ता सुकुम्बासी परिवालको मुख्य आम्दानीको स्रोतनै बंगुरपालन बनेको छ ।रुपा, सिता जस्तै लाटीकोइली–९ कि लक्ष्मि बस्याललेपनि लामो समयदेखि बंगुरपालन गर्दै आएकी छन्‍ । हाल उनीसंग तीन वटा बंगुर रहेका छन्‍ । एउटा बंगुरले अहिले ११ वटा बच्चा दिएको छ । ११ वटा बच्चा वित्रिm गरेमा ३० हजारभन्दाबढी आम्दानी हुने लक्ष्मिको अनुमान छ । उनी भन्छिन–"बंगुरपालन पटक–पटक आैष्ाधि खुवाउनुपर्छ, फोहोर गराउँछन्‍ सरसफार्इमा ध्यान पुर्‍याउनुपर्छ । पेसा धेरै राम्रो होइन तर के गनर्े अरु केहि रोजगारी छैन्‍ ।"

No comments:

Post a Comment