Sunday, January 8, 2012

गाउँ अबिधेशन भव्यताका साथ सम्पन्न
ने.क.पा.एमाले मैनतडाको ११ (एघारौँ) गाँउ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै ने.क.पा. एमाले सुर्खेतका अध्यक्ष नवराज रावतले आफ्ना प्रतिबद्धता पुरा गर्न नसक्ने वर्तमान प्रधानमन्त्री भट्टराईले सहमतिको सरकारको निम्ति वाटो खोलीदिए जेठ १४ सम्म शान्ति र संविधानको काम पूरा हुने आशा रहेको वताउदै नेपाली कम्यूनिष्ट र लोकतान्त्रिक आन्दोनको रही र सन्तुलन कारी विचार एमाले सँग भएकोले अवको विकल्प एमालेलाई वनाउन पार्टी निर्माणमा सवै जुट्नुपर्ने वताउनु भयो । कार्यक्रममा भेरी अंञ्चल कमिटी सदस्य चूडामणी शर्मा, जिल्ला कमिटी सदस्यहरु डण्डी प्रसाद शर्मा, सिता शर्मा, राम बहादुर रसाइली लगाएतले बोल्नु भएको थियो । कार्यक्रम गाउँ कमिटी मैनतडाका अध्यक्ष धन बहादुर खत्रीको सभापतित्वमा भएको हो । अधिवेशनले पूनः धन बहादुर खत्रीको अध्यक्षतामा २३ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । जसको उपाध्याक्षतामा पूर्ण बहादुर खड्का, सचिवमा तीलक तिरुवा र उप सचिवमा ज्ञानलाल गिरीलाई समेत चयन गरिएको छ । 

No comments:

Post a Comment