Friday, January 27, 2012

शिक्षा कार्यालयमा धर्ना, कामकाज ठप्प
 
सुर्खेत, १३ माघ
संयुक्त शैक्षिक आन्दोलन समिति सुर्खेतले शुक्रबार जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएको छ । शिक्षक संवद्ध संघ संगठनका नेतृत्वकर्ताहरुले विहान १० बजे देखि ४ बजेसम्म शिक्षा कार्यालयको मूल ढोकामा बसेर धर्ना दिएका हुन् । शिक्षकहरुको धर्नाका कारण शिक्षा कार्यालयमा काम समेत प्रभाजित भएको थियो ।  नेपालको विद्यमान शिक्षा क्षेत्रमा देखिएका पेशागत तथा शैक्षिक समस्याहरु औंल्याउ“दै नेपाल शिक्षक युनियन, नेपाल शिक्षक गणतान्त्रिक मञ्चले संयुक्त रुपमा चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।  शिक्षा मन्त्रालय र पेशागत शिक्षाकर्मीबीच विगतमा थुप्रै पटक वार्ता र संवाद भै माग पू्रा गर्ने प्रतिबद्धता  भएपनि कुनैपनि ठोस उपलब्धी नभएपछि शैक्षिक आन्दोलन समितिले पहिलो चरणमा पुष १४ देखि २० सम्म प्रचार–प्रसार, अन्तरक्रिया, २ घण्टे धर्ना कार्यक्रम सम्पन्न  गरेको थियो  । पहिलो चरणका कार्यक्रम सम्पन्न हु“दा समेत  शिक्षा मन्त्रालय मुखदर्शक बनेको भन्दै शिक्ष्ँक युनियनर  मञ्चको केन्द्रिय कार्यक्रम अनुसार दास्रो चरणको अबरोधात्मक आन्दोलनको घोषणा गरिएको हो । कार्यक्रम अनुसार माघ १४ गते नागरिक समाज र मानवअधिकार कर्मीहरुसंग केन्द्रमा अन्तरक्रिया, १८ गते राजनीतिक दलका प्रतिनिधि र सचेतकहरुस“ग केन्द्रमा अन्तरक्रिया,१९ गते सभासदलाई पर्चा वितरण, २२ र २३ गते  जिल्ला शिक्षा कार्यालयमा काम रोक धर्ना  २४ गते शिक्षा विभागमा कामरोक धर्ना, गते शिक्षा विभागमा कामरोक धर्ना, २५ गते शिक्षा मन्त्रालयमा काम रोक धर्ना र २६ र २७ गते राननीतिक दलका केन्द्रिय कार्यालयहरुमा धर्ना दिने कार्यक्रहरु घोषणा गरेको छ ।  शिक्षकहरुले विद्यालय व्यवस्थापन समुदायमा हस्तान्तरण प्रक्रिया संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको नया“ शिक्षाको प्रारुप तयार गर्न अधिकार  उच्च स्तरिय शिक्षा आयोग तुरुन्त गठन गर्नुपर्ने लगाएतका  ७ बु“दे विभिन्न शैक्षिक मागहरु राखिएको छ । विद्यालयमा कर्मचारीहरुलाई दरबन्दि सृजना गरी स्थायी गरीनुपर्ने,  अविछिन्न पा“च बर्ष सेवा अवधी पूरा गरेका अस्थायी शिक्षकहरुलाई आन्तरीक प्रतिस्पर्धाद्धारा स्थायी गरिनुपर्ने लगाएतका २९ बु“दे पेशागत मागहरु र अन्य ११ बु“दे स्थानीय मागहरु राखेको नेपाल शिक्षक युनियन सुर्खेतका धनसींह खड्काले जानकारी दिए ।

No comments:

Post a Comment