Sunday, January 8, 2012

वातावरणको वार्षिक साधारणसभा सम्पन्न

सुर्खेत ।
वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. (भ्म्ऋइी), वीरेन्द्रनगर–१०, सुर्खेतको नर्वौ वार्षिक साधारणसभा आज वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सहकारी आन्दोलनका अगुवा राष्ट्रिय सहकारी बैंकका सदस्य एवं जि.वि.स. सुर्खेतका पूर्व सभापति गोविन्दबहादुर मल्लले वातावरणले लघुवित्त कार्यक्रम मार्फत गाउँ गाउँमा आफ्नो सेवा विस्तार गरी विपन्न वर्गका महिला दिदी बहिनीहरुको आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासमा टेवा पु¥याएको कुरा अत्यन्त प्रशंसनीय एवं सह्रानीय रहेको बताउनुभयो । उहाँले २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा नेपाल सरकारले समेत मनाउने निर्णय गरेको कुरा उल्लेख गर्दै अब गाउँ गाउँमा पनि सहकारी संस्था खुल्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै संंस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मीले संंंस्थाले राज्यको पहुँच नपुगेको क्षेत्रमा समेत आफ्ना गतिविधिहरु प्रभावकारी ढंगले संचालन गर्नुलाई अत्यन्त सकारात्मक पक्ष भन्दै आगामी दिनमा पनि अझ विपन्न वर्गलाई लक्षित गरेर संस्थाले आफ्ना गतिविधिहरुलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा डिभिजन सहकारी कार्यालय सुर्खेतका प्रमुख आनन्द सारु, समाजसेवी शीला गुरुङ्ग, शेयर सदस्यहरुको तर्फबाट डम्मरविक्रम जि.सी., सहकारी संस्थाहरुको तर्फबाट दिपबहादुर रावल, बैंकहरुको तर्फबाट बद्रिप्रसाद शर्मा, नारायणप्रसाद सिग्देल, नेत्रा रेग्मी, देवकुमार सुवेदी, स्कन्दकुमार उपाध्याय, चन्द्रा खड्का लगायतका बक्ताहरुले समेत आ–आफ्नो भनाई राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सचिव सुरजप्रसाद आचार्यले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी वर्षको लागि प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष डम्मरप्रसाद अर्यालले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जस अनुसार गत आ.व. २०६७÷०६८ को रु.३२,५०,११,५६८।४९ को प्रगति प्रतिवेदन तथा चालु आ.व. २०६८÷०६९ को रु.४६,९०,८०,०५६।५० संशोधन सहितको बजेट र आगामी आ.व. २०६९÷०७० को लागि रु.६०,९६,५४,२४६।५० को अनुमानित प्रस्तावित बजेट समेत कोषाध्यक्ष अर्यालले प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा संस्थाले ग्रामिण क्षेत्रमा संचालन गरेको लघुवित्त कार्यक्रममा महत्वपूर्ण योगदान पु¥याए वापत जनज्योति उच्च मा.वि. बड्डीचौर कुनाथरीका प्रधानाध्यापक नारायणप्रसाद सिग्देल र सूर्यज्योति उच्च मा.वि. मेहेलकुनाका व्यवस्थापन समितिका अध्यक्ष हस्त पुनलाई लघुवित्त सामाजिक सम्मानबाट संंस्थाले सम्मान गरेको थियो । साथै संस्थाले वार्षिक रुपमा प्रदान गर्दै आएको उत्कृष्ट कर्मचारी पुरस्कार, लघुवित्त सेवा पुरस्कार, उत्कृष्ट केन्द्र पुरस्कार, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी र प्राथमिक तथा माध्यमिक तहको भ्म्ऋइी छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।

No comments:

Post a Comment