Friday, March 2, 2012


साढे सोह्र बिगाहा जमिन विश्वविद्यालयको स्वामित्वमा


दीपक बुढा÷सुर्खेत, 
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वामित्वमा जग्गा प्राप्त भएको छ । वीरेन्द्रनगर नगरपालिका–९ कुइने पानी क्षेत्रको १६ बिगाहा क्षेत्रफल जमिनको पुर्जा विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ । रजिष्टे«शन शुल्क मिनाह गर्नुपर्ने भन्दै नामसारी रोकिएको उक्त जग्गा रजिष्ट्रेशन शुल्क मिनाहा सहित बिहिबार विश्वविद्यालयको नाममा पास गरिएको छ । 
उपत्यका नगर विकास समितिले दिएको वीरेन्द्रनगर नगरपालिका–९ कुइने पानी क्षेत्रको जग्गाको स्वामित्व बिहिबार विश्वविद्यालयलाई प्रदान गरिएको हो । रजिष्टे«शन शुल्क मिनाह गर्न नसकिने भन्दै मालपोत कार्यालय सुर्खेतले विश्वविद्यालयको नाममा जग्गा रजिष्ट्रेशन गर्न नसकिने भनेपछि नामसारी प्रक्रिया रोकिएको थियो ।
निशुल्क रजिष्ट्रेशन गर्नुपर्ने भन्दै मालपोत कार्यालय सुर्खेत र मध्यपश्चिमाञ्चलल विश्वविद्यालयको सक्रियतामा क्याविनेटबाट निर्णय गराएपछि निशुल्क रजिष्ट्रेशन सम्भव भएको हो । यही फागुन ४ गतेको क्याविनेट निर्णय अनुसार भूमि सुधार तथा व्यवस्थापन विभागको पत्रका आधारमा निःशुल्क रजिष्टे«शन पास गरिएको छ ।
वीरेन्द्रनगर–९ स्थित कुइने पानी जंगल र महिला प्रशिक्षणको आडैमा रहेको शैक्षिक क्षेत्रको ४१ कित्तामा रहेको १६ विगाह १३ रोेपनी २ धुर जग्गा विश्वविद्यालयले पाएको छ । बिहिबारनै ३१ कित्तामा रहेको जग्गा विश्वविद्यालयको नाममा रजिष्टे«शन गरिएको छ मालपोत कार्यालय स्रोतले जानकारी  दिएको छ । बा“की ११ कित्तामा रहेको जग्गाको कित्ताकार्ड गर्न बा“कि रहेकाले शुक्रबार मात्रै रजिष्ट्रेशन पास हुने मालपोत कार्यालय सुर्खेतका प्रमुख मदनबहादुर जिसीले जानकारी दिए ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाममा जग्गा रजिष्टे«शन पास गरिएको पुर्जा वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतका प्रमुख केशरसिंह रानालाई हस्तान्त्रण गर्दै सुर्खेती जनताले लामो समयसम्म गरेको प्रयास सफल भएको बताए । उनले भने–‘विश्वविद्यालयको नाममा जग्गा रजिष्टे«शन पास गर्न पाउदा खुशी लागेको छ । विश्वविद्यालय जस्तो पवित्र संस्थाको नाममा जग्गा प्राप्त भएको छ । यो सबै सुर्खेतीको खुशीको खबर हो ।’ – मालपोत अधिकृत जिसीले बताए ।
मालपोत अधिकृत जिसीले प्रदान गरेको विश्वविद्यालयको नामको लालपुर्जा ग्रहण गर्दै वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतका प्रमुख केशरसिंह रानाले अब विश्वविद्यालयले आफ्ना शैक्षिक तथा प्रशासनिक भवनहरु निर्माण गर्न सहज हुने बताए ।

उनले भने–‘विश्वविद्यालयले पहिलो पटक जग्गा पाएको छ यो सबैको लागि खुशीको कुरा हो । लामो प्रयासपछि प्राप्त भएको यो जग्गामा अब शैक्षिक भवनहरु निमार्णको कार्य प्रारम्भ हुनेछ ।’  रजिष्टे«शन पास भएको उक्त जग्गामा विश्वविद्यालय उपकुलपतिको कार्यालय र मेडिकल कलेज स्थापनाको योजना रहेको क्याम्पस प्रमुख रानाले जानकारी दिए ।
उक्त जग्गा रजिष्टे«शनका पास गर्न सिफारिस गर्दँ लाग्ने दस्तुर वीरेन्द्रनगर नगरपालिकाले विश्वविद्यालयलाई अनुदान स्वरुप प्रदान गरेको छ । वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट सापट लिएर एकीकृत सम्पत्ती कर स्वरुप नगरपालिकालाई तिरिएको १ लाख २४ हजार ८ सय विश्वविद्यालयका नाममा अनुदान प्रदान गरिएको हो । 
विश्वविद्यालयका लागि प्रदान गरिएको १६ विगाह क्षेत्रफलको जग्गाको सरकारी मूल्य १२ करोड ८३ लाख ८५ हजार रहेको थियो । विश्वविद्यालयको नाममा उक्त जग्गा रजिष्टे«शन पास गर्दा ८८ लाख रकम मालपोत कार्यालयलाई राजश्व बुझाउनुपर्ने हुन्थ्यो । तर २०६८ फागुन ४ गतेको क्याबिनेट निर्णय अनुसार विश्वविद्यालयको जग्गा रजिष्टे«शन पास गर्दा लाग्ने सम्पूर्ण राजश्व मिनाह गरिएको हो ।
विश्वविद्यालय पदाधिकारी नियुक्ति प्रक्रिया चलिरहेको जनाईएको छ । वीरेन्द्रनगर बहुमुखी क्याम्पस, सुर्खेत क्याम्पस (शिक्षा), पब्लिक साईन्स क्याम्पसलाई समायोजन गर्ने सम्बन्धी पूर्व क्याम्पस प्रमुख पीताम्बर ढकालको नेतृत्वमा बनेको कार्यदलले प्रतिवेदन समेत बुझाईसकेको छ । 
विश्वविद्यालय अनुदान आयोगलाई उक्त प्रतिवेदन बुझाईएको हो । विश्वविद्यालय अनुदान आयोगले एक कार्यक्रमवीच फागुन २ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयको लोगो समेत उद्घाटन गरेको छ । उक्त लोगो प्रयोगमा ल्याइएको छ ।  विश्वविद्यालको शैक्षिक तथा प्रशासनिक योजना निर्माणका लागि तीन वटा विदेशी विश्वविद्यलायहरुसंग सहकार्य भैरहेको जनाईएको छ ।
क्यालोगोरी विश्वविद्यालयको टोली काठमाडौंमा आएर पाठ्यक्रम निर्माणमा जुटेको जनाईएको छ । त्यसैगरी अरु दुई विश्वविद्यालयहरुले विज्ञान र प्राविधिक शिक्षा लागु गर्न भवन, लागत स्टीमेट र नक्सा तयार गर्ने काम सुरु गरेको जनाईएको छ । साथै पाठ्यक्रम बनाउन विशेषज्ञ पहिचान भैसकेको जनाईएको छ । 
विश्वविद्यँलयले आउ“दो शैक्षिक सत्रदेखि विविएस, आमसंचार, इन्जिेनेरिङ, सामाजिक सेवा, द्धन्द्ध व्यवस्थापन लगायतका विषयको पठन पाठन कार्य सुरु गर्ने तयारीमा रहेको जनाइएको छ । 
म.प. विश्वविद्यालयका रजिष्टारका लागि सुविधा सम्पन्न गाडी खरिद भैसकेको छ भने उपकुलपति चढ्ने गाडी खरिदका लागि टेण्डर प्रक्रिया भैसकेको छ ।

No comments:

Post a Comment