Friday, January 13, 2012


सामाजिक सम्बाद समितिको निर्णय कार्यान्वयन हुन सकेन
देउलासिंह ठकुरी
कालीकोट पौष २९
शैक्षिक सुधारमा कालीकोट जिल्ला दशौं स्थानमा आएपनि गुणस्तरीय शिक्षाको सुरुवात गर्न आट बोकी अगाडी बढेका शिक्षक पेशाग संघ संगठन र सामाजीक संवाद समितिले तिन बर्ष अगाडि देखी बनाएको शैक्षिक योजना कार्यान्वयन हुन सकेन । शिक्षा कार्यलयको संम्बाद समितिले पौष २० गते जिल्लाको खस्किदो परीक्षा प्रणालीमा सुधार ल्याउन एसएलसी परीक्षाको होम सेन्टर परीबर्तन गरी परीक्षालाई मर्यादि तगर्न अनुगमनको पहुच पुग्ने गरी दाहा एरीयामा तिन, मान्म एरीयामा पाच, रास्कोट एरीयामा चार केन्द्र स्थापनाको निणर्य गरेको थियो । शिक्षा क्षेत्रमा राजनैतिक हस्तक्षेप नर्गने भनि प्रतिबद्धता जनाउदै आएका  जिल्ला स्थित ठूला राजनैतिक दलहरुले आपत्ति जनाएपछि केन्द्र यथावत नै भएका हुन । जिल्ला प्रशासन कार्यालय कालीकोटमा दलका प्रमूख, सुरक्षा निकाय प्रमूख र सामाजीक संबाद समिति बिच भएको छलफलमा समितिले गरेको निर्णयलाई उच्च मूल्यांकन गरीदा पनि जिल्लाको राजनैतिक परीवेस र भौगोलिक कठिनाइका कारण निर्णय बदल्नु परेको प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालले बताउनु भयो । परीक्षा प्रणालीमा सुधार ल्याउन, कक्षा ८ को उत्तर पुस्तीका गन्ति गरीयो, अर्को जिल्लाबाट एसएलसीको फारम भर्ने बिधार्थीको फारम रद्ध गरीयो, जिल्ला भरी अनुगमन गरी शैक्षिक सुधार गर्ने प्रयास सबै खेर गएको बिधालय निरीक्षक लालप्रसाद पोखरेलले जनाउनु भएकोछ । समितिले गरेको निर्णय उल्टाइएको बिषयमा नेपाल शिक्षक संघका अध्यक्ष मानबहादुर रोकायाले सामाजिक संवाद समितिले गरेको निर्णय उपयुक्त भएपनि राजनैतिक दलका कारण शैक्षिक गुणस्तरमा यो जिल्ला दश बर्ष पछि धकेलिने ठोकुवा गर्दै दल प्रति आफ्ने आपत्ति समेत जनाउनु भएको छ । हुनत परीक्षा प्रणालीलाई सुधार गर्न कक्षा एक बाटै सुरुवात गर्नु पर्ने, शिक्षकको नियमित उपस्थिति हुनु पर्ने, शिक्षक दरबन्दि पुरा हुनु पर्ने, बिषयगत शिक्षकको ब्यबस्था गरीनु पर्ने, भौतिक पूर्बाधार सम्पन्न हुनु पर्ने, वालमैत्रि वातावरणमा पठन पाठन हुनु पर्ने कुरामा सरोकारवालाहरुको भने बेवास्ता कायमै देखिन्छ ।

No comments:

Post a Comment