Thursday, January 26, 2012

रोजगारी बढाउने सरकारको आश्वासन
काठमाडौं, माघ १२ – सरकारले बिहीबार सार्वजनिक गरेको आर्थिक विकास तथा समृद्धि कार्ययोजना सफल भयो भने पाँच लाख भन्दा बढी रोजगारीका अवसर सिर्जना हुनेछन् । झण्डै सरकारको बजेट भाषणकै झल्को दिने गरि सार्वजनिक भएको कार्ययोजनामा विभिन्न क्षेत्रबाट रोजगारी सिर्जना गर्ने उल्लेख छ ।


सरकारले कृषि क्षेत्रबाट थप १ लाख ५० हजार, बन संरक्षणबाट करिव १५ हजार, पर्यटन क्षेत्रबाट थप ५० हजार रोजगारी सिर्जना गर्ने बताएको छ । यस्तै उर्जा क्षेत्रबाट करिव ५० हजार, भौतिक पूर्वाधारबाट २५ हजार, ग्रामीण पूर्वाधार, आवास तथा शहरी विकासबाट थप २५ हजार तथा लगानी प्रवद्र्धनबाट करिव २५ हजार रोजगारी सिर्जना गर्ने बताएको छ ।

यस्तै अन्तर्राष्ट्रिय व्यापारबाट १० हजार, निजी क्षेत्र विकास तथा स्वदेशी उत्पादन प्रवद्र्धनबाट १० हजार, वित्तीय क्षेत्र सुधारबाट ३ हजार, पूँजीबजार विकासबाट ५ सय, घरजग्गा कारोवारबाट १ हजार, सहस्राव्दी विकास लक्ष्यबाट करिव १५ हजार, गरिबी निवारण र सामाजिक सुरक्षाबाट करिव ५ हजार नयाँ रोजगारीका अवसर सिर्जना गर्ने सरकारको लक्ष्य छ । सरकारले गरिवी निवारण कोषको कार्यक्रमबाट आगामी ६ महिनामा करिव ४० हजारले थप रोजगारी पाउने आश्वासन दिएको छ ।  


मर्यादित बैदेशिक रोजगारी प्रवद्र्धन गरि बैदेशिक रोजगारीमा थप ५० हजार गुणस्तरीय रोजगारीकोे अवसर सिर्जना गर्ने सरकारले बताएको छ । आर्थिक तथा सामाजिक विकासको अभियानमा १० लाख स्वयंसेवक परिचालन हुने सरकारको दावी छ ।

सरकारले शान्ति, संविधान, सुशासन र समृद्धिका चार प्राथमिकता भएको भन्दै लगानी प्रवद्र्धन, फराकिलो आधारसहितको आर्थिक वृद्धि, रोजगारी र सामाजिक सुरक्षा प्रवद्र्धन गरी चार वटा अभियानलाई अगाडि बढाएको जनाइएको छ ।

आर्थिक समृद्धिका लागि केही छानिएका ठूला पूर्वाधारलाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा समन्वयात्मक ढंगले अगाडि बढाइने सरकारको भनाई छ ।


सरकारले निम्न परियोजनाहरुलाई राष्ट्रिय गौरबका परियोजना भनेको छः

  • काठमाण्डौ – तराई मधेस दु्रतमार्गको ट्र्याक खोल्ने काम यसै आर्थिक वर्षमा सम्पन्न गर्ने ।
  • मध्य पहाडी लोकमार्गको ट्र्याक खोल्ने काम यसै आर्थिक वर्षमा सम्पन्न गर्ने ।
  • भैरहवा र पोखरा विमानस्थललाई क्षेत्रीय विमानस्थलमा विकसित गर्न स्तरोन्नतिको कार्य यसै आर्थिक वर्षमा शुरु गर्ने ।
  • बुढीगण्डकी जलविद्युत आयोजनाको एक वर्षभित्र डि.पि.आर. सम्पन्न गर्ने तथा पश्चिम सेती जलविद्यु्त आयोजनाको निर्माण कार्य शुरु गर्ने ।  
  • निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रारम्भ गर्न विशेष पहल गर्ने ।
  • तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिई तोकिएको समयभित्रै सम्पन्न गर्ने ।
  • पूर्व पश्चिम विद्युतीय रेल मार्ग निर्माणको पहल गर्ने ।
  • हुलाकी राजमार्गको निर्माणमा तिव्रता ल्याउने ।
  • मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने ।
  • कोशी, गण्डकी र कर्णाली क्षेत्रका उत्तर–दक्षिण लोकमार्गमा ट्र्याक खोल्ने कार्यलाई तिव्रता दिने ।
  • सिक्टा सिंचाई आयोजनालाई तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कार्यलाई निरन्तरता दिने । रानी जमरा सिंचाई आयोजनाको निर्माण कार्यमा तिव्रता दिइनेछ भने बबई सिंचाई आयोजनाको साइफन निर्माण कार्य यसै आर्थिक वर्षमा सम्पन्न गर्ने ।
यस्तै स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन गरी अवसरहरुबाट फाइदा लिन लगानी मैत्री वातावरण वनाउने, लगानीको अवरोध हटाउने, निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्ने काम  गरिने कार्ययोजनामा उल्लेख छ । यस्तै स्वदेशी उत्पादनको प्रयोगलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने नीति अन्तर्गत स्वदेशमै उत्पादित वस्तुको प्रयोगलाई सरकारी निकायले प्रयोग गर्ने व्यवस्था मिलाइने कार्ययोजनामा उल्लेख छ ।
सरकारले घोषणा गरेको आर्थिक विकास र समृद्धिको तत्कालीन कार्ययोजनाको पूर्ण पाठ डाउनलोड गर्न तलको लिंक क्लिक गर्नुहोस्ः    Download Documen

No comments:

Post a Comment