Saturday, January 21, 2012

जातीयता आधारमा गरिने संघीयतालेदेश विखण्डन : थापा


सुर्खेत, माघ ७ - 
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जातीय आधारमा गरिने संघीयताले देश विखण्डन हुने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सुर्खेतले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको अञ्चलस्तरीय सम्मेलनमा बोल्दै अध्यक्ष थापाले जातीय आधारमा संघीयता नभई स्थानीयस्वायत्त शासनलाई बलियो बनाउनु पर्ने धारणा व्यक्त गरे । सर्वोच्च अदालतले गरेको ऐतिहासिक फैसालले देशको राष्ट्रिय राजनीति निर्णायक मोडमा आइपुगेको बताउँदै उनले भने, 'बरम्बार संविधानसभाको म्याद थप गर्ने दलहरुको अभिष्टलाई सर्वोच्चले रोक लगाएको छ ।'
संविधानसभालाई रवर स्ट्याम्पको संज्ञा दिँदै अध्यक्ष थापाले संसद र स्थानीय निकायको निर्वाचन हुन सकेको छैन्, बल्लबल्ल चुनाव गरी पठाएको संविधान सभालाई ठूला दलले रवर स्ट्याम्पका रुपमा परिणत गराएको आरोप लगाए । 
ताजा चुनावका लागि निर्वाचनमा जानु पर्ने औचित्य सर्वोच्चको फौसलाले पुष्टि गरेको बताउँदै उनले भने, 'जनता फेरी निर्णायक भूमिकामा रहेका छन्, त्यो प्रतीक्षाको घडी जेठ १४ हो ।'
हिंसाको निशानामा सर्वसाधारण परेका हुन्छन् तर अपराधी पत्ता लाग्दैन पत्ता लागे पनि पक्राउ पर्दैन, किन भने अराध र अपराधीलाई राजनीतिक दलहरुले संरक्षण गरिरहेका छन्, उनले भने, हिंसा र डन संस्कृतिको विकास भएको छ ।' 
एकैपटकमा तीन पटक पेट्रोलियम पदार्थको भाउ बढाएर जनताको ढाड सेकेको तर आर्थिक वृद्ध गर्ने उद्योग धन्दा खोल्न नसेको र वेरोजगारी समस्या दिनप्रतिदिन बढ्दै गएको उनको आरोप थियो ।
राप्रपा नेपाल सुर्खेतका अध्यक्ष भरत ढकालको अध्यक्षतामा भएको उक्त सभामा राप्रपा नेपालका संसदीय दलका नेता तथा सभासद चन्द्रबहादुर गुरुङ, उपाध्यक्ष धवलशम्शेर राणा, सभासद कुन्ति शाही, केन्द्रीय सदस्य मुकुन्द श्याम गिरी लगायतले आफ्नो धारण राखेका थिए । 
भेरी अञ्चलका ५ जिल्लाका कार्यकर्ताहरुको सभागाति रहेको उक्त कार्यक्रममा राप्रपा नेपालका स्थानीय बृद्ध नेता देवीदत्त उपाध्यायलाई सम्मान गरिएको थियो ।

No comments:

Post a Comment